धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने आगिञ्चोक गोलाङस्थित खवासेमा पहिरोले एक घर पुरिएको छ । पहिरोमा परी एकै परिवारका ३ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
स्थानीय हरि विश्वकर्माका अनुसार घर माथिबाट आएको पहिरोले घर पुर्दा २२ वर्षीय मिलन खाँण, १९ वर्षीय सम्झना खाँण र उनीहरुको डेढ बर्षीय छोराको मृत्यू भएको हो ।घटनास्थलमा प्रहरी पुगेर स्थानीयको सहयोगमा मृतकहरुको शव निकालेको छ ।सोमबार धादिङको गजुरी गाउँपालिका-२ मलेखुमा गएको पहिरोमा परी १७ वर्षीया निरुता परियारको पनि मृत्यू भएको थियो ।