वीरगंज । शुक्रबार विश्वमा १ लाख ६६ हजार ७३५ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार यो अघिल्लो दिनको तुलनामा केही कम भएको ।
एकै दिन यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो । हालसम्म विश्वमा १ करोड ४० लाख ४३ हजार १७६ जनामा कोरोना संक्रमण देखिसकेको छ भने मृत्यु हुनेको संख्या ५ लाख ९७ हजार ५८३ पुगेको छ । विश्वका २१६ देशमा कोरोना संक्रमण फैलिसकेको छ ।