• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संक्रमण सकिएर बन्दाबन्दी हटेको भ्रम समुदायमा नपरोस्-जोगिने जिम्मा जनताकै !

  • वीरगंज संजाल
  • ८ श्रावण २०७७, बिहीबार ०९:१७
  • ३३२५

    वीरगंज | सरकारले गत वर्ष २०७६ सालको चैत ११ देखि लागू गरेको बन्दाबन्दी (लकडाउन) अन्त्य भएको घोषणा गरेको छ । यसबीच बन्दाबन्दी केही खुकुलो गरिँदै आएको थियो । विज्ञहरू बन्दाबन्दी पूरै हटाउने बेला नभएको भन्दै संक्रमणको अर्को लहर फैलनसक्ने चेतावनी दिइरहेका छन् । जनसाधारण र व्यवसायीहरू भने बन्दाबन्दी हटेकोमा उत्साहित देखिन्छन् ।

    यद्यपि, शैक्षिक संस्थालगायत केही क्षेत्र अझै खुलेका छैनन् । सरकारले बन्दाबन्दी लागू गर्दा पनि त्यसको औचित्य जनतालाई बताएको थिएन । अहिले हटाउँदा पनि बताइएको छैन । संक्रमणको अवस्था बन्दाबन्दी लागू गर्दा भन्दा हटाउँदा गम्भीर देखिएको छ । यसैले सरकारले दुवै निर्णय राजनीतिक आधारमा लिएको स्पष्ट देखिन्छ ।

    बन्दाबन्दी लागू गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारविरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेताहरूले मोर्चाबन्दी चर्काएका थिए । नेकपाभित्रको किचलो अहिले अपेक्षाकृत मत्थर भएको देखिएको छ । समभवतः यी दुई घटना बन्दाबन्दी लगाउने र हटाउने मूल कारण हुन् । तर, देशमा कोभिड—१९ को संक्रमण भने अर्को यथार्थ हो । यसैले राजनीतिक कारण नभए पनि संक्रमण रोक्न सरकारले कुनै न कुनै दिन बन्दाबन्दी लागू गर्ने नै थियो ।

    बन्दाबन्दीको रूप केही फरक भने हुनसक्थ्यो । कोभिड—१९ का नाममा स्वास्थ्य सामग्री खरिद गर्दाको सन्देहास्पद गतिविधिमा प्रधानमन्त्री निकट व्यक्तिहरूको संलग्नता हेर्दा पनि सरकारले कुनै न कुनै बहाना बनाएर संकट सिर्जना गर्ने थियो भन्ने नैै देखिन्छ । यसैले बन्दाबन्दी लगाउनु र खोल्नुको औचित्य तथा उपादेयतामा छलफल गर्ने काम विज्ञहरूलाई नै छाडौँ ।

    सरकारले बन्दाबन्दी हटाउँदा कोरोनाभाइरसको संक्रमण रोकिने हैन बढ्ने जोखिम झन् धेरै भएको छ । संक्रमण रोकिएर बन्दाबन्दी हटेको हो भन्ने भ्रम समुदायमा पर्न गयो भने यसले तुरुन्तै भयावह रूप लिनसक्छ । संक्रमण विज्ञहरूले यसै पनि परीक्षणको घेरा साँगुरो बनाएकोमा असन्तुष्टि प्रकट गरेका थिए । अब त क्वारेन्टिनको व्यवस्था पनि अन्त्य गर्दा संक्रमित सोझै परिवारमा जाने र समुदायमा संक्रमण फैलाउने जोखिम बढ्यो ।

    यथार्थमा सरकारले नेपाली जनतालाई संक्रमणको बाढीमा हेलेर छाडिदियो । अब, जात्रामात्रा सुरु हुन्छ । चाडपर्व आउँछन् । भारतमा संक्रमण अत्यासलाग्दो गरी फैलँदो छ । हवाई उडान सुरु भएसँगै विदेशबाट आउनेहरूको संख्या बढ्छ । तिनको परीक्षण हुने व्यवस्था छैन । अर्थात् अहिले बन्दाबन्दी लागू गर्ने बेलाभन्दा संक्रमण फैलने जोखिम धेरै गुणा बढेको छ । यसैले हामी प्रत्येक व्यक्ति, स्थानीय तह र समुदाय नै सचेत र जिम्मेवार हुनुको विकल्प छैन ।

    कम्तीमा भिडभाडमा जाँदा सबैले अनिवार्यरूपमा मास्क लगाउने, साबुन पानीले हात धुने र शंका लाग्नेबित्तिकै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्ने गरिरहनुपर्छ । संक्रमणको अर्को लहर फैलियो भने नेपालका लागि निकै महँगो पर्नसक्छ । हामी आफैँ नै सावधान र गम्भीर बनौ ! स्थानीय सरकारहरूले पनि संक्रमण व्यवस्थापनलाई प्राथमिकता दिन नछाडून् !          

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑