वीरगंज । स्वास्थ्य क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ६ लाख ८ हजार ९११ जनाको मृत्यु भएको छ भने १ करोड ४६ लाख ४४ हजार ३६० जनालाई संक्रमण भएको छ ।त्यस्तै ८७ लाख ३५ हजार २९८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५९ हजार ८१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना संक्रमितको हिसावले नेपाल विश्वमा ६२ औँ स्थानमा रहेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण ४० जनाको मृत्यु भएको छ भने १७ हजार ६५८ जनालाई संक्रमण भएको छ ।त्यस्तै ११ हजार ६९५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ५ हजार ९२३ जना स्वासथ्योपचार गराईरहेका छन् ।