• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाढी तथा पहिरोबाट जोगिन कस्तो सावधानी अपनाउने?

  • वीरगंज संजाल
  • ५ श्रावण २०७७, सोमबार २२:१५
  • २९७७

    वीरगंज। बुधवारसम्म देशभरि मनसुनी गतिविधि सक्रिय हुने विवरण आइरहेको समयमा विज्ञहरूले बाढी तथा पहिरोबाट जोगिन मौसम र विपद्सम्बन्धी पूर्वचेतावनीलाई समुदायले अटेर नगर्न सुझाव दिएका छन्।जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालमा सरेको मनसुनी न्यून चापीय रेखाको प्रभावले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।केही स्थानहरूमा भारी र अति भारी वर्षा हुने यो क्रम बुधवारसम्म जारी रहने र त्यसपछि केही कमी आउने विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्ग बताउँछन्।उनले भने, “बुधवारबाट अलिकति वर्षाको मात्रामा कमी आउने मात्रै हो, रोकिने होइन्। भारी वर्षा एक-दुई स्थानमा मात्रै हुनेछ।”

    पछिल्लो अवस्था के छ?

    विभागले सातवटै प्रदेशका केही स्थानहरूमा भारी वर्षाका कारण त्यहाँ रहेका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने र पहिरो जानसक्ने, डुबान हुनसक्ने अनि सडक तथा हवाई यातयात प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएको छ।शुक्रवारसम्म कन्काई, कोशी, कमला, वाग्मती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र तीनका सहायक नदी सहित चुरे र कतिपय तराई भएर बग्ने नदीमा उल्लेख्य रूपमा बहाव बढ्ने बताइएको छ।कतिपय नदीको तह सतर्कता आसपास पुग्नसक्ने मध्यम सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरिएको छ।

    सोमवार नारायणी तहमा बहावको तह उल्लेख्य बढ्ने र सतर्कता तह पार गरी खतरा आसपाससम्म पुग्नसक्ने चेतावनी गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणले दिएको छ।त्यसबाहेक कन्काई, कमला, वाग्मती, तिनाउ र पश्चिम राप्तीका केही सहायक नदीमा आकस्मिक रूपमा बहाव बढेर बाढी आउनसक्ने चेतावनी दिइएको छ।सोमवार बिहानसम्मको जानकारी अनुसार चितवन अन्तर्गत नारायगढ-मुग्लिङ सडकखण्ड सहित सात जिल्लाका विभिन्न सडकहरू पहिरोका कारण अवरूद्ध भएका छन्।जेठ ३० गते नेपालमा मनसुन सुरु भएयता पहिरोका कारण १११ जनाको मृत्यु भएको छ भने बाढीका कारण तीन जना र चट्याङ्‌का कारण १७ जनाले ज्यान गुमाएका छन्।

    अझै पहिरोको सम्भावना

    अहिलेसम्म हेर्दा विगत वर्षको तुलनामा यस वर्ष पहिरोले धनजनको क्षति बढाएको छ।मौसमविद् प्रधानाङ्ग भन्छन्, “गएको हिउँद यामबाटै सरदरभन्दा बढी वर्षा भएको छ र अहिले मनसुनमा पनि औसतभन्दा बढी नै वर्षा भइरहेको अवस्था छ।”“जुन र जुलाई भनेको मनसुन सबैभन्दा सक्रिय रहने समय हो। पहिले नै कमजोर जमिन गलिसकेको हुनाले र वर्षा अगष्टसम्म भइराख्ने हुनाले पनि अझै पहिरोको सम्भावना बढी नै देखिन्छ।”उनले विभागको बाढीको पूर्वसूचना प्रणाली राम्रो बनेको हुनाले क्षति कम भइरहेको बताए।

    कस्तो सावधानी अपनाउने?

    पहिरोबारे विद्यावारिधि गरेका विपद् जोखिम व्यवस्थापन विज्ञ कृष्ण देवकोटा सरकारी संयन्त्रहरूले उपलब्ध गराउने मौसम र विपद्का सूचनाहरूका आधारमा समुदाय स्वयंले प्रकोपबाट आफूलाई जोगाउन सक्ने बताउँछन्।उनले भने, “विपद् जोखिम बारेका सूचनालाई राम्रोसँग सुनेर, हेरेर र बुझेर पहिरो जाने सम्भावित उच्च जोखिम रहेको ठाउँबाट कम जोखिमको ठाउँमा मानिसहरू जानुपर्छ। अटेर गरेर बस्नुभएन।”पहिला पहिरो गएका स्थान, हाल पहिरो खस्न सुरु भएको ठाउँ वा जमिन चिरा परेका स्थानहरूमा बसिरहेका मानिसहरूले त्यस्तो ठाउँ तत्कालै छाड्नुपर्ने उनले बताए।

    अहिले भारी वर्षा हुने समयमा निरन्तर पहिरो खसिरहेका सडकखण्ड प्रयोग गर्न नहुने र आवश्यकता अनुसार वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने देवकोटाको भनाइ छ।बाढीको सन्दर्भमा पूर्वसूचना प्रणाली जडान गरिएको भन्दै उनले नदीको बहावबारेका सूचनाका आधारमा स्थानीय संयन्त्रहरू सक्रिय हुनुपर्ने बताउँछन्।“माथिल्लो तटीय क्षेत्रमा पानी परिरहेको अवस्थामा पनि तल्लो तटीय क्षेत्रमा नदीको बहाव अस्वभाविक रूपमा बढे मानिसहरूले आफू र आफ्नो परिवारलाई सुरक्षित स्थानमा लैजानुपर्छ।”“सुरक्षित ठाउँ जाने क्रममा त्यहाँ पुग्न सबैभन्दा सुरक्षित मार्गको प्रयोग गर्नुपर्छ। त्यति गर्न सकियो भने मानवीय क्षति कम गर्न सकिन्छ।”

    अधिकारीहरू के भन्छन्?

    राष्ट्रिय विपद् न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल आगामी चार दिन जोखिम उच्च रहेका स्थानमा बसिरहेका व्यक्तिहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको बताउँछन्।पोखरेलले भने, “पहिरोमा नै बस्ती बसेका स्थानहरूमा एकदमै सतर्क रहनुपर्छ। जोखिम भएका ठाउँमा रातको समयमा सुरक्षित ठाउँमा बस्न जानु उपयुक्त हुन्छ।”“तराईमा पनि जहाँ बाढीको जोखिम छ त्यसबारे मोबाइलका एसएमएसमार्फत जानकारी दिने गरिएको छ।
    ”उनले हरेक स्थानीय र प्रादेशिक सरकारले विपद् नियन्त्रणका लागि संयुक्त रूपमा काम गरिरहेको र सुरक्षा निकायहरूलाई स्थानीय तहसँग मिलेर काम गर्ने गरी शुक्रवारबाटै तयार अवस्था राखिएको बताए।“यसपालि कोभिड-१९ को कारणले विद्यालय भवनहरू सञ्चालनमा नआएको सन्दर्भमा त्यस्ता स्थान र सामुदायिक भवनहरूलाई आश्रयस्थलका रूपमा प्रयोग गर्ने हिसाबले कार्ययोजना बनाएका छौँ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑