वीरगंज | नेपाली कांग्रेसका संगठनले वी.पि कोइराला युवा नेतृत्व बिकास मञ्चले विभिन्न १० जिल्लाको अध्यक्षमा जिम्मेवारी तोकेको छ। बिगत १० वर्स देखि मन्चले युवाहरूलाई संगठित गर्दै बिचारगोष्टि अन्तरक्रिया प्रशिक्षण
,पुस्तक प्रकाशन लगायत विभिन्न माध्यम बाट जननायक वि.पि कोइरालाको बिचार तथा लोकतान्त्रिक समाजबादका बिषयहरु बहस छलफल गर्दै युवाहरुको बिकास मा महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ।
१० वटा जिल्ला बाट अध्यक्ष पद मा जिम्मेवारी पाउने मा ताप्लेजुङ बाट देउमान लिम्बू ,पाँचथर बाट विजय हाङ आन्देन्बे ,सुनसरी बाट प्रकाश कार्की लगायत पर्सा बाट नेपाल विद्यार्थी संघका पूर्व ठाकुर राम बहुमुखी क्याम्पस इकाई सह-सचिव हरिन्द्र यादव अध्यक्ष को जिम्मेवारी पाउनु भएको छ।