धनगढी । कैलालीका चार स्थानमा शंंकास्पद वस्तु फेला परेका छन् ।भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय जाने बाटो, धनगढी बजारको एलएन चोक र लम्कीचुहा नगरपालिका कार्यालय अगाडि मंगलवार बिहान कुकर बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेका प्रहरीले जनाएको छ ।
कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले विभिन्न चार स्थानमा बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेको बताए ।नेपाली सेनाको टोलीले ती शंकास्पद वस्तु निष्कृय पारेको जानकारी पनि उनले दिए । ती शंकास्पद वस्तु कसले राख्यो भन्ने खुलेको छैन । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।