आज:
  • होमपेज / Breaking News

    ठेकेदार गायब : पर्सामा निर्माणाधीन स्वास्थ्यचौकी अलपत्र

  • वीरगंज संजाल
  • ७ श्रावण २०७७, बुधबार १०:१५
  • ७३४९

    वीरगन्ज | पर्साको शंकरसरैया गाउँमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी भवन निर्माण थालिएको ६ वर्ष बितिसकेको छ। तर ठेकेदारले अधुरै अवस्थामा काम छाडेर हिंडेपछि उक्त स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएर संचालनमा नआउँदै पुरानो भएको छ।

    स्वास्थ्य चौकी निर्माणका लागि आफ्नो ५ कठ्ठा जग्गा दिएका स्थानीय रामचन्द्र महरा चमार भन्छन्,‘भवन अधुरै छाडेर ठेकेदार नै २ वर्षदेखि गायब छ । अहिले निर्माणाधीन भवन वरिपरि घाँस उम्रिएर झाडी भएको छ।  त्यहाँ गाउँका केटाहरुको गाजा चुरोट खाने, दिशा पिसाब गर्ने ठाउँ मात्र भएको छ।’

    भवन अधुरो रहँदा स्वास्थ्य चौकी चार दशक पुरानो २ कोठाको जीर्ण भवनमा जेनतेन संचालन गरिएको वडा अध्यक्ष दारा सिंह राउत बताउँछन्। पुरानो साँघुरो भवन जीर्ण भएकाले उपचार सेवा पनि प्रभावित भएको स्वासथ्य चौकीका स्वास्थ्यकर्मीको गुनासो छ। ‘दुवै कोठा जीर्ण छन्। कति खेर छत खस्छ ठेगान छैन’ , अनमी प्रमीला देवी राउत भन्छिन्, ‘बरण्डामै बिरामी राखेर जाँच्नुपर्छ।  महिला बिरामीलाई अनुमानकै भरमा औषधी दिएर घर पठाइदिन्छौँ।’
    स्वस्थ्य चौकी भवन अलपत्र परेकाले जटील अवस्थाका बिरामी र सुत्केरी गाराउन आउने महिलालाई उपचारै नगरी अन्यत्र पठाइदिने गरेको अनमी राउतले बताइन्।

    जीराभवानी गाउँपालिका ५ शंकरसरैयामा १ करोड ५४ लाख रुपैयाँको लागतमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी निर्माणको ठेक्का २०७१ सालमा दोलखाको शीवराम कन्ट्रक्शन प्रालिले सकारेको थियो। सघन शहरी तथा भवन निर्माण आयोजना र ठेकेदार कम्पनीबिच २०७१ जेठ २८ मा गरिएको सम्झौतामा २४ महिनाभित्रै (२०७३ जेठ २७ ) भवन निर्माणको कार्य सक्नु पर्ने उल्लेख थियो। तर ठेक्का लगाइएको ६ वर्ष बितेर ७ वर्ष लागिसक्दा पनि निर्माण कार्य अधुरै छ। २ वर्षदेखि ठेकेदार काम छाडेर हिंडेपछि निर्माणाधीन भवन अलपत्र परेको हो।

    भवन अलपत्र रहे पनि ठेकेदार कम्पनीले ठेक्का सम्झौतामध्येको आधा रकम ६२ लाख ३६ हजार रुपैयाँ भुक्तानी भने लिइसकेको छ।

    शीवरामकै ठेक्कामा परेको अरु २ भवन पनि अलपत्र

    शंकरसरैया स्वास्थ्य चौकीको भवन अलपत्र पारेर छाडेको शीवराम कन्ट्रक्शनले नै ठेक्का सकारेर काम पूरा नगरेका पर्सा जिल्लाकै अन्य २ स्वास्थ्य चौकी भवन पनि अलपत्र परेका छन्। छिपहरमाई गाउँपालिकाको टिहुकीको स्वास्थ्य चौकी भवन ७ वर्षदेखि र पटेर्वासुगौली गाउँपालिका सुगौलीको स्वास्थ्य चौकी भवन ६ वर्षदेखि अलपत्र परेको हो ।

    टिहुकीमा १ करोड २१ लाखको लागतमा स्वास्थ्य चौकी भवन निर्माणका लागि सघन शहरी तथा भवन निर्माण आयोजना र शीवराम कन्ट्रक्शनबीच २०७० अषाढ २७ मा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौतामा २४ महिनाभित्रै (२०७२ अषाढ २६ ) भवन निर्माण कार्य सम्पन्न गर्नु पर्ने उल्लेख थियो। तर ठेक्का सम्झौता भइ काम थालेको ७ वर्ष बितिसक्दा पनि टिहुकीको स्वास्थ्य चौकी भवन अधुरै रहेर अलपत्र परेको छ।

    ठेकेदार कम्पनीले भने ९७ लाख रुपैयाँ भुक्तानी लगिसकेको छ। २ वर्षअघि ठेकेदारले भुक्तानी लिएर गएदेखि नै भवन निर्माणको काम रोकिएको स्थानीय बताउँछन्।

    सुगौलीको स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का सम्झौता २०७१ जेठ २८ गते भएको थियो। सम्झौतामा उक्त भवनको पनि निर्माण कार्य, ठेक्का लागेको २४ महिनाभित्रै (२०७३ असार २७ भित्र ) कम्पनि शीवराम कन्ट्रक्शनले सक्नुपर्ने थियो। ६ वर्ष बितिसक्दा पनि उक्त भवन अधुरै छ। उक्त भवनको ठेकेदार कम्पनीले भने ५० लाख ११ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ।

    सघन शहरी तथा भवन निर्माण आयोजनाको वीरगन्ज स्थित कार्यालयका इन्जिनियर अमरेन्द्र झाले शीवराम कन्ट्रक्शनले पर्सामा ठेक्का सकारेका ३ वटै स्वास्थ्य चौकी भवन अधुरो रही अलपत्र परेको बताए। ‘उसको ठेक्कामा परेको ३ वटै भवन अधुरै छन्’, उनले भने, ‘पटक-पटक म्याद थप्दा पनि उसले काम नगरेपछि कालो सूचीमा राखेर कारवाहीको प्रकृया अगाडि बढाएका छौं।’

    बारम्बार मौखिक र लिखित चेतावनी दिंदासमेत कुनै सुनवाई नगरेपछि सार्वजनिक खरिद ऐन अन्तरगत कालो सूचीमा राखेर कारवाहीको प्रकृया अगाडि बढाइएको उनले बताए। उनका अनुसार शिवराम कन्स्ट्रक्सनले नै ठेक्का सकारेको पर्साको कालीकामाई गाउँपालिकाको भेडिहारीको उपस्वास्थ्य चौकी भवन निर्माणको सम्झौता पनि कार्यालयले २ वर्ष अगाडि नै भत्काएर नयाँ ठेक्का लगाएको थियो।क्रान्ति शाह

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला
  • पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न
  • राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा
  • दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    दुर्गा प्रसाईं फेरि पक्राउ

    हर्कको प्रश्न : रौतहटमा भएको बालिकाको हत्याबारे यो सरकारले के गर्दैछ?

    शहिद धर्मराज सिंहकी आमाद्वारा एमाले उम्मेदवार प्रदीप यादवलाई जितको आशीर्वाद

    राष्ट्रियसभा बैठक सुरु

    आहा रारा पोखरा गोल्ड कपको २५ औँ वर्षको अवसरमा तस्बिर प्रदर्शनी

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    News

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    News

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    News

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    News

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑