आज:
  • होमपेज / Breaking News

    आज साउनको पहिलो सोमबार, यस्तो छ धार्मिक महत्व

  • वीरगंज संजाल
  • ५ श्रावण २०७७, सोमबार ०९:५४
  • ५०४९

    वीरगंज | आज यस वर्षको साउन महिनाको पहिलो सोमबार । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गरेको भएपनि यसपटक कोरोना भाइरसको महामारीका कारण अधिकांश शिवालयहरुमा दर्शनार्थीको उपस्थिति न्यून रहेको छ ।सरकारले २५ जना भन्दा जना एक स्थानमा भेला नहुन भनेको छ भने मन्दिरहरु पनि प्राय बन्द अवस्थामा रहेका छन् । हिन्दु परम्परा अनुसार साउन महिना शिवको प्रिय महिना हो ।हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

    साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छ ।हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिइन्छ ।साउने सोमबारको दिन मनोकामना पूरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने गरिन्छ । हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ ।

    यस्ताे छ व्रतकाे महिमा

    पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ । ती हुन्— साउने सोमबार, सोर्‍ह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ ।दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा समस्या समाधान हुने जनविश्वास छ ।

    शास्त्रअनुसार भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन्– मेरा तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन् ।

    गत वर्षरुमा साउने सोमबारका दिन काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी महादेव, धरानको पिण्डेश्वर महादेव लगायत देशभरका शिवालयहरुमा भक्तजनको घुँइचो लाग्ने गरेको थियो । तर यसवर्ष भने केही शिवालयहरु बन्दछन् भने खुलेका मन्दिरहरुमा पनि भक्तजनको उपस्थिति न्यून छ ।

    पशुपतिनाथ नखुल्ने

    साउनको पहिलो सोमबार दर्शनार्थीका लागि पशुपति मन्दिर नखुल्ने भएको छ ।कोरोना भाइसको जोखिमका कारण गएको चैत ११ गतेदेखि नै दर्शनार्थीका लागि बन्द गरिएको पशुपतिनाथको मन्दिर सोमबार पनि नखुल्ने भएको हो ।सरकारले भिडभाड हुने सार्वजनिक ठाउँ, मन्दिर, विद्यालयलगायतका ठाउँ नखोल्ने निर्णय गरेकाले साउन महिनाको पहिलो सोमबार पनि दर्शनार्थीका लागि मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिए ।

    उनले कोरोनाको जोखिम कायमै रहेकाले घर घरमा नै बसेर शिवको आराधना गर्न आग्रह गरेका छन् ।पशुपति मन्दिर मात्रै नभएर अन्य ठाउँका मन्दिरमा पनि नजान पशुपति क्षेत्र विकास कोषको सुझाव छ । महामारीको विषम परिस्थिति भएकाले यस्तो बेला घरमा नै पूजा पाठ गर्न कोषले आग्रह गरेको हो ।

    यसैबीच पशुपति क्षेत्र विकास कोषले चाँडै नै दर्शनार्थीका लागि मन्दिर खुलाउने तयारी गरेको जनाएको छ । मन्दिर पुग्ने दर्शनार्थीबीच दुरी कायम गर्ने, ठाउँ ठाउँमा साबुन पानीले हात धुने व्यवस्था गर्ने, भिडभाड नहोस् भन्नका लागि मन्दिर प्रवेश गर्ने र बाहिरिने छुट्टै ढोका प्रयोग गर्ने तयारी भएको छ । तर मन्दिर खुले पनि पहिलेको जस्तो लाइनमा राखेर दर्शन भने गर्न पाइने छैन ।भक्तजनले चढाउन ल्याएको फूलमालासहितको सामग्री बाहिरै राख्नुपर्ने छ र कोषले बनाएको नियमअनुसार दर्शनार्थीले मन्दिरको दर्शन गर्नुपर्ने छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला
  • पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न
  • राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा
  • दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    दुर्गा प्रसाईं फेरि पक्राउ

    हर्कको प्रश्न : रौतहटमा भएको बालिकाको हत्याबारे यो सरकारले के गर्दैछ?

    शहिद धर्मराज सिंहकी आमाद्वारा एमाले उम्मेदवार प्रदीप यादवलाई जितको आशीर्वाद

    राष्ट्रियसभा बैठक सुरु

    आहा रारा पोखरा गोल्ड कपको २५ औँ वर्षको अवसरमा तस्बिर प्रदर्शनी

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    News

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    News

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    News

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    News

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑