यसले गर्दा कोरोनाका कारण अधिकांश ब्यापारिक क्षेत्र धर्मराएको समयमा सेयर बजारको पछिल्लो दिनको चमकले केही राहत दिन खोजेको अनुमान पनि गर्न सकिन्छ । आइतबार बजार खुलेको केही समयभित्रै ६% बढेपछि कारोबार बन्द भएको हो । ८ मिनेट २७ सेकेन्ड मात्र कारोबार हुँदा ३ पटक सर्किट बे्रक लागेको थियो । मंगलबार ८४.२६ अंकले बजार बढ्दा १५ वटा कम्पनीमा सर्किट ब्रेकर पनि लागेको छ । जसमा सबैभन्दा धेरै ९ वटा वाणिज्य बैंक मात्र रहेका छन् ।