बीरगन्ज। चित्रगुप्त सेवा समितिले बीरगन्ज वडा न १ को शिशोवारी टोलमा चित्रांश धर्मशाला को निर्माण कार्य सुरु गरेको छ ।
दुइ वर्ष अघि चित्रांश कायस्थ परिवारहरुले डेढ कठ्ठा जग्गा खरीद गरेको थियो । सोही जग्गामा चार तल्ले धर्मशालाको निर्माण सुरु भएको अध्यक्ष प्रभु नारायण कर्णले जानकारी दिनु भएको छ । भुइ तल्लामा चार वटा कोठा र एक ठुलो हाँल को साथै पार्किङ हुने र जग देखी लिन्टर सम्म निर्माण भइ पहिलो चरण को कार्य सम्पन्न भएको अध्यक्ष कर्ण ले जानकारी दिनु भयो ।
गरीब र निम्न मध्यम हरुको घना बस्ती रहेको शिशोवारी टोलमा धर्मशाला को अति खाचो महशुस गरी निर्माण कार्य सुरु गरिएको र कोठा बनाउन दाताहरुको खोजी गरिरहेको बताउनु हुन्दै कोठा बनाउन चन्दा दिने दाताको नाम सोही कोठा मा समेत लेख्ने कर्ण बताउनु हुन्छ ।
जग्गा खरीद मा चित्रांश कायस्त परिवार का साथै नेपाली काग्रेस का नेता एवम् प्रदेश सभा सदस्य ओम प्रकाश शर्माले ५ लाख रुपियाँ व्यक्तिगत सहयोग गर्नु भएको र निर्माण मा यो वर्ष संसदीय कोषबाट १० लाख सहयोग दिनु भएको कोषाध्यक्ष दिलीप कुमार कर्ण ले जानकारी दिनु भयो ।
कोषाध्यक्ष कर्णले बीरगन्ज महानगर पालिकाले यो वर्ष ५ लाख एवम् कायस्त परिवार बाट चन्दा स्वरुप ५ लाख गरी जम्मा २० लाख अहिले सम्म खर्च भएको बताउनु भयो ।
चित्रगुप्त समिति वीरगन्जका अध्यक्ष महेश दास ले शिशोवारी मा चित्रांश धर्मशाला को निर्माण सुरु भएकोमा खुशी व्यक्त गर्दै कायस्थ परिवारका साथै सबै समुदाय लाइ सहयोग गर्न अपिल गर्नु भएको छ । बीरगन्जको वडा न ६ स्थित गिता मन्दिर रोडमा चित्रगुप्त मन्दिर र चित्रगुप्त अतिथि सदन छ । यसै गरी वडा न ३ को छपकैया मा र चित्रगुप्तनगरमा पनि चित्रगुप्त अतिथि सदन रहेको छ ।