भारतमा महिला हिंसाको घटनामा संलग्नलाई कडा कारबाही हुने कानुनी व्यवस्था छ। तर, कानुन कार्यान्वयनमा भने आकाश जमिनको फरक छ। न्याय पाउन बलात्कृत महिलालाई कानुन र समाजले साथ दिनुपर्छ। यस्तो लडाइँमा उसले एक्लै लडेर पनि हुँदैन। तर, बिहारको अररियामा एक बलात्कृत महिला र उनको दुई साथीलाई सरकारी काम कारबाहीमा बाधा गरेको भन्दै अदालतले काराबास पठाएको छ। यो सूचना पीडित महिलालाई १० दिनपछि प्राप्त भयो।
उनको यो मुद्दामा अन्य २ जना मानिसहरूले पनि सहयोग गरिरहेका थिए। पीडित महिला कल्याणी र तन्मय घरमा काम गर्थिन्। जेलबाट छुटेपछि पहिलोपटक बिबिसी हिन्दीमा पीडित महिलाले आफ्नो अनुभव बताएकी छिन्। सामूहिक बलात्कार पछि जे भयो… मेरो नाम खुशी (परिवर्तन गरिएको नाम) हो। ६ जुलाई को राती सामुहिक बलात्कारमा परेपछि यो नामले चिनिएकी छु। कारावासमा १० दिन बिताएर आएकी छु। तपाईंले सही कुरा सुन्नु भएको छ। बलात्कृत म नै भएकी हुँ। कारावास पनि म नै गएँ। दुई जना साथी पनि साथै गए। कल्याणी दिदी र तन्मय भाइ। उनीहरु सधैंभरी म सँगै हुन्थे।
उनीहरुले मलाई लडाईंमा साथ दिएका थिए। सबै कुरा थाहा छ। तिनीहरु दुई जनालाई कारावासमा कोचिएको छ। १० जुलाईमा अरररिया महिला प्रहरी ठानामा जानुपर्ने थियो। त्यसबेला न्यायाधीशले संविधानको धारा १६४ अनुसार बयान लेखाए। तर, प्रहरीले भने संविधानको धारा १६४ धारा बमोजिम बयान लेख्नुपर्छ। कल्याणी दिदी, तन्मय भाइ र साथमा केही मानिसहरु पनि पैदलै अररिया जिल्ला अदालत पुगेका थिए। म शिक्षित छैन,२२ वर्षको उमेरमा धेरै कुराहरु सिक्ने र देख्ने अवसर पाएको छु। तन्मय र कल्याणी दिदीकोमा काम गर्छु। उनीहरुको साथमा एउटा संस्था पनि जोडिएको छ।
संस्थाहरूसँग मिलेर काम गर्दा धेरै कुराहरु बुझ्यौं। कानुनको नजरमा हामी बराबर छौं र न्याय पाउने आशा बढदै गएको छ। अदालतमा उभिँदा हामी अदालत पुग्दा एक जना युवक पनि थियो। त्यहाँ छ भनेर थाहा थिएन। त्यो रात मोटरसाइकल सिकाउने भनेर छोडेर भागेको थियो। सहयोगको लागि उसलाई बोलायौं, तर फर्किएन। उ साथी हो, प्रेमी होइन। साइकल चलाउन मनपर्छ, मजाले कुदाउँछु। मोटरसाइकल सिक्न चाहन्थेँ। किनकी स्वतन्त्र रुपमा हिड्न पाउँदा म निकै खसी हुन्छु। युवकले मलाई मोटरसाइकल सिकाउने बाचा गरेको थियो। उसले केही समय मलाई मोटरसाइकल चलाउन राम्रैसँग सिकायो पनि। तर, ६ जुलाईमा सिकाउने बहानामा कतै लिएर गयो। त्यसैको परिणाम स्वरुप अदालतमा उपस्थित छु।
उ अदालतमा उसको आमासँग हाजिर भएको थियो। हामी थोरै डराएका थियौं। त्यस रात जे घटना भएको थियो : आज ताजा भएर आयो। मनमा खुल्दुली बढन थाल्यो। अदालतको ठाउँमा अरु ठाउँ हुन्न। किन मेरो बयान अन्य ठाउँमा लिन सकिन्न? मेरो बयान छिटो हुन सक्छ ? तीन-चार घन्टा गर्मीमा उभिँदा चक्कर लागेको थियो। आफूलाई शान्त पार्नको लागि वरिपरी कुर्सी छ कि भने यताउता हेरेँ। हामी धेरै निराश भएका थियौं। मलाई के भएको थियो कसैलाई भन्न चाहिनँ। मलाई सबै थाहा छ : बलात्कार एकदमै नराम्रो घटना हो। सारा समाज र परिवारले हामीलाई दोष दिन्छन्।
स्वतन्त्र रुपमा हिँडडुल गर्नु, साइकल चलाउनु, मोटरसाइकल सिक्नु र पुरुषसँग घुम्नु वा संस्थाको मानिसहरुसँग हिँड्नु : त्यो नै बलात्कारको कारण हो? मनमा जुन कुरा खेलिरहेको थियो, आखिर त्यहीँ भयो। टोलमा हल्ला सुरु भयो : ‘पढेकी छैन। मोबाइल बोक्छे र साइकल चलाउँछे।’ अन्त्यमा मानिसहरु मेरो गल्ती खोज्न थाले। मेरो बाबाले भन्नुभयो,’ अहिले बोलेनौ भने यीनै केटाहरूले तिमीलाई दुःख दिनेछन्।’ हामी हिम्मत गर्छौं जुन घरमा काम गर्थ्यौं : त्यो घरधनीले पनि तन्मय भाइ, कल्याणी दिदी र मलाई तिमीहरु प्रहरीमा जानु भनेर सुझाए। अदालतमा युवकलाई देख्दा धेरै डराएका थियौं।
धेरै सहेर भएपनि साहस गर्यौँ। यस्तो अवस्थामा तपाईं भए कस्तो महसुस गर्नुहुन्थ्यो? यो घटनाको जिम्मेवार बनाउने देखि प्रहरीलाई बलात्कार भएको कथा सुनायौँ। जसको विरुद्धमा लेखेको थियौं, तिनको सामु बसेर प्रहरी अधिकारीले पढेर सुनाइदिए। त्यसपश्चात तिनले हामीसँग वार्ता गर्ने प्रयास गरे। म बेचैन भएँ। विवाहको कुरा गर्न थाले। पत्रपत्रिकामा मेरो नाम र ठेगाना छापिएको थियो। कुनै नियम छैन। जुन कुराले मलाई सुरक्षित रहेको महसुस गराओस्। बारम्बार मेरो बारेमा भनियो। बलात्कृत भएको सबै घटना सुनाइयो। माहोल यस्तो बन्यो। नचिन्ने र नजान्ने मानिसले मेरो बारेमा सहजै जान्ने भइसकेका थिए। जुन बदनामको डर थियो : आखिर त्यहीँ भयो। हामीलाई जस्तो अरुलाई यस्तो घटना नहोस।
न्यायाधीशलाई सम्मान अदालतमा हाजिर गराएको दिन अनुहारबाट कपडा हटाउन भन्यो। मलाई देख्नासाथ भने, ‘चिनेँ, तिमी साइकल कुदाउँथ्यौ। बोल्न चाहेर रोक्ने प्रयास गरे। तर,तिमी बोलिनौ।‘ उनीहरुले के भन्न चाहिरहेका छन् भन्ने मैले धेरै बेरसम्म बुझिनँ। अदालतमा धेरै समय पर्खिएपछि न्यायाधीशले भित्र बोलाए। जहाँ अभियुक्त ठहरिएका र हामी थियौं। अहिलेसम्म त्यस्तो वातावरणमा बसेका थिएनौ। यस्तो लागिरहेको थियो कि केही हुनेवाला छ। मनमा यस्तै कुराहरु खेलिरहेको थियो। अहिले किन म सँग कल्याणी दिदी र तन्मय भाइ छैनन। न्यायाधीशले सबै सुने र लेखे।
जसले लेखेका थिए, उनैले पढेर सुनाउन थाले। अनुहार रुमालले छोपेको थियो। मलाई केही थाहा थिएन। जसले मेरो कुरा सुनिरहेको थियो : के लेखेको थियो भनेर छक्क परेँ। मैले भने, ‘म बुझ्दिनँ। रुमाल हटाएर भन्नु।’ न्यायाधीशले रुमाल हटाएनन्। उनले बोलिरहेका थिए। म शुन्यतामा हराउँदै थिए। उनले बयानमा हस्ताक्षर गर्न भने। स्कुल नगएपनि थोरै कुरा बुझेकी छु। जबसम्म कुरा बुझिँदैन, तबसम्म हस्ताक्षर नगर्नु। मैले मानिन अन्त्यमा भने, ‘मैले बुझिन, कल्याणी दिदीलाई बोलाइदिनु, उसले पढेर बुझाएपछि मात्र हस्ताक्षर गर्छु।‘ अनि न्यायाधीश रिसाउँदै कुर्लिए : ‘तिमीलाई हामीप्रति विश्वास छैन, सोमत नभएकी केटी! कसैले राम्रो कुरा सिकाएन?‘ कसैले कुरा सुनेनन् म शुन्यतामा हराउँदै गइरहेको थिएँ। कतै मैले गलत त बोलिनँ।
मैले भने, ‘होइन, तपाईंप्रति पूर्ण विश्वास छ, तपाईले भनेको कुनै पनि कुराहरु मैले बुझिनँ।’ यहाँ कुनै पनि नियम छैन? लामो समयसम्म बुझ्न सकेको छैनौं। हामीले नबुझेको कुरालाई बुझाउन सक्नुपर्छ। धेरै डराएकी थिएँ। हस्ताक्षर सकेर कल्याणीलाई दिदीलाई भेटन गएँ। न्यायाधीशले अन्य कर्मचारीसहित प्रहरीलाई कोठामा बोलाए। न्यायाधीशले कल्याणी दिदी र मलाई भित्र बोलाए। उनी रिसाइरहेका थिए। हामीले माफी माग्यौँ, तर कसैले वास्ता गरेनन्। बारम्बार अपमानजनक ढंगले व्यवहार गरिएको थियो। ‘सोमत’ नभएको भन्दै बोलाइरहन्थ्यो।
न्यायाधीशले कल्याणीलाई भने, ‘तिमीले उनलाई राम्रो व्यवहार सिकाएनौ।’ हामीलाई लागेको थियो कि न्यायाधीशले हाम्रो कुरा सुन्छन्। कल्याणी र तन्मय भाइले आफ्नो कुरा सुनाउने प्रयास गरिरहे। उनीहरु दुवै जनाले भने,’ खुशीले कुरा बुझिनँ भने पुनः पढेर सुनाइदिनु होला।’ न्यायाधीशले भने,’ यहीँ काम छ,देखेनौ।’ न्यायको लागि पछि हट्दैनौ गरीब थिइनँ भने मेरो कुरा सुनिन्थ्यो? आवाज ठूलो छ। मैले ठूलो स्वर गरेर बोल्नु गल्ती थियो? न्यायाधीशलाई भनेँ, ‘जबसम्म कुरा बुझिनँ, तबसम्म हस्ताक्षर गर्दिनँ।’ कानुनी राजमा मैले यति बोल्दा गलत हुन्छ? कोठामा हामीलाई सुन्ने कोही थिएनन्। जहाँ हामी तन्मय भाइ र कल्याणी बसिरहेका थियौं। हामीले सरकारी काममा बाधा गरेको भन्दै भिडियो बनाउन थाले।
त्यसैको आरोपमा जेल हालियो। हामीले यति धेरै दुःख भोग्यौ, यो पनि ठीक छ। १० दिनको लागि जेल जाने सूचना पायौं। अहिले उनीहरुलाई जेलमा राखिएको छ। हाम्रो विरुद्ध दर्ता गरिएको अभियोगमा भनिएको छ,’ हामीले मानिसलाई दुर्व्यवहार गर्यौं, बयान भइरहेको समयमा त्यसलाई बिथोल्न खोज्यौं ।’ हामी न्याय चाहन्छौं, लागि लड्छौ,पछि हट्दैनौं। न्याय चाहन्छौं। भावनुवाद : अतिन आचार्य