• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ठोरीमा त्रेतायुगका रामसँग सम्बन्धित तथ्य भएको स्थानीयको दाबी

  • वीरगंज संजाल
  • ६ श्रावण २०७७, मंगलवार ०९:३८
  • २६६९

    वीरगन्ज । पर्सा जिल्ला स्थित ठोरीको विषय यति बेला निंकै नैं चर्चामा छ । प्रधानमन्त्री ओलीबाट राम नेपालको ठोरी मैं जन्मिएको भन्ने अभिव्यक्ति पछि अहिले ठोरी निंकै नैं चर्चामा आएको हो ।नेपाल–भारत बिच सीमा बिवादले सम्बन्ध चिसिदै गएको बेला ठोरीको प्रसङ्गले थप चिसिएको छ । सांस्कृतिक विषयसँग जोडिएको ठोरी नेपाली राष्ट्रियताको प्रसङ्गले मुलुक तातिरहेको बेला ठोरीको चर्चाले सबैको ध्यान तानेको छ ।

    सुमेरू पर्वत, सीता गुफा, वाल्मीकि आश्रम, अयोध्यापुरी पर्सा अनि ठोरीबासीका लागि नयाँ होईनन् । तर, यति बेला ठोरी पालसहित भारतमा  समेत चर्चा र  बहसको विषय बनेको छ । बहसको विषय मात्रै होईन, त्रेता युगका पुरुषोत्तम रामको जन्मस्थल कहाँ हो ? भन्ने विषयको बहससमेत शुरु भएको छ ।रामको जन्मस्थान कहाँ हो, यसबारेमा अनुसन्धान हुदै जाला, त्यो अर्को पाटो हो तर, ठोरी सांस्कृतिक तथा धार्मिक महत्व भएको स्थान भएकोमा कुनै शंका छैन ।

    सुक्खा बन्दरगाह वीरगन्जदेखि झण्डै ६५ किलोमिटर पश्चिममा ठोरी पर्दछ । यस ठाँउमा त्रेता युगमा सीताले वनवास जाँदा बसेको एक स्थान छ । जसलाई ‘सीता गुफा’ नामले चिनिन्छ । ठोरी सांस्कृतिक धार्मिक हिसाबले पुरानो भएको स्थानीय सरकारको दाबी छ ।‘सीता गुफा यहाँ वस्ती बस्नुभन्दा अगाडि देखि नैं थियो र वर्षौं देखि गुफामा पूजापाठ हुँदै आएको छ’, ठोरी गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठले भने, ‘त्यसले गर्दा सीता गुफा पत्ता लाग्यो होईन कि, पहिलेदेखि यहाँ थियो, भनेर बुझ्नुहोस्।’

    गत विक्रम सम्वत् २०३२ मा यता माडी ठोरी अलग भए पछि चितवनमा अयोध्यापुरी गाविस थियो । हाल त्यो माडी नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्छ ।माडीबाट नेपाल–भारत सीमा छेउ सम्म फैलिएको सुमेरु पर्वतको उत्तरतर्फ नेपालको काँखमा सीता गुफा छ । यसको सामुन्नेमा चिता र ठुटे खोला मिलेको छ ।

    ‘ठोरीमा पहिले घनाघोर जङ्गल थियो , बस्ती थिएन र यहाँ आसपासमा मठ मन्दिरहरू छन्’, ठोरीका स्थानीय रामचरण लामिछानेले भने, ‘प्रधानमन्त्रीज्यूले कुँनै इतिहास नपढी भगवान रामको जन्म ठोरीमा भएको भन्नु भएको होइन जस्तो लाग्छ। उहाँले वास्तविक बोल्नुभयो ’ उनले भने ।त्रेता युगका राजा जनककी पुत्री जानकी (सीता) वनवास जाँदा बसेको सीता गुफा भनी अग्रजहरू सीता र रामको महिमा सुनाउँछन्। वाल्मीकि आश्रम पनि नजिकै छ । अनि , अयोध्यापुरी त छिमेंकमा गाविस नैं थियो ।

    यो सबै कुरा एक-आपसमा मेल खाने भएकोले यसमा सत्यता रहेको ठोरीबासीको भनाई छ । रामले अस्वमोध महायज्ञ गरेको र यज्ञको घोडा छोडेको र यसको नजिकैमा बाल्मिकी नगर रहेको स्थानीय बताउँछन् ।‘त्रेता युगमा राम ठोरीमा जन्मेका हुन्, भन्ने प्रशस्त्र आधार ठोरीवासीसँग छ’, अर्का स्थानीय चिरञ्जीवी सापकोटोले भने, ‘रामले अस्वमोध महायज्ञ गरेको र यज्ञको घोडा छोडेको र यसको नजिकैमा बाल्मिकी नगर छ ।’ उनले बताए ।

    रामायणमा उल्लेख भएका कतिपय ठाउँसँग प्रायः मेल खाने धेरै कुरा ठोरी गाउँपालिकामा रहेका सांस्कृतिक र धार्मिक तथ्यहरुले पुष्टि गरेका छन् । यद्यपि, ठोरीमा रामको जन्म भएको हो वा होईन, भन्ने यसको ऐतिहासिक पुष्टि हुन भने बाँकी छ ।तैपनि, प्रधानमन्त्री ओलीको अभिव्यक्ति पछि ठोरीको महत्व राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको पक्कै हो ।थप पुष्टिका लागि अध्ययन र अनुसन्धान गर्ने काम राज्यको हो । त्यस पछिको अध्ययनले यसको वास्तविकता अवश्य बाहिर ल्याउने नैं छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑