पर्सा । राजेन्द्र चौधरी । पर्साको सुदुरपश्चिममा पर्ने ठोरी गाउँपालिका वडा न:३ स्थित शिकारी बाँस मा हातिको आतंक उत्कर्षमा पुगेको छ। बिगत लामो समय देखि लगतार चितवन राष्ट्रिय निकुन्ज बाट जङ्गली हातीले आतंक मचाउने गरेको भए पनि अहिले हातिले सिमा नाघेको छ।
गए राती चितवन राष्ट्रिय निकुञ्ज बाट प्रबेश गरेको हातिले स्थानिको घर भत्काएको छ। मध्यरात प्रबेश गरेको हातिले स्थानिय को केही सता अगाडि स्थानिय गणेश उराव को घरमा क्षति पुर्याएको थियो भने फेरि हिजो मध्य रातमा उरावको घर भत्काउनुको साथै उराव को घरमा राखिएको धान समेत खाएर नष्ट पारेको छ।साथै स्थानिय उराव र मिथुन चौधरी को घरको बार एक्कासी हातिले भत्काउन थालेपछी घरमा सुतेका चौधरी ले चाल पाउने बितिकै होहल्ला गरेर भेला भएका स्थानियले हल्लाखल्ला गरेर त्यहाबाट हातिलाइ धपाउन सफल भएका थिए।
मध्य रात मा बस्ति प्रबेश गरेको हाती तीन घण्टा सम्म लगतार गाउँ मा बारमबार बस्ती मा प्रबेश गरेका थिए।हाती बिहान को कुखुरा बास्ने बेला मा तिन बजे तिर नजिकै को चितवन राष्ट्रिय निकुञ्ज को जङ्गल तिर गएका छ्न।यसरी स्थानिय को बस्ती हातिले नछोडे पछि स्थानिय युवा हरु रात भरी जाग्रम बसेका थिए।
पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज को बिच जङ्गलमा रहेको शिकारी बाँस बस्ती मा ५५ घरपरिवार बसोबास गर्द्छ। निकुञ्ज बाट आएको हातिको कारण सधै भरी गाउमा त्रास सिर्जना हुने गरेको छ। जङ्गली हाती दिन्हु जसो खेती बारी तथा गाउँमा प्रबेश गरे पछि ज्यान नै जोखिम मा राखेर दिन रात कटाउनु परि रहेको छ।
विशेष गरि रातको समयमा हाती गाउँ प्रबेश गर्ने र रात भरी गाउँ आतंक मच्चाउने को कारण रातै भर जाग्रम बस्नु पर्ने बाध्यता पनि रहेको छ। लगतार हाती केही सता अगाडि देखि स्थानिय हरुको घर भत्काउने र घरमा राखिएको खाध्न्न सामाग्री तथा सरसमान मा पनि क्षति पुर्याउदै आइरहेको छ।र घर वरि परि रहेको तरकारी बारिहरुमा भएको लौका, फर्सी, केरा समेत लाई हातिले छोडेका छैन्न।
हातिले दुई सता अगाडि पनि स्थानिय हरुको घरमा पनि क्षति पुर्याएको थियो। तास्विर:- स्थानिय हरुको घर तथा बारिमा नोकसान पुर्याएको तस्विरहरु,