• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दोधारमा प्रचण्ड– ज्यान नेपालतिर मन ओलीतिर

  • वीरगंज संजाल
  • ५ श्रावण २०७७, सोमबार ०८:१४
  • २९३३

    काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार खुमलटारस्थित निवासमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाललाई प्रधानमन्त्री केपी ओलीले ‘परिबन्ध’मा पारेको बताए ।शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकपछाडि प्रधानमन्त्री केपी ओली र महासचिव विष्णु पौडेलले झुक्याएर शीतल निवास पुर्‍याएको उनको ब्रिफिङ थियो । शीतल निवासको छलफलमा अर्ली महाधिवेशनबारे कुरा उठे पनि आफू त्यसमा सहमत नभएको प्रस्टीकरण दिएका थिए ।

    तर, ओली पक्षका नेताहरूले त्यसलाई प्रचण्डको चलाखीका रूपमा बुझेका छन् । उनीहरूले प्रचण्ड अर्ली महाधिवेशनमा सहमत भइसकेको दाबी पनि गरेका छन् ।“ओली–प्रचण्डबीच समझदारी भएर नै मङ्सिरमा महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो,” ओलीनिकट एक नेताले बाह्रखरीसँगको कुराकानीमा भने, “फास्ट ट्रयाकबाट महाधिवेशन गर्न प्रचण्ड राजी भइसक्नुभएको छ । त्यसको प्रारम्भिक खाका पनि बनिसकेको छ ।”

    उनका अनुसार ओली र प्रचण्डबीच मङ्सिर महिनाभित्रै महाधिवेशन गर्ने समझदारी जुटिसकेको छ । त्यसैलाई कार्यरूप दिन सचिवालय बैठकमा प्रस्ताव गरिएको हो । प्रचण्डलाई अविश्वास नहोस् भनेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत साक्षीका रूपमा उभ्याइएको छ ।यसले गठबन्धनमा तरङ्ग सिर्जना गरिसकेको छ । अविश्वास प्रकट भएको छ । नेता नेपालले गम्भीर असहमति जनाएपछि प्रचण्डले मङ्सिरमा महाधिवेशन गर्न कुनै हालतमा सम्भव नरहेको भन्दै ओलीसँगको समझदारीलाई इन्कार गर्दै आएका छन् ।

    तर, ओली पक्षका नेताहरू महाधिवेशनको प्रक्रियासम्मका विषयमा न्यूनतम सहमति जुटिसकेको दाबी गर्छन् ।“विचार र सिद्धान्त के हुने ? जनताको बहुदलीय जनवाद राखेर जाने कि, जनताको जनवाद राखेर जाने ? जनताको जनवाद राखेर जाने हो भने त्यसका कार्यक्रम के–के हुन् भनेरचाहिँ निर्क्यौल हुन बाँकी छ । द्रूत बाटोबाट महाधिवेशन गरेर नेतृत्व लिनदिन दुवै पक्ष राजी छन्,” उनी भन्छन् ।

    एकताको महाधिवेशन गर्ने भनेर विधानले नै किटान गरिसकेकाले प्रचण्ड कन्भिन्स हुन बल पुगेको उनको भनाइ छ । ओलीले महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्छु भनेपछि विश्वासको वातावरण बनेको उनी बताउँछन् । उनका अनुसार आइतबारको छलफलमा ओली र प्रचण्डका अतिरिक्त दोस्रो तहका नेताहरू पनि उपस्थित थिए ।ओलीका तर्फबाट महासचिव पौडेल सहभागी थिए । प्रचण्डकातर्फबाट जनार्दन शर्मा सहभागी थिए । एकताको सहमतिको साक्षीसमेत रहेका यी दुई नेताले नै अहिलेको सहमतिको मार्गचित्र बनाएको ओलीनिकट ती नेताको दाबी छ ।

    “आज पनि लामो छलफल भएको छ । पार्टी एकतालाई बचाउने, दुई अध्यक्षबीच विश्वासको वातावरण बनाउने र अर्ली महाधिवेशनलाई सहमतिको विन्दु मान्नेमा दुवै पक्ष सहमत देखिन्छन् । यसलाई अन्तिम रूप दिन बाँकी छ । गठबन्धनमा अन्तरविरोध पैदा नभएको भए सचिवालयमा प्रस्तावको रूपमा आउँथ्यो, अब एकैपटक स्थायी कमिटी बैठकमा विषय प्रवेश हुन सक्छ,” ओली पक्षका नेता भन्छन् ।

    ज्यान माधवतिर मन ओलीतिर

    सचिवालय सदस्यसहित ११ जना स्थायी कमिटी सदस्यलाई आइतबार निवासमा बोलाएर प्रचण्डले कुनै सहमति नभएको र गठबन्धनका नेताहरूसँग सरसल्लाह नगरी ओलीसँग कुनै समझदारी नगर्ने बताए पनि नेपाल पक्ष विश्वस्त हुन सकेको छैन । विश्वस्त हुने आधार पनि भेटेको छैन ।ओलीसँग सहमतिको विन्दु खोज्ने क्रममा प्रचण्डले राजीनामाको विषयबाट खुट्टा झिकिसकेको नेपाल पक्षको ठहर छ ।

    “प्रचण्ड दोस्रो तहका नेताहरूको ट्रयापमा हुनुहुन्छ । दोस्रो तह (जनार्दन शर्मा, वर्षमान पुन, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, मणि थापालगायत)का केही नेताले ओलीसँग मिल्न दबाब दिएर सहमतिको उपाय खोज्न थालेपछि उहाँ अप्ठ्यारोमा हुनुहुन्छ । ओलीसँग सत्ता भएकाले माग्न सजिलो छ । माधव नेपाल आफैं सङ्घर्षमा भएकाले दिने कुरा र माग्ने कुरा केही छैन,” नेता नेपाल पक्षका एक नेता भन्छन् ।

    ती सदस्यले पनि ओली र प्रचण्डबीच अर्ली महाधिवेशनमा समझदारी भइसकेको दाबी गर्छन् ।“ओलीसँग समझदारी गरेर जानुपर्छ भन्नेमा प्रचण्ड पुगिसक्नु भएको छ । यस्तो अवस्थामा प्रचण्डको ज्यान गठबन्धनतिर र मनचाहिँ ओलीतिर मिल्न पुगिसकेको छ भनेर अर्थ लगाउन पनि सकिन्छ,” ती नेता भन्छन् ।यता प्रचण्डको सचिवालयले भने बालुवाटारले भ्रमको उद्योग नै चलाएको जिकिर गर्छ । छलफलका क्रममा अनेक विषय उठान भएको र समझदारी खोज्ने प्रयास गरेको भए पनि सहमति नभइसकको प्रचण्डको सचिवालयको दाबी छ ।

    दुई अध्यक्ष सहमति गरेर अहिले कुनै पनि विषय हल नहुने भएकाले अहिले नै समझदारी भइहाल्यो कि भनेर शङ्का गर्नुको अर्थ नहुने सचिवालयका एक सदस्य बताउँछन् । विकल्पका रूपमा विभिन्न प्रस्ताव आएको भए पनि प्रचण्ड हतारिएर कुनै पनि विषयमा सहमति गरिनहाल्ने सचिवालयको भनाइ छ ।

    “प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग छलफलका क्रममा अनेक विषय आएका छन् । मङ्सिरभित्र महाधिवेशन गर्ने कुरा पनि छलफलकै क्रममा उठेको हो । त्यसले त प्रस्तावको रूपसमेत लिएको छैन । यस्तो अवस्थामा सहमति भयो कि भन्ठान्नु भ्रम हो,” प्रचण्डनिकट स्रोत भन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑