वीरगन्ज । वीरगन्जको नेशनल मेडीकल कलेजमा प्रहरीले छापामारी गरी करिब १९ सय थान आरडीटी कीट बरामद गरेको छ । कलेजमा गरिएको आरडीटी टेस्टमा ४ जनालाई कोरोना पोजेटीभ देखिएको थियो । चारै जनालाई पछि पीसीआर टेस्ट गर्दा एकजनालाई पोजेटीभ देखिए पछि कुरा बाहिरयो । त्यही कुरालाई लिएर प्रहरीले छापामारेको हो ।छापामारी स्थानिय प्रशासनले भारी मात्रामा १९ थान आरडीटी किट बरामद गरेको छ ।
कलेजमा एक जनामा कोरोना पुष्टी भएपछि अस्पतालको आकस्मिक कक्ष र विमारी राख्ने कतिपय वार्डहरु बन्द गरि सेनिटाइज गरिएको अस्पताल स्रोतले जानकरी दिएको छ । यस भन्दा पहिला पनि कलेजमा बाराका एक विरामीको कोरोनाको रिपोर्ट आउनु अघी नै अन्तिम संस्कारका लागि शब दिएपछि कलेज बिवादमा तानिएको थियो ।
सरकारले आरडीटी टेस्टको विश्वनियता माथी प्रश्न उठे पछि सबैको पिसिआर विधिबाटै कोरोना टेस्ट गर्ने प्रतिब्धता जनाएको थियो । तर सो विपरित मेडिकल कलेजले महगो शुल्क लिएर आरडीटी टेस्ट गर्दै आएको छ । कलेज संचालक नेकपा एमालेका नेता रहेको तथा चर्चा कमाउँन कलेजले कोरोना महामारी नियन्त्रण हदै सम्मको सहयोग गर्ने प्रतिब्धता जनाए पनि कोरोना कै बिषय लिएर बारम्बार बिबादमा तानिदै आएको छ ।