• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एसईई परीक्षाफल ढिलो प्रकाशित हुने, ११ कक्षाको सबै अधिकार विद्यालयलाई

  • वीरगंज संजाल
  • ७ श्रावण २०७७, बुधबार ०९:५६
  • ३९३३

    वीरगंज | एसईई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने भएको छ ।करीब ३० जिल्लाबाट प्राप्तांक नआइपुगेका कारण ढिलो हुने भएको हो ।निरन्तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका ९ जिल्लाका कुनै पनि विद्यालयको प्राप्तांक पनिकामा पुग्न सकेको छैन ।सुदूरपश्चिम र १ नम्बर प्रदेशका पहाडी जिल्लाका केही जिल्लाका विद्यालयले अहिलेसम्म प्राप्तांक उपलब्ध नगराएका कारण परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा–१०) ले करीब ३० जिल्लाबाट प्राप्तांक नपठाएका कारण ढिलो हुने देखिएको छ ।

    परीक्षा नियन्त्रक रामराज खकुरेलले हालसम्म करीब ४५ जिल्लाबाट प्राप्तांक आइपुगेको जानकारी दिए । जिल्ला शिक्षा समन्वय समितिले प्राप्तांक पठाउनुपर्ने व्यवस्था छ तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका कुनै पनि जिल्लाबाट नम्बर सहितको कागजात आएको छैन ।‘साउन १५ गतेभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरिरहेका छौं, अहिलेसम्म केही जिल्लाबाट प्राप्तांक नआएकाले समस्या परेको छ,’ परीक्षा नियन्त्रक खकुरेलले नेपाल समाचारपत्रसँग भने ।

    पनिकाले सबै समन्वय समितिले प्राप्तांक पठाएपछि विद्यालयको कोड, सिम्बोल नम्बर र सबै विषयको प्राप्तांक इन्ट्री गरेर परीक्षाफल प्रकाशित गर्ने प्रक्रिया शुरू गर्ने जनाएको छ ।विद्यालयले ३ पटक सञ्चालन गरेको परीक्षाको अन्तिम मूल्यांकन गरी त्यसको आधारमा अंक दिने र त्यसलाई इकाइले प्रमाणित गरी पनिकामा पठाउने व्यवस्था छ ।

    मन्त्रिपरिषद्को बैठकले यो वर्षको एसईई परीक्षा विद्यालयलाई नै दिने निर्णय गरेको थियो । लगत्तै बोर्डले कार्यविधि तयार गरी परीक्षा प्रणाली शुरू गरेको थियो । पनिकाले २० गते विद्यालय र ३० गतेभित्र इकाइले अंक पठाउनुपर्ने गरी निर्देशन जारी गरेको थियो ।पनिकाले क्वारेन्टाइन भएको विद्यालय, जिल्ला बाहिरको प्रअ र कक्षाशिक्षक भएका कारण परीक्षाफल प्रकाशित गर्न कठिनाइ हुन सक्ने अड्कल गरेको थियो ।

    तर करीब २ हप्तादेखिको अविरल वर्षाका कारण राजमार्ग बन्द भएको र विकट जिल्लामा हवाई मार्गसमेत सञ्चालन नभएकाले कर्णाली, सुदूरपश्चिम र प्रदेश १ का पहाडी जिल्लाका विद्यालयको उत्तरपुस्तिका पनिकामा आउन सकेको छैन ।

    ११ कक्षाको अधिकार विद्यालयलाई

    राष्ट्रिय परीक्षा बोर्डले ११ कक्षाको परीक्षा लिने सम्पूर्ण अधिकार विद्यालयलाई नै दिने भएको छ । बोर्डले सो अधिकार सहितको कार्यविधि तयार गरेको छ । कार्यविधिमा ११ कक्षाको परीक्षा सञ्चालन र व्यस्थापन गर्न विद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा वरिष्ठ शिक्षक र विषय शिक्षक रहेको ३ सदस्यीय समिति गठन गर्ने भएको छ । बोर्डले १० कक्षाको परीक्षाका लागि पनि सोही व्यवस्था गरेको थियो ।

    बोर्डले ११ कक्षाको परीक्षाको अनुगमन गर्ने अधिकार आफ्नो मातहतमा राखेको छ । अब ११ कक्षाको परीक्षा लिने र लब्धांक प्रमाणपत्र दिने अधिकार विद्यालयलाई नै दिइएको कार्यविधिमा उल्लेख छ । ११ कक्षाको प्रयोगात्मक परीक्षा समेत विद्यालयले नै लिने भएको छ । अब १२ कक्षाको परीक्षा मात्र बोर्डले लिनेछ ।यसअघि बोर्डले ट्रान्सक्रिफ्ट बनाउँदा ११ र १२ कक्षाको ग्रेडलाई समेट्ने गरेको थियो । अब १२ कक्षाको मात्र ग्रेड राखेर ट्रान्सक्रिफ्ट वितरण हुनेछ ।

    कार्यविधिमा गत वर्षको पूरक परीक्षाको संपरीक्षण गर्ने अधिकार बोर्डले लिएको छ । अब ११ कक्षाको परीक्षा ९ कक्षाकै जस्तो विद्यालयबाटै सञ्चालन हुने, विद्यालयबाटै लब्धांकपत्र दिइने छ । कार्यविधि पारित भएसँगै सबै विद्यालयलाई ११ कक्षाको परीक्षा लिने बाटो खुल्नेछ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑