• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गण्डकी प्रदेश : बाढीले बगायो सडक, पुल र मन्दिर, एक बेपत्ता

  • वीरगंज संजाल
  • ६ श्रावण २०७७, मंगलवार ०९:३०
  • ३२६५

    म्याग्दी । निरन्तरको वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीमा सोमबार आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन मोटरेबल, दुई झोलुङ्गे पुल तथा दुई ठाउँमा मन्दिर बगाएको छ ।अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र पुरानो मोटरेबल पुल पुरेको छ । अन्नपूर्ण–३ काभ्रेको भजेनीखोलामा आएको बाढीले स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बेपत्ता बनाएको वडा सदस्य हस्तबहादुर पुनले बताए ।

    बेनी–जोमसोम सडकअन्तर्गत घाँसखोलामा आएको बाढीले निर्माणाधीन मोटरेबल पुल पनि पुरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । बाढीले घोप्टेभिर, घाँसाखोला, भुरुङ–तातोपानी र रुप्से झरना आसपासका क्षेत्रमा सडक बगाएको छ ।रुप्सेखोलाको मोटरेबल पुलको दुईतर्फ पिलर ठड्याइएको थियो । घाँसाखोलाको पुल ढलान गर्न सेटिङ गरिएको थियो । रुप्से झरनाको परिसरमा रहेको मन्दिर र गडल्याड वाटरफल रेष्टुरेष्ट पनि बाढीले बगाएको छ ।

    मोटरेबल पुल निर्माणमा प्रयोग भएको ज्वाला कन्स्ट्रक्शनको एक एक्साभेटर (डोजर) र पार्किङ गरेर राखिएको बस बगाएको छ । दिउँसो ३ बजेदेखि करिब दुई घण्टा रुप्सेखोलामा ठूलो बाढी आएको थियो । विश्वकै गहिरो अन्धगल्छी आसपासमा रुप्सेखोला कालीगण्डकीमा मिसिन्छ ।कालीगण्डकीको बाढीले अन्नपूर्ण गाउँपालिकाको दाना र गाडपार जोड्ने झोलुङ्गे पुल बगाएको छ । दानाका स्थानीयवासी जितबहादुर पुनका अनुसार सुकेबगर र घराप जोड्ने अर्को झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ । रुप्से ब्लक उद्योग पनि बगाएको छ । दानामा निर्माणाधीन २२० केभी क्षमताको विद्युत् सवस्टेशन र क्रसर उद्योग कटानको जोखिममा परेको छ ।

    अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीमा कालीगण्डकीले बस्तीतर्फ कटान गर्न थालेपछि सीमा प्रहरी चौकी र रेडक्रसको भवनलगायत ३० भन्दा बढी घर जोखिममा परेका छन् । नदी किनारमा लगाइएको पर्खाल नाघेर बाढीले बस्तीतर्फ कटान गरेको वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए ।जोखिममा रहेका घरका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ । कालीगण्डकी र रघुगङ्गा नदीको दोभानस्थित जलजला गाउँपालिका–२ मा रहेको धार्मिकस्थल राम मन्दिरको धर्मशाला बाढीले कटान गरेर बगाएको छ ।

    बाढीले कटान गरेर मन्दिरको गौशाला, धर्मशाला र १०० ग्राम तौल भएको शालिग्राम शिलाको स्तम्भ बगाइसकेको छ । कटान निरन्तर छ । मन्दिर, पुजारी निवास र गलेश्वरदेखि राममन्दिर जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ ।राष्ट्रिय परोपकार महासङ्घद्वारा संरक्षित राम मन्दिर क्षेत्रमा करोडाैँ सहयोग जुटाएर निर्माण गरिएका भौतिक संरचना बाढीले क्षति पुर्‍याएको छ । सडक, मोटरेबल र झोलुङ्गे पुल बगाएकाले एक गाउँदेखि अर्को गाउँमा आवतजावत बन्द भएको दानाका गङ्गा पुनले बताए ।

    यसअघि गत असार २५ गते रघुगङ्गा नदीमा आएको बाढीले गलेश्वरको बेलिब्रिज भत्काएपछि अवरुद्ध मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडक धेरै ठाउँमा पहिरो र बाढीले बगाएकाले पूर्णरूपमा सिधा यातायात सञ्चालनका लागि थप समय लाग्ने देखिएको छ ।धवलागिरि हिमालको आसपासका क्षेत्रमा भारी वर्षा भएपछि म्याग्दी, कालीगण्डकी र रघुगङ्गा नदी र सहायक खोलामा बाढीको सतह बढेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।

    म्याग्दीका प्रमुख यी तीनवटै नदीको पानीको स्रोत हिमालहरु हुन् । म्याग्दीका प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बाढीको जोखिममा रहेका बस्तीका बासिन्दालाई सामानसहित सुरक्षित ठाउँमा सारिएको बताए ।कालीगण्डकी नदीको किनारमा रहेको भुरुङ–तातोपानीको तल्लोबजार, तिप्ल्याङ र बेनीको कालीपुलका बासिन्दालाई रातमा सुरक्षित ठाउँमा गएर सुत्न तथा दिउँसोसमेत उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

    पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

    दमौली – आइतबारदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्ड मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी र आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिराका कारण राजमार्ग अवरुद्ध भएको हो ।जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले दुई ठाउँमा गएको पहिरोका कारण बिहानैदेखि राजमार्ग अवरुद्ध रहेको जानकारी दिए ।

    पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको र केही समय लाग्ने प्रनाउ तिमिल्सिनाले बताए । “दुई ठाउँमा पहिरो गएका कारण राजमार्ग सञ्चालन गर्न केही समय लाग्छ”, उनले भने, “करिब ४०/४५ मिनेटसम्ममा राजमार्ग सञ्चालन हुन्छ ।” राजमार्ग अवरुद्ध हुँदा पोखरा र मुग्लिङतर्फबाट आउँदै गरेका सवारी साधन रोकिएका छन् ।निरन्तरको झरीका कारण जिल्लाका केही ठाउँमा घरहरु जोखिममा परेको प्रहरीले जनाएको छ । सोमबार राति केही घरहरुमा क्षति पुगेको भए पनि विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
  • नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    News

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑