वीरगञ्ज । कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डले यस्तो तयारी सुरु गरेको हो ।
सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै बोर्डले असोज १५ गतेभित्र परीक्षा गर्नेगरी तयारी अगाडि बढाएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार तदनुरुप मन्त्रालयसँग अनुमति मागिएको छ । मन्त्रालयको अनुमति पाएसँगै परीक्षाको तयारी अगाडि बढ्नेछ ।