वीरगंज | रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् ।गोदावरी खोलामा आएको बाढीका कारण ललितपुरको टीकाथली र भक्तपुरको बालकोट क्षेत्रमा डुबानको समस्या देखिएको छ ।
ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार सोमवार इमाडोल, टीकाथली, नख्खुडोल क्षेत्रमा डुबान भएको थियो ।ललितपुर यूएन पार्कमा पनि डुबान भएको थियो । गोदावरी खोलामा राति पानीको सतह घटे पनि अहिले फेरि डुबान शुरू भएको स्थानीयले बताए ।खोला किनारका घरहरूमा पानी पसेको छ ।