• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसको सास नै बोझ बन्यो

  • वीरगंज संजाल
  • ५ श्रावण २०७७, सोमबार १२:१५
  • ३२८९

    महोत्तरी | पाउदेखि कम्मरसम्म घाउ नै घाउ छ। घाउ पिलिएर सहिसक्नु छैन। उपचार गर्न मन छ तर खर्च छैन। यस्तै पीडाले छटपटाइरहेकी छन्, १६ वर्षीया मञ्जुकुमारी ठाकुर। लाउँलाउँ, खाउँखाउँ भन्ने उमेरमा मञ्जु तीन वर्षदेखि ओछ्यानमै थला परेर बसेकी छन्।

    उनी कसरी यो हालतमा पुगिन् त ? घटना तीन वर्षअघिको हो। जलेश्वर नगरपालिका–१२ नैनहीकी मञ्जु १३ वर्षकी थिइन्। उनी मामाघर गइन्। दीपावलीको उल्लास थियो। घर लिप्ने माटो लिन मामासँगै बाहिर गएकी थिइन्। माटो खन्दाखन्दै ढिस्को खस्यो। कम्मरमुनिको भाग तल पुर्‍यो, ढिस्कोमाथि। मामासहितले मञ्जुलाई तानेर उद्धार गर्दा कम्मर खुस्कियो।

    मञ्जुको उपचार जनकपुरमा गरियो। उनका बुवाले सुरसण्ड लगेर थप उपचार गर्ने भनेर अस्पतालबाट ल्याए। ‘उपचार गराउने रुपैयाँ साथमा भएन। घरको खाटमा सुताएर राखेको पनि तीन वर्ष बित्यो’, आमा शैलकुमारी देवीले भनिन्, ‘दैयाँ गें दैयाँ–बेटीके डाँर कि सरकलै जिन्दगी जुलुम भगलै।’

    मञ्जु उभिन सक्दिनन्। पैताला, कुर्कुच्चा, गोडा, पिडँुला, घुँडा, तिघ्रा, कम्मर सुनिएर चल्दैनन्। यी अंगका रङ घाउको असरले कालो भएको छ। घाउमा पिप भरिएर गन्हाउँछ, झिंगा भन्किन्छ। उनका छेउ कोही पर्दैनन्। पीडा महसुस गर्नेको छाती भतभती पोल्छ, नबुझ्नेले छिःछिः दूरदूर गर्छन्।

    उनका बुवा शिवजी ठाकुर छोरीको उपचार गर्न लाग्नुको साटो उल्टै धारेहात लगाउँछन्। ‘तँ मरी जा, जिन्दगीभरिको बोझ भइस्। तँलाई कमाएर सुताई–सुताई कसले खुवाउँछ’ भनेर वचन लगाउँछन्। बुवाको बोलीले मञ्जुको मुटुमा सियो घोपेझैं हुन्छ। तब आफूले फेरिरहेको सास नै आफूलाई बोझ लाग्दो रहेछ।

    ‘मेरा लागि कोही भगवान् हुनुहुन्छ भने मलाई उपचार गराइदिनुस्। कसैको बोझ बन्न पटक्कै मन छैन’, मञ्जुले दसऔंला जोड्दै अन्नपूर्णसँग भनिन्, ‘निको भएर आफैं कमाएर खाने मन छ।’

    मञ्जुकी एक मात्र सहारा भनकै आमा हुन्। तर, छोरीको पीडामा मलमपट्टी गर्न उनीसँग कुनै विकल्प छैन। मञ्जु ओछ्यानमै दिसापिसाब गर्छिन्। त्यसको व्यवस्थापन आमाले गर्छिन्। नुहाउन त झनै गाह्रो हुन्छ। महिनावारीका बेला असह्य पीडा हुन्छ।

    ‘गाउँमा भाडा माझेर छोरीलाई खुवाउँछु। धनदौलत कहींकतै छैन’, शैलकुमारीले भनिन्, ‘उपचार कहाँबाट गराउने ? छाक जुटाउनै धौधौ हुन्छ।’

    शैलकुमारीका श्रीमान् फर्निचरको काम गर्छन्। ‘दुई पैसा भएको कमाइ पनि आफ्नै पेटमा धोक्छन्’, उनले दुःखेसो पोखिन्। उल्टै प्रत्येक साँझ रक्सीको मातमा अबेर राति दैलो टेक्छन्। ‘भात दे’ भनेर श्रीमतीलाई थर्काउँदा रहेछन्। ‘घरमा चामल, दाल भए पो खाना पकाउने भन्दा छोरी र मलाई तथानाम गाली गर्छन्’, शैलकुमारीले पीडा पोखिन्, ‘किन गाली गरेको भन्दा ओछ्यानमा सुतेकी छोरी र मलाई कुट्न पनि पछि पर्दैनन्।’

    उनीहरूको घर महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरभन्दा ७–८ किलोमिटर पश्चिममा पर्छ। थरुवाहीभन्दा अलिक दक्षिण गएर नैनही गाउँ पुग्न सकिन्छ। मूल सडकबाट दुई सय मिटर भित्र गल्ली भएर उनीहरूको दैलोमा पुगिन्छ।

    फुसको छानो, अर्ध पक्की घर रहेछ। गाउँको सडक पक्की नै छ। ‘शिवजी ठाकुरको घर कुन हो ? ’ अन्नपूर्णकर्मीको प्रश्नमा नैनही गाउँका एक वृद्धले हातले मञ्जुको घर देखाउँदै भने, ‘ऊ त्यही घर हो, खपराले छाएको।’ घरनजिकै पुग्दा मञ्जु झ्यालबाट बाहिर चिहाउँदै थिइन्। को होलान् भन्ने भावमा अन्नपूर्णको टोलीतिर नै नजर लगाइन्। उनको नजरमाथि हाम्रो क्यामेराको लेन्स फोकस भयो। मञ्जुको एक तस्बिर क्लिक गर्‍यौं।

    गाउँमा पुग्ने, हिँड्नेलाई झ्यालबाट हेरेर उनी चित्त बुझाउँछिन्। झ्यालबाट सडकतिर आँखा डुलाएर दिनमा व्यथा भुल्छिन्। तर, रात परेपछि घाउ दुखेर छटपटी हुन्छ। उनी सुत्न सक्दिनन्। आँखा रसाउँछ। अरूले गर्ने हेला र तिस्कारले मन पोल्छ। बुवाकै अर्घेल्याइँले उनी प्रताडित छिन्।anpurnapost

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑