बीरगन्ज । वीरगंजमा गएराति थप १७ जनामा काेराेनाकाे संक्रमण पुष्टि भएकाे छ । डाक्टर, उपचाररत बिरामी लगायत पर्सामा गएराति मात्र १७ जनामा संक्रमण पुष्टि भएकाे सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।
संक्रमण फेला परेका मध्ये एक जनाकाे मृत्यु समेत भइसकेकाे नारायणी अस्थाई काेभिड अस्पतालका संयाेजक डा. उदयनारायण सिंहले वताए ।
नारायणी अस्थाई काेभिड अस्पताल गण्डककाे आइसाेलेसनमा बुधबार मृत्यु भएकाे वीरगंज माइस्थानका ५६ बर्षिय पुरुषकाे स्वाब संकलनकाे रिपाेर्ट पनि पाेजेटिभ आएकाे उनले जानकारी गराए ।वीरगंजस्थित एडभान्स हस्पिटलमा उपचारत ति बिरामीलाई मंगलबार मात्र काेभिड अस्पतालमा भर्ना गरिएकाे थियाे ।
संक्रमण फेला परेका मध्ये अधिकांश स्वास्थ्यकर्मी, चिकित्सक र विभिन्न निजि अस्पतालमा उपचारत बिरामीहरु रहेकाे जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमाेद ठाकुरले वताए ।थपिने संक्रमितहरूमा २ डाक्टर, २ उपचाररत बिरामी लगायत १७ जना रहेका छन् । संक्रमितहरूमध्ये १३ जना पुरूष र ४ महिला रहेका छन् । संक्रमितहरू १५ वर्षेदेखि ८५ वर्ष सम्म उमेरका रहेका छन् । सबैकाे स्वाव संकलन साउन ६ गते गरिएकाे थियाे ।
कतिपय संक्रमित लक्षणसहित समेत देखिएकाेले निकै भ्यावह अवस्था सृजना हुदै गएकाे संयाेजक डा. सिंहले वताए ।