वीरगंज | नेप्सेमा ४ कम्पनीको १० लाख ३३ हजार ५८१.७५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमा अरुण भ्याली हाइड्रोपावरको ६ लाख ५३ हजार १०९ कित्ता (७%) र किसान माइक्रोफाइनान्सको २ लाख ५ हजार ९९२.७५ कित्ता (२३.९५%) बोनस सेयर रहेको छ ।
यस्तै, आरम्भ माइक्रोफाइनान्सको ४४ हजार २८० कित्ता (७.३८%) र चौतारी लघुवित्तको १ लाख ३० हजार २०० (७%) बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । यी ४ कम्पनीले आर्थिक २०७५–७६ को नाफाबाट बोनस सेयर वितरण गरेका थिए । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।