• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्वगुणी बेसारः स्वास्थ्यका लागि निकै फाइदा, यस्ता छन् गुण

  • वीरगंज संजाल
  • ९ श्रावण २०७७, शुक्रबार २०:०७
  • ३४२५

    वीरगंज । जानेर वा नजानेर नेपालीको घरघरमा प्रयोग हुने बेसार बहुउपयोगी भएको ज्ञान कमैलाई  छ । कतिपयले रङका लागि मात्रै प्रयोग गरेको भए पनि यसले औषधिको काम गरिरहेको कमैलाई थाहा होला ।  नेपालीको भान्सामा मसलाका रुपमा प्रयोग हुने बेसार दर्जनौँ रोगको औषधि हुने विज्ञले बताएका छन् । मुख्य रुपमा रोगप्रतिरोधी क्षमता विकास गर्न सर्वगुणी बेसारले महत्वपूर्ण भूमिका खेल्ने उनीहरुको भनाइ छ ।

    पतञ्जलि आयुर्वेद मेडिकल कलेज धुलिखेलका प्राचार्य, द्रव्यगुणविज्ञ प्राडा. श्याममणि अधिकारी बेसार रोगविरुद्ध लड्नका लागि उपयोगी हुने बताउँछन् । उनले भने– ‘बेसारले शरीरको शक्ति बढाउन मद्दत गर्छ ।’ कोरोना जस्ता हजारौँ भाइरस प्रकृतिमा रहेको जनाउँदै उनले बेसारले भाइरसविरुद्ध लड्न केही न केही सहयोग पुर्याउने बताए ।

    बेसारमा पाइने गुणकारी तत्वले शरीरमा भाइरसले जन्माउने अरू भाइरस (प्रतिकृति) रोक्न मद्दत गर्ने तथा भाइरसको सङ्ख्या कम गर्ने विज्ञ बताउँछन् । प्राडा अधिकारी बेसार मधुमेह, सुन्निनु, दुखाइ, घाउखटिरा, छालाका रोगको उपचारका साथै शरीरमा बोसो एवं चिल्लोको मात्रा घटाउन तथा आमाको दूधमा खराबी भएमा र दमखोकीमा पनि उपयोगी छ ।

    यस्तै अप्राकृतिक रुपमा बढ्ने शरीरका कोष रोक्न यसले मद्दत गर्ने उनको भनाइ छ । उनले भने– ‘शरीरभित्रै पनि विष बन्छ, त्यो विष नाश गर्न वा पचाएर स्वस्थ राख्न बेसार उपयोगी छ ।’ शरीरमा बाहिरबाट आएको एलर्जी नाशका लागि पनि बेसार प्रयोग गरिने उनले बताए । जीवाणु मार्न, रगत सफा गर्न तथा खाएको कुरा पचाउन बेसारले काम गर्ने अधिकारीको भनाइ छ ।

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनका प्रमुख डा.कोपिला अधिकारी आयुर्वेदका प्राचीन र अर्वाचीन (आधुनिक) ग्रन्थमा बेसारको प्रशस्त महिमा उल्लेख भएको बताउँछिन् । विशेषतः व्याधिक्षमत्व (रोग प्रतिरोधात्मक क्षमता वृद्धि), प्रतिश्याय (रुघा),प्रमेह (मधुमेह), पाण्डु (रक्तअल्पता), व्रण (घाउखटिरा), कृमी (जुका) नाश र  सौन्दर्य वृद्धिमा यसको प्रयोग गरिने उनको भनाइ छ ।

    मस्तिष्कको ट्युमर रोकथामका लागि बेसारलाई तातो दूधमा  फिटेर खानु उत्तम हुने उनी सुझाव दिनन्छिन् । डा.अधिकारी भन्छिन्– ‘वैज्ञानिक शोधहरुमा प्रकाशित तथ्याङ्कअनुसार बेसारमा भएका रासायनिक तत्वहरुमा नाकको एलर्जी, घाँटीको सङ्क्रमण, नेत्राभिष्यं (आँखासम्बन्धी रोग) जीर्ण व्रण (घाउखटिरा), ढुसीजन्य सङ्क्रमण र  क्यान्सरविरुद्ध लड्ने क्षमता हुन्छ ।’

    कोरोना सङ्क्रमितको प्रयोगशाला परीक्षणबाट सङ्क्रमणको पहिलो हप्तामा सेतो एवं रातो रक्तकोशिका र हेमोग्लोबिनको सङ्ख्या घटेको पाइएको छ । यसले गर्दा सङ्क्रमितमा खतराका लक्षण देखिन सक्छ । साथै रोगसँग लड्ने क्षमता राम्रो भएको व्यक्तिमा दोस्रो हप्तादेखि सो सङ्ख्यामा वृद्धि भएको र खतराका चिह्न पनि नदेखिएको पाइएको उनी बताउँछन् । उनले भने– ‘कोरोनासँग लड्ने क्षमता वृद्धि गर्नु जरुरी छ ।’

    छिमेकी मुलुक भारतले आयुर्वेद र  योग तथा चीनले परम्परागत चिनियाँ उपचार पद्धतिको प्रयोगबाट कोरोना भाइरस एक्टिभ केस सङ्ख्यामा उल्लेखनीय गिरावट ल्याउन सफल भएको अधिकारी बताउँछन् । उनले भने– ‘हामीले पनि नेपालमा उपलब्ध हरिद्रार (बेसार), तुलसीलगायत भाइरसविरुद्ध सक्रिय औषधीय गुण भएका एवं गुर्जो, अश्वगन्धालगायत रोगसँग लड्ने क्षमता बढाउने खालका जडीबुटीको नियमित सेवन, योग, प्राणायामको नियमित अभ्यास, स्वस्थ आहार एवं जीवनशैलीको अवलम्बन गर्नुपर्छ ।’

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गोरखाका प्रमुख डा.प्रशान्त पण्डित बेसार कोरोना रोगसँग लड्न सहयोगी हुने जिकिर गर्छन् । मानिसमा रोगप्रतिरोधी क्षमता बढाउन बेसार उपयोगी हुने उनको भनाइ छ । छाला र  रुघाखोकीको समस्या हटाउन तथा रोगप्रतिरोधी क्षमता बढाउन बेसारको उपयोगिता बढी भएको डा. पण्डितको भनाइ छ । परापूर्वकालमा मसलाका रुपमा भान्सामा प्रयोग हुने बेसार शरीरको सौन्दर्यका लागि  हुँदै आयुर्वेद औषधिका रुपमा प्रयोग हुन थालेको उनको भनाइ छ । भरतपुर अस्पतालका फिजिसियन डा.महेन्द्र अग्रहरि पनि बेसारले सङ्क्रमणलाई कम गर्न सहयोग पुग्ने जिकिर गर्छन् । यसले चिसोबाट हुने सङ्क्रमण रोक्ने काममा भूमिका खेल्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ
  • विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ
  • मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न
  • प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    राजावादीले सुरु गरे धर्ना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    News

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    News

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    News

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    News

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑