• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रानाथारूलाई लाग्यो ‘तीज’

  • वीरगंज संजाल
  • १० श्रावण २०७७, शनिबार ०९:०६
  • ३११७

    धनगढी | पश्चिम नेपालमा बसोबास गर्ने रानाथारू समुदायमा परम्परागत तीज पर्वको रौनक छ अहिले। विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ संक्रमण बिर्संदै उनीहरू तीज पर्वमा रमाएका छन्।रानाथारू बस्तीमा डोला (पिङ) हालिएका छन्। परम्परागत पोसाकमा सजिएका रानाथारू समुदायका महिला पिङ खेल्दै साउनका परम्परागत गीत गुनगुनाउन थालेका छन्। विवाहित छोरीचेली माइती फर्किएका छन्। नेपाली समाज भाषा संकृतिले सम्पन्न छ। विभिन्न जातजातिका विभिन्न संस्कृति छन्। राना थारू समुदायमा तीज अन्य समुदायको तुलनामा निकै फरक तरिकाले मनाइन्छ। एक महिनासम्म तीज मनाउने यो समुदायमा आँगनमा पिङ गाडेको दिनबाट तीज सुरु हुन्छ। त्यसरी हालिएको पिङलाई डोला भनिन्छ। पिङ हाल्न महिला दिदीबहिनीलाई दाजुभाइले पनि साथ दिन्छन्।

    पिङ हाल्न दाजुभाइ–दिदीबहिनी मिलेर जंगलबाट बाबियो काटेर ल्याउँछन्। त्यसलाई बाटेर पिङको लट्ठा बनाइन्छ। यो पर्वले दाजुभाइ, दिदीबहिनीबीच आत्मीयता थप प्रगाढ बनाउने विश्वास रहेको रानाथारू संस्कृतिकी जानकार जीवन रानाथारूले बताइन््। धनगढी उपमहानगरका–७, देबरियामा पनि रानाथारूको बाक्लो बस्ती छ।अन्य समुदायजस्तै रहनसहन, परम्परा, रीतिरिवाज तथा खानपिन र कला संस्कृतिमा धनी छन् रानाथारू। हिन्दु धर्मावलम्बीले श्रीमान्को दीर्घायु तथा कुमारी केटीले महादेवजस्तै वर पाऊँ भनी तीजको व्रत बस्ने धार्मिक मान्यता छ। तर, रानाथारू समुदायले भने तीजलाई फरक तरिकाले मनाउँछन्। राम्रो वर र श्रीमान्को दीर्घायुका लागि नभएर दाजुभाइको आरोग्य र दीर्घायुका लागि तीज मनाइन्छ रानाथारू समुदायमा।

    ‘संकटबाट मुक्ति पाउन महिलाले दाजुभाइ र भतिजाको जीवनरक्षा, दीर्घायु, सुख र समृद्धिको कामना गर्दै व्रत बस्न थालेको जनविश्वास छ’, धनगढी–७ का राजमती रानाले भनिन्। श्रावण तृतीयालाई तीजको मुख्य दिन मानिन्छ। यस दिन दिदीबहिनीले निराहार व्रत बस्ने चलन छ। व्रत बसेका दिदीबहिनीले पूजामा चढाउन सिमही, गुलगुला, पपरा, पुरीलगायत परम्परागत परिकार पकाउँछन्। व्रतालु महिला साँझ परेपछि नदीकिनारमा गएर पूजा गर्छन्। गडरौदा जातको घाँस वा कुशमा विवाहितले सात र अविवाहितले पाँच गाँठा पारी त्यसको पूजा गर्छन्। पूजा सकिएपछि चाँदीको गहना वा सिक्काले त्यसलाई काट्छन् अनि प्रसादका रूपमा खानाका परिकार राखेर नदीमा बगाउँछन्।

    ‘विसर्जन गर्ने बेला दिदीबहिनीले दाजुभाइका लागि धनसम्पत्ति, उन्नति र दीर्घायुको कामना गर्छन्’, धनगढी–९ की प्रेममती रानाथारू भन्छिन्, ‘दाजुभाइको आयु नदीजस्तै लामो होस् भन्ने कामना गरिन्छ।’ व्रत विसर्जन गर्न नदी किनारमा जाँदै गर्दा दाजुभाइले दिदीबहिनीलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने गर्छन्।

    रानाथारू संस्कृतिमा स्नातकोत्तर तहको शोध गरेकी जीवनका अनुसार परापूर्व कालमा बेहमैयाले तीजको व्रत बसेको र त्यहीँबाट यसको सुरुआत भएको विश्वास छ। बेहमैयाले गडरौदा जातको घाँस गाँठो पारी आफ्ना भाइभतिजाको नाम लिएर बगाउँदा बग्यो, तर त्यत्तिकै बगाउँदा बगेन। नबगेपछि बेहमैया रुन थालिन्, जुन शिव–पार्वतीले देखे। र, उनलाई रुनुको कारण सोधे। शिव–पार्वतीले बेहमैयालाई आफ्ना भाइभतिजाका लागि व्रत बस्न र दीर्घायु कामनाका साथ गडरौदामा गाँठो पारेर नदीमा बगाउनु भनेपछि व्रत बस्ने चलन सुरु भएको किंवदन्ती छ।

    अन्य समुदायमा श्रीमान्को दीर्घायुको कामना गर्दै तीजको व्रत बस्ने चलन छ। यो समुदायमा भने दाजुभाइ र भतिजाको दीर्घायुको कामना गरिने रानाथारू संस्कृतिका जानकार धनीराम बताउँछन्। ‘परापूर्वकालमा हाम्रो समुदायमा दुःख बिमार परेर पुरुषको मृत्यु हुन थाल्यो’, उनी भन्छन्, ‘त्यसैले संकटबाट मुक्ति पाउन महिलाले दाजुभाइ र भतिजाको जीवनरक्षा, दीर्घायु, सुख र समृद्धिको कामना गर्दै व्रत बस्न थालेको जनविश्वास छ।’कैलाली र कञ्चनपुरमा मात्र यो समुदायको मुख्य बसोबास छ। सरकारले यो समुदायलाई आदिवासी जनजातिमा सूचीकृत गरेको छ। नेपाल रानाथारू समाजका अनुसार यो समुदायको जनसंख्या करिब साढे तीन लाख छ। दुई जिल्लामा एक सय ३४ वटा गाउँमा रानाथारूको बसोबास छ। आफ्नो समुदायको भाषा, रीतिरिवाज, चाडपर्व, संस्कृति र जीवनशैली अन्य समुदायको भन्दा पृथक् रहेको कृपाराम रानाले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑