• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आजदेखि वीरगञ्जमा निषेधाज्ञा ,केके गर्न पाइने ? केके गर्न नपाइने ?

  • वीरगंज संजाल
  • १० श्रावण २०७७, शनिबार १०:४०
  • ४५५३

    वीरगञ्ज  । वीरगञ्जमा शनिबारबाट अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले शनिबार बिहान ५ बजेदेखि वीरगञ्ज महानगरमा मात्र निषेधाज्ञा जारी गरेको हो ।सुरक्षा समितिको बैठकले बृहत् सर्वपक्षीय बैठकको माध्यमबाट निर्णय लिने भनेपछि शुक्रबार सर्वपक्षीय बैठक बसेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीको अध्यक्षतामा भएको बैठकले लकडाउन, कर्फ्यु र निषेधाज्ञा के लगाउने भन्ने विषयमा छलफल भएको र निषेधाज्ञा जारी गर्ने कुरामा सर्वसहमति भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

    कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा देखिएको आशङ्कापछि स्थानीय प्रशासनले राजनीतिक दल, पत्रकार, व्यवसायीसहितको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको हो ।स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम बीरगन्ज महानगरपालिका क्षेत्रभित्र अर्को सूचना जारी नभईन्जेलसम्मका निषेधाज्ञा लागु हुने छ । निषेधाज्ञा अवधिभर अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निर्देशन जारी गरेको छ ।

    यी क्षेत्रहरु खुल्नेछन्

    शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, आइसीपी, ड्राईपोर्ट, बैंक, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधी जस्ता अति आवश्यक सेवा मात्र खुल्ला रहनेछन् ।

    स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने तथा अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने ढुवानीका साधन मात्र चल्नेछन् ।

    यी क्षेत्रहरु बन्द रहनेछन्

    अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा संचालन बन्द हुनेछन् ।

    सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा बन्द रहनेछन् ।

    जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले छिमेकी मित्रराष्ट्रसँग सीमाना जोडिएका सीमा नाकाहरु तथा खुल्ला सीमानाको जुनसुकै स्थानबाट यात्रुहरुको आवागमन निषेध गरिएकोमा लुकीछिपि मानिसहरुको आवागमन रोक्न सुरक्षाकर्मीहरुको व्यापक गस्ती बढाउने निर्णय भएको छ ।

    नेपाल सरकारको निर्णय बमोजिम अत्यावश्यक अवस्थामा नेपाल आउनु पर्ने नेपालीहरुको लागि नेपाल प्रवेश गर्न ताेकिएको रक्सौल वीरगञ्ज सीमा नाकाबाट आउने नेपालीहरुलाई नेपाल सरकारको निर्णय अनुसार स्वास्थ्य र सुरक्षाका मापदण्डहरुको पालना गर्दै होल्डिङ् सेन्टर हुँदै सम्वन्धित स्थानीय तहमा क्वारेन्टाइनसम्म भने पुर्याउने निर्णयमा उल्लेख छ ।

    बैठकले निर्णयको अवज्ञा वा अवलेहलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही गरिने निर्णय गरेको छ ।

    कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका तथा अति जोखिममा रहेका स्थानहरुमा नेपाली सेनाको समेत परिचालन गर्न सकिने निर्णय बैठकमा भएको छ ।

    यस्तै, कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिहरुको सम्पर्कमा आएका सबै व्यक्तिहरुको शीघ्र कन्ट्रयाट ट्रेसिङ्ग गरी चेकजाँचको कामलाई तीब्र पार्ने पनि निर्णय भएको छ । यस्तै, संक्रमणको बढी जोखिम भएका स्थानहरुमा समेत पिसिआर चेकजाँचका लागि र्यान्डम रुपमा स्वाव संकलन गरिने जनाइएको छ ।

    यस्तै, कोभिड संक्रमण पुष्टि भएका व्यक्ति तथा शंकास्पद व्यक्तिहरु ओसार पसार गर्नको लागि वीरगञ्ज महानगरपालिकाले संभव भएसम्म एम्बुलेन्स वा सो नभए एम्बुलेन्स चालकको व्यवस्था गर्ने, पिसिआर चेकजाँचको लागि आवश्यक सामाग्री उपलब्ध गराउने र थप उपकरण एवं स्वास्थ्य सामाग्रीको व्यवस्थाको लागि सम्बन्धित निकायहरुमा माग गर्ने पनि निर्णय भएको छ ।

    यसैगरी, कुनै उद्योग, प्रतिष्ठान एवं निजी घरहरुमा बस्ने व्यक्तिहरु कसैमा कोरोना संक्रमण पुष्टि भएको अवस्थामा त्यस्ता उद्योग, प्रतिष्ठान एवं घरहरु सिल गरी स्थानीय प्रहरी र वडा समितिको कार्यालयको सिफारिसको आधारमा प्रत्यक्ष निगरानीमा होम क्वारेन्टिनमा राखिने जनाइएको छ ।

    त्यसैगरी, लक्षण नदेखिएका कोरोना पोजेटिभ पुष्टि भएका व्यक्तिहरुलाई हालको लागि सिद्धार्थ माविमा स्थापना गरिएको सेमि आइसोलेसनमा राख्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतलले बताए । साथै, लक्षण नदेखिएका व्यक्तिहरुलाई घरमै आइसोलेसनमा बस्ने सुविधा दिने निर्णय भएको उनले बताए ।

    शंकास्पद व्यक्तिहरुको संख्या बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै क्वारेन्टिन, आइसोलेसन सेन्टर तथा कोभिड अस्पतालहरुको क्षमता विस्तार गर्ने पनि निर्णय भएको उनले जानकारी दिए ।

    वीरगञ्जमा शुक्रबार र बिहीबार गरी कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

    ७५ जना सङ्क्रमितको गण्डकमा रहेको कोभिड अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑