• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लकडाउन खोलेकै दिन वीरगञ्जमा ८ जनामा लक्षणसहित कोरोना, दुई जनाको आईसीयूमा उपचार हुँदै

  • वीरगंज संजाल
  • ७ श्रावण २०७७, बुधबार २३:४८
  • ९०६५

    वीरगञ्ज | सरकारले लकडाउन खोलेकै दिन पर्साको वीरगञ्जमा कोरोना भाइरस कडा लक्षणसहित समुदायस्तरमा फैलिएको भेटिएको छ।ट्राभल हिस्ट्री नभएका र वीरगञ्ज महानगरपालिकाका फरक–फरक वडामा बसोबास गर्ने आठ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो।सरकारले मंगलबार रातिदेखि लागु हुनेगरी चार महिना लामो लकडाउन हटाएको थियो। तर, लकडाउन हट्न नपाउँदै समुदायस्तरमा कोरोना फैलिएको पुष्टि वीरगञ्जको नयाँ केसले गरेको छ।

    ‘वीरगञ्जमा देखिएको पछिल्लो कोरोनाका बिरामीको ट्राभल हिस्ट्री नभएको र विभिन्न क्षेत्रमा बसोबास गर्ने भएकाले यहाँ समुदायस्तरमा भाइरस फैलिएको पुष्टि भएको छ’, नारायणी कोरोना अस्थायी अस्पतालका कोभिड संयोजक डा. उदयराज सिंहले काठमाडौं प्रेससँग भने,‘यसले वीरगञ्जमा कोरोना समुदायस्तरमा फैलिएको पुष्टि भएको छ।’

    अस्पतालका अनुसार बारास्थित एक औषधि उद्योगमा काम गर्न गएका ८ जनामा कोरोना पोजेटिभ देखिएको हो। उनीहरु साउन २ गते ज्वरो आएर स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउँदा निको नभएपछि नारायणी उपक्षेत्रीय अस्पतालमा परीक्षणका लागि आएका थिए।उनीहरु सबै उच्च ज्वरो, श्वास फेर्ने अप्ठ्यारो हुने र रिङ्गटा लाग्न थालेपछि स्वेच्छिक कोरोना परीक्षणका लागि आएका थिए।

    ‘उनीहरु वीरगञ्जकै बासिन्दा हुन्। उद्योग खुलेपछि काम गर्न गएका रहेछन्। ज्वरो, खोकी, श्वाप्रश्वासमा समस्या आएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउँदा ठीक नभएपछि स्वेच्छिक परीक्षण गराउन आउनु भएको थियो। रिपोर्ट पोजेटिभ आएको छ,’ सिंहले भने, ‘उनीहरुको लक्षण पनि अलि कडा नै देखिएको छ। यसले हामी थप सतर्क हुनपर्ने देखाएको छ।’

    कोरोनाका दुई जना सिकिस्त, आईसीयूमा उपचार हुँदै 

    डा. सिंहका अनुसार अहिले अस्पतालमा दुई जना कोरोना संक्रमितको आइसीयूमा राखेर उपचार भइरहेको छ।मंगलबार वीरगञ्जकै एड्भान्स मेडिकेयर अस्पतालमा उपचाररत बिरामीलाई रिफर गरी आईसीयूमा राखेर उपचार गरिराखिएको छ। अर्का एक मुटु रोगीसमेत रहेका संक्रमितको पनि आईसीयूमा राखेर उपचार भइरहेको छ।

    मास टेस्टिङका लागि अस्पतालले मन्त्रालय गुहार्‍यो

    समुदायस्तरमा कोरोना फैलिएपछि अस्पतालले मास टेस्टिङका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गुहारेको छ।नारायणी अस्पतालका प्रमुख डा. मदन उपाध्यायले मंगलबार मन्त्रालयलाई पत्र लेखेर मास टेस्टिङ गर्नुपर्ने देखिएको जानकारी गराएका हुन्।‘समुदायस्तरमा कोरोना फैलिएकोमा कुनै शंका छैन। त्यसैले डा. उपाध्यायले मन्त्रालयलाई मंगलबार रिपोर्ट बुझाउनुभएको छ’, सिंहले भने, ‘यहाँ मास टेस्टिङ गर्नुपर्ने देखिएको छ। मन्त्रालयले अहिलेसम्म जवाफ दिएको छैन।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑