कोरोनाविरुद्ध खोप बनाउने प्रयास गरिरहेका कम्पनीलाई निशाना बनाइरहेका ह्याकरलाई चीनले सहयोग गरिरहेको आरोप अमेरिकाले लगाएको छ।अमेरिकी अधिकारीले दुई चिनियाँ नागरिकले कोरोनाविरुद्ध खोपको अनुसन्धान गरिरहेको आफ्नो देशको कम्पनीलाई ह्याक गर्न खाेजिरहेकाे आरोप लगाएका हुन्।अमेरिकाले अहिले चिनियाँ साइबर जासुसविरुद्ध अभियान चलाएको छ, त्यसै क्रममा यो भनाइ आएको हो।
पछिल्लो हप्ता यूके, अमेरिका र क्यानडाले रुसविरुद्ध कोरोना खोप विकाससँग सम्बन्धित अनुसन्धानको ज्ञान चोरेको आरोप लगाएका थए।अहिले अमेरिकाले जुन दुई चिनियाँ नागरिक (ली सियाओयु र डन्ग जियाजी) लाई आरोप लगाएको छ, उनीहरू पहिले इलेक्ट्रिकल न्जिनियरका विद्यार्थी थिए। अमेरिकाले उनीहरूविरुद्ध व्यापारको सूत्र पनि चोरी गरेको आरोप लगाएको थियो।यी दुवै विद्यार्थी अहिले चीनमै छन्। अमेरिकाका अनुसार यी दुवै निजी ह्याकर हुन्। तर उनीहरूले चीनको सरकारी अधिकारीलाई मद्दत गरिररहेकाे अमेरिकाकाे आरोप छ।
अमेरिकाका अनुसार यी दुई जनवरीमा मासाच्युसेट्सस्थित एक बायोटक फर्म ह्याक गर्ने कोसिस गरेका थिए, जसले कोरोनाविरुद्ध खोपको अनुसन्धान गरिरहेका थिए। साथै उनीहरूले म्यारिल्यान्डस्थित एक कम्पनी पनि ह्याक गर्ने प्रयास गरेको अमेरिकाको आरोप छ।अमेरिकाका अनुसार यी दुई चिनियाँ नागिरकले अहिले अस्ट्रेलिया, बेल्जियम, जर्मनी, जापान, नेदरल्यान्ड्स, स्पेन, स्विडेन र ब्रिटेनका कम्पनी र बायोटेक फर्मलाई निसाना बनाइरहेका छन्, जुन कम्पनी कोरोनाविरुद्ध खोप विकासमा जुटिरहेका छन्।यसअघि अमेरिकाले चीनले सूचना लुकाएकै कारण विश्वभर काेराेनाकाे महामारी फैलिएकाे आरोप बारम्बार लगाइरहेकाे छ। बीबीसी