वीरगंज | एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस सञ्चालन गर्न दिने निर्णय भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले जारी लकडाउन खुकुलो पार्दै एक जिल्लाबाट अर्को जिल्लामा छोटो दुरीका बस चलाउन दिने निर्णय गरेको हो । तर यसरी बसहरु सञ्चालन गर्दा अनिवार्य सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क, सेनिटाईटरको प्रयोग गर्नुपर्ने, स्वास्थ्य सर्तकता अपनाउनुपर्नेछ ।
गत वर्ष चैत्र ११ गतेबाट बन्द भएको सार्वजनिक सवारी सञ्चालन केहि दिन अघिबाट जोर बिजोर प्रणालीका आधारमा सञ्चालन भएका थिए । तर ति सवारीहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा जाने अनुमति भने थिएन ।आजको बैठकले स्वास्थ्य सावधानी अपनाउँदै छोटो दुरीमा अन्तर जिल्ला यात्रुबहाक बस सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यसअघि मौद्रिक नीतिले आफ्ना मागहरु सम्बोधन गरेको भन्दै यातायात व्वयाी सुरक्षा सावधानी अपनाएर सवारी सञ्चालन गर्न उत्साहित भएका थिए ।यसैबीच गत वर्ष चैत्र ११ गतेबाट बन्द रहेको हवाई उडान करिव साढे चार महिना महिनापछि सञ्चालन हुन लागेको छ ।
संस्कृती पर्यटन तथा नागरिक उड्यायन मन्त्री यागेश भट्टराईका अनुसार आगामी भदौ १ गतेबाट आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय भएको हो ।