विराटनगर | मोरङको लेटांग नगरपालिकामा एक १६ वर्षीया बालिका बलाकृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय मोरङले स्पष्ट रुपमा बोल्न नसक्ने अशक्त बालिकाको गत असार २८ गते राती बलात्कार भएको जनाएको छ ।
मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले घटनामा संलग्न आरोपी १९ वर्षीय भीम राईलाई पक्राउ गरिएको जनाएका छन् ।लेटांग नगरपालिका ८ का स्थानीय राईलाई पीडित परिवारका सदस्य किटानी जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरी उपरीक्षक खड्काले बताए ।
पीडितको जाहेरीसँगै अनुसन्धान तीव्र बनाएको प्रहरीले मंगलबार अपरान्ह पक्राउ गरेको उनको भनाइ छ ।असार २८ गते साथीको घरमा बस्न गएकी पीडित बालिकामाथि बलात्कार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।पक्राउ परेका आरोपी राई पीडित बालिकाको साथीको नाता पर्ने आफन्त भएको बताइएको छ । पक्राउ परेको आरोपीमाथि प्रहरीले जबरजस्ती करणी मुद्धा अघि बढाउने भएको छ ।