वीरगंज | म्यासेजिङ एप भाइबरले पनि फेसबुकसँगको सबै सम्बन्ध तोड्ने घोषणा गरेको छ । फेसबुकले डेटा उल्लंघन र घृणात्मक अभिव्यक्तिविरुद्ध काम गर्न नसकेको आरोपमा संसारका धेरै ब्राण्डले फेसबुकसँग सम्बन्ध तोड्ने र विज्ञापन नदिने घोषणा गरिरहेका छन् ।
भाइबरले विज्ञप्ति जारी गर्दै फेसबुकसँग सबै खाले सहकार्य तोड्ने र विज्ञापन नगर्ने घोषणा गरेको छ ।रंगभेदविरुद्ध अमेरिकामा भइरहेको आन्दोलनको क्रममा ‘एन्टी डिफेमेसन लिग’सहितका केही संगठनहरुले जुलाई भरी फेसबुकसँग सम्बन्ध तोड्न र विज्ञापन नगर्न आह्वान गरेको थियो ।
यही आह्वानमा समर्थनमा संसारका धेरै ब्राण्डले फेसबुकलाई दिंदै आएको विज्ञापन बन्द गरेका छन् । फेसबुकले आफ्नो प्लेटफर्ममार्फत फैलिने घृणात्मक, रंगभेदी अभिव्यक्ति नियन्त्रण गर्न असफल भएको भन्दै यस्तो आह्वान गरिएको हो ।भाइबरले ‘स्टप हेट फर प्रफिट’ नामक अभियानलाई समर्थन गर्दै फेसबुकसँगको व्यावसायिक सम्बन्ध तोडेको विज्ञप्तिमा जनाइएको छ ।