• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शहरका घरमा फस्टाउँदो कौसी खेती: कति उचित, कति अनुचित ?

  • वीरगंज संजाल
  • ८ श्रावण २०७७, बिहीबार १६:४१
  • ३३०१

    वीरगंज। कंक्रिटको जंगल बनेको शहरी क्षेत्रमा खेतीयोग्य खाली जमिन पाउन मुस्किल छ । गाउँमा घर वरिपरि करेसाबारी भएजस्तो शहरी क्षेत्रका घरसँग करेसाबारी हुनु दूर्लभ र अपवाद जस्तै छ । तर पछिल्लो समय सहरका कौसी नै करेसाबारीको रुपमा हरियाली देखिन थालेको छ । कौसीमा रहेको सानो स्थानमा मानिसहरुले विभिन्न विधि प्रयोग गरेर तरकारीदेखि फलफूल समेत लगाउन थालेका छन् । 

    भान्छाबाट उत्पन्न फोहोर ब्यवस्थापन पनि हुने र सानो परिवारका लागि बेला–बेला आफैंले उत्पादन गरेको तरकारी पनि खान पाइने भएपछि शहरबासी कौसीखेतीतर्फ आकर्षित भएका हुन् । गमला, प्लाष्टिकका भाँडा, ड्रम तथा बास्केट लगायतमा माटो र मलखाद राखेर कौसीमा खेती गर्न सकिने भएपछि कौसीमा सानो क्षेत्र भएका घरधनीको यसतर्फ रुची बढेको छ ।  

    शहरमा बढ्दै गएको कौसी खेतीको रुचीलाई देखेर होला काठमाडौ उपत्यकामा रहेका नगरपालिकाहरुले निःशूल्क बिउ विजन वितरण गर्न समेत थालेका छन् ।  ललितपुर महानगरपालिकाले गत चैतमा बर्षे तरकारी बालीको वीउ र मल निःशूल्क वितरण गरेको थियो । महानगरको प्रत्येक वडामा एक हजारभन्दा बढी स्थानीयलाई यसरी मल बिउ वितरण गरिएको महानगर उपप्रमुख गीता सत्यालले रातोपाटीलाई बताइन् । महानगरपालिकाको कृषि विभागले सिमी, बोडी, रायो, मुला लगायत विउ वितरण गरेको थियो । यता काठमाडौं महानागरपालिकाले कौसी खेतीका लागि तालिम कार्यक्रम सञ्चालन गर्ने गरेको छ । 

    कौसी तरकारी खेती, घरको संरचनामा जोखिम कति ?

    शहरी क्षेत्रका स्थानीय तहले कौसी खेती प्रवद्र्धनका लागि वार्षिक नीति तथा कार्यक्रममा पनि समावेश गर्न थालेका छन् । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कौसी खेती सम्बन्धी यस्तो नीति लिएको छ–‘सरकारी, अर्धसरकारी, निजी ठूला भवन, सपिङ्ग कम्प्लेक्स, अपार्टमेन्ट आदिमा कौशी खेती तथा कौशी बगैंचाको लागि प्रोत्साहन गरिनेछ । उत्पादित तरकारी, फुल बिरुवा महानगरले खरिद तथा बिक्री वितरणमा सहजीकरण गर्ने ब्यबस्था मिलाइनेछ, ब्यक्ति,समूह तथा सहकारीले उत्पादन गरेका तरकारीहरु बिक्री वितरण तथा आपूर्ति ब्यबस्था सहजताको लागि प्रत्येक वडामा निश्चित समयको लागि तरकारी तथा घरेलु उत्पादन बजारको ब्यबस्था गरिनेछ, जसको सञ्चालन स्थानीय समुदायले गर्नेछ ।’

     

    स्थानीय तहले यसरी कौसी खेती पर्वद्धनका लागि नीति तथा कार्यक्रम बनाएपनि कस्तो संरचनाको घरमा कसरी कौसी खेती गर्ने यसबारे भने ध्यान पु¥याएको पाइदैन् । बरण्डा र कौसीमा हरियाली देखिँदा घर आकर्षक त देखिन्छ तर यसबाट हुनसक्ने नकारात्मक असर र प्रभावबारे भने धेरैले चासो राखेको देखिँदैन । घरको सबैभन्दा माथिल्लो तलामा कौसी खेती कतिको उचित छ त ? आरसिसि ढलान घरमा समस्या नभएपनि कच्ची घरमा कौसी खेती जोखिम हुने इन्ज्निियहरु बताउँछन् । 

    इन्जिनियर भन्छन्– वाटर प्रुफिङ राखेर खेती गर्दा समस्या पर्दैन 

    यदि घर गलत तरिकाबाट बनाएको छ भने कौसी खेती गर्दा पानी चुहिने र भौतिक संरचनामा क्षति पुग्ने हुन्छ । घरको छतदेखि घरको तल्लो भागसम्म पानी चुहिएर जाने हुन्छ । जुन घरमा कौसी खेती गरिन्छ, त्यो घरको छत पूर्णरुपमा वाटरप्रुफ अर्थात पानी नसोस्ने बनाउनुपर्ने इन्जिनियर राजुमान मानन्धर बताउँछन् । 

    उनले भने–‘कौसी तरकारी खेती गर्ने हो भने कौसीलाई वाटर प्रुफ गर्नुपर्छ । वाटरप्रुफ गर्ने विभिन्न प्रविधिहरु छन् । यो प्रविधि अपनाएर कौसी खेती गर्दा कुनै समस्या हुँदैन । वाटरप्रुफ राख्यो भने घरको तलामा स्वीमिङ पुल पनि बनाउँन सकिन्छ । मुख्य कुरा घर इन्जिनियर प्रयोग गरेर बनाएको हुनुप¥यो ।’

     

    उनले आरसीसी घर बनाउँदा सुरुमै भूकम्पीय जोखिम नहुनेगरी डिजाइन गरिने बताउँदै घरको डिजाइनमा पनि कौसी खेती समेत समावेश गरिने बताए । कौसीमा वाटर प्रुफिङ गरेर घरमा नभिज्ने र पानी नचुहिने बनाएपछि समस्या नहुने उनको भनाई छ । 

    उनले भने– ‘काठमाडौंमा भएका सबै ढलान घरमा कौसी तरकारी खेती मज्जाले गर्न सकिन्छ । तर त्यसमा पूर्णरुपमा वाटरप्रुफिङ चाँही गर्नुपर्छ । आठ–दश इन्च माटोको लोड केही पनि हैन । वाटर प्रुफिङका लागि बजारमा विभिन्न किसिमका सामग्रीहरु पाइन्छ । कुनै टाँस्ने हुन्छ । कम्पनीअनुसार धेरै किसिमका हुन्छन्, त्यसको प्रयोग गर्न सकिन्छ ।’

     

    अर्का इन्जिनियर प्रकाश सुवाल घरको डिजाइनमा कौसी खेतीको डिजाइन नहुने भएपनि माटोको तौल धेरै भए घरलाई असर गर्ने बताउँछन् । उनले सुरुमा घरको नक्सा बनाउँदा कौसी खेतीका लागि प्रयोग हुने आवश्यक लोड पनि अनुमान गरेर नक्सा बनाउदा पछि असर नहुने बताए । उनले पनि वाटरप्रसफिङ गरेर कौसी खेती गर्दा समस्या नहुने उल्लेख गरे ।  उनले पूरानो आरसीसी घरमा कौसी खेती गर्दा वाटरप्रुफिङ गर्नुपर्ने र नयाँ घर बनाउने हो भने घरको डिजाइन गर्दा नै कौसी खेती सहितको डिजाइन गर्न उनको सुझाव छ । 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑