पर्सा । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ९ एकटङ्गा गाउँमा नालाको पानीको निकाश नपाउँदा त्यहाँँका ४० भन्दाबढी घरमा पानी पस्दा स्थानीयलाई सास्ती भएको छ ।
वर्षायाममा पानी पर्दा पानीको निकाश नपाएर ४० भन्दा बढी घरमा पानी पसेको र चुल्हाचौका गर्न पनि अप्ठेरो भएको एक स्थानिय बताए । केन्द्रिय सरकारको १ करोड ३८ लाखको लागतमा निर्माण भइरहेको नाला सडकको ६ फिट उचाईमा रहेको र नाला भने अहिले अपुरो नै रहेकोले यस्तो अवस्था सिर्जना भएको गाउँका अग्रज अगुवाहरुको भनाई छ ।
पर्सागढी नगरपालिका नगरप्रमुख लोकनारायण यादवले साको निरिक्षण गरी पानीको निकाश खोज्न डोजर पठाउँदा गाउँका केही व्यक्तिको हस्तक्षेप कै कारण समस्या समाधान अहिले सम्म नभएको र सोको बारे पहल भइरहेको उहाँले बताउनुभयो ।