• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतमा कसरी संक्रमित सङ्ख्या १० लाख नाघ्यो ?

  • वीरगंज संजाल
  • ५ श्रावण २०७७, सोमबार ०८:०९
  • २२५७

    एजेन्सी । अमेरिका र ब्राजिलपछि संक्रमणको सङ्ख्या १० लाख पुग्ने भारत तेस्रो देश हो । शुक्रबार मात्र भारतमा कोरोनाभाइरसले संक्रमित बिरामीको सङ्ख्या १० लाख पुगेको भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो । विश्वको दोस्रो ठूलो जनसङ्ख्या भएको यो देश कसरी त्यो अवस्थामा पुग्यो त ?

    भारतमा पहिलो संक्रमण दक्षिणतर्फ केरेलास्थित जनवरी ३० मा भेटिएको थियो जहाँका बिरामी चीनको वुहान शहरबाट आएका थिए । त्यतिबेला एसियाका अन्य क्षेत्रमा संक्रमण तीव्र रुपमा फैलिरहे पनि भारत भने हप्तौँसम्म यसबाट त्यति प्रभावित थिएन । मार्च १३ मा मात्र त्यहाँ कोरोनाका बिरामीको पहिलो मृत्यु भएको हो जतिबेला संक्रमण सङ्ख्या केबल ७३ थियो ।

    यसरी बिरामीको सङ्ख्या तुलनात्मक रुपमा थोरै भएकै बेला सरकारले यस विरुद्ध कदम पनि उठायो ।  मार्च ११ मै भारतले सम्पूर्ण पर्यटन भिसा रद्द गरायो भने मार्च २२ देखि अन्तर्राष्ट्रिय उडानमा पनि प्रतिबन्ध लगाएको हो ।  यसरी मार्च २५ मा संक्रमण सङ्ख्या ५१९ र १० जनाको मृत्यु भएका बेला भारतले देशव्यापी लकडाउन जारी गरायो ।

    तर एक महिनापछि मे ३० का दिन भारतले लकडाउन खुकुलो बनाउँदाखेरि भने संक्रमण सङ्ख्या झन्डै दुई लाख पुगिसकेको थियो र अझै तीव्र रुपमा बढिरहेको अवस्थामा थियो ।  भारतमा धेरैका लागि लकडाउन अत्यन्तै कठिन र चुनौतीमय समय रह्यो । किनकि त्यहाँका बढी शहरी जनसङ्ख्या अत्यन्तै भरिभराउ ठाउँमा बस्छन् जहाँ सामाजिक दुरी कायम राख्नु कसैका लागि सम्भव छैन ।

    त्यसबीच दैनिक श्रम गर्ने हजारौँ कामदारहरु बिना जागिर, बिना खाना बाँच्नुपर्ने अवस्था आयो जसकारण धेरैजना हिँडेर जोखिम मोलेर भए पनि आफ्नो गाउँतर्फ लागे ।  यसपछि देशव्यापी लकडाउन खुलाइए पनि कतिपय स्टेटले छुट्टै प्रतिबन्ध जारी गराए र कतिले त लकडाउन नै हटाएनन् तर पनि चार महिनामा यो देश ५०० संक्रमितबाट १० लाख बिरामीको अवस्थामा पुगेको छ ।

    भारतको सार्वजानिक स्वास्थ्य निकायका निर्देशक सन्जय रायका अनुसार लकडाउनले संक्रमण फैलावटलाई ढिलो पार्नमा ठूलो मद्दत गर्यो र सम्बन्धित निकायहरुलाई पीपीईलगायत स्रोतसाधनको जोहो गर्न पनि यसले समय दिलायो । तर ती सुरुवाती कदमले भारतलाई कोरोना महामारीको संकटबाट धेरैबेर जोगाउन सकेन ।

    संक्रमण तीव्र बन्दै गए पनि देशभर यो समान रुपमा भने फैलिएन । जस्तै कि ५६ प्रतिशत संक्रमितहरु, ३६ प्रदेशमध्ये तीनवटामा सीमित छन्– महाराष्ट्र, दिल्ली र तामिल नाडु । यी तीनैवटा शहर भारतका सबैभन्दा व्यस्त र अधिक जनसङ्ख्या बसोबास गर्नेमा पर्दछन् । मुम्बइ महाराष्ट्रमा पर्दछ जहाँ अहिले २८ प्रतिशत बिरामी छन् ।

    त्यसैगरी भारतको ‘एक्टिभ केस’ सम्हाल्ने तरिका पनि आश्चर्यजनक मानिएको छ ।

    किनकि त्यहाँ सामान्य लक्षण भएका बिरामीलाई त्यसको १० दिनपछि एक्टिभ मानिँदैन र लक्षण हराउँदै गएमा उनीहरुको परीक्षण नगराइ बाहिरिन दिइन्छ । गम्भीर लक्षण देखाउनेहरुलाई मात्र कोरोनाको टेस्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्ने गरिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अधिकारी राजेश भुसनका अनुसार यतिबेला ५० प्रतिशत संक्रमित महाराष्ट्र र तामिलनाडुमा छन् । यस्तोमा सबैभन्दा नराम्ररी प्रभावित कतिपय शहरमा एउटा पूरै देश भन्दा धेरै बिरामी उपचाररत छन् । महाराष्ट्रमै मात्र इरानमा भन्दा धेरै संक्रमित फेला परेका छन् । त्यस्तै दिल्लीमा पनि संक्रमितको संङ्ख्या क्यानडा, अर्जेन्टिनामा भन्दा धेरै छ । दिल्लीका अस्पतालहरु यतिबेला बिरामीको चापले अत्यन्तै ठूलो दबाबमा छन् ।

    तर अर्कोतर्फ देशका कतिपय स्थानमा भने भाइरस दुर्लभै भेटिएको छ । जस्तै लक्सदिपमा अहिलेसम्म एकजनामा पनि संक्रमण देखा परेको छैन ।

    र, पाँच अन्य स्टेटहरुमा चाहिँ कोरोनाका कुनै बिरामीको मृत्यु भएको छैन । यसबारे भारतका एक स्वास्थ्यविद्ले भनेका छन्, “भारत एउटा देश होइन जनसङ्ख्याका आधारमा ३० वटा देश बराबर छ । त्यसैले पनि यति ठूलो भिन्नता देखिएको हो । ”

    यसरी भारतमा संक्रमण सङ्ख्या अधिक भए पनि मृत्यदर अझै तुलनात्मक रुपमा कम रहेको सरकारी अधिकारीहरुको भनाइ छ ।  हाल भारतमा प्रति १० लाखमानिस मध्ये १९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।  चीनमा भने प्रति १० लाखमा तीन मृत्युका दरले रहेको थियो । यस्तोमा विश्वविद्हरुले भारतका युवा जनसङ्ख्याका कारण पनि धेरै ठूलो क्षति नपुगेको बताइरहेका छन् ।

    कोभिड–१९ ले युवालाई भन्दा वृद्ध र संवेदनशीलहरुको ज्यान लिने सम्भावना अधिक रहेको प्रमाणित भइसकेको छ ।  र, भारतको ४४ प्रतिशत जनसङ्ख्या २४ वर्ष भन्दा कम उमेरको रहेको छ र केबल १५ प्रतिशत मात्र ५५ पार गरेकाहरु छन् ।  यसकारण पनि भारतको ७५ प्रतिशत जनसङ्ख्या कोरोनाका कारण हुन सक्ने मृत्युको ठूलो जोखिममा नरहेको भुशनले अघिल्लो महिना संचारकर्मीहरुसँग बताएका हुन् ।

    यसमा तुलनात्मक रुपमा बेलायतलाई हेर्ने हो भने त्यहाँ केबल २९ प्रतिशत जनसङ्ख्या २४ वर्ष भन्दा कम उमेरको रहेको छ र ३१ प्रतिशत मानिसहरु ५५ पार गरिसकेका छन् ।  त्यसैले मार्च र अप्रिलको तथ्याङ्क हेर्दा भाइरस संक्रमणबाट मृत्यु हुने ९३ प्रतिशत ६० वर्ष उमेर पार गरिसकेका थिए ।  त्यस्तै भारतको तुलनामा अमेरिकाले विश्व जनसङ्ख्यामा ४ प्रतिशत मात्र योगदान पुर्याउँछ तर विश्वभरमा २६ प्रतिशत कोरोना संक्रमित अमेरिकाकै रहेका छन् जसले पनि भारत त्यति भयानक अवस्थामा नपुगिसकेको देखाउँछ ।

    तरपनि महामारी अझै जारी रहेको हुँदा भारतले आगामी दिनहरुमा धेरै नराम्रा खबरहरुको सामना गर्न बाँकी नै रहेको बताइएको छ ।

    स्वास्थ्यविद्हरुका अनुसार भारत अझै चरम बिन्दुमा पुगेकै छैन । र संक्रमण सिमित गर्ने कुरा यतिबेला सामुदायमा बढी निर्भर रहेको देखिएको छ । त्यसैले विश्वको तेस्रो ठूलो कोरोना एपिसन्टेर बनेको भारत अहिले कोरोना नियन्त्रण गर्न हतासिएको छ ।  जोन होप्किन्स युनिभर्सिटीको तथ्याङ्क अनुसार आइतबार बेलुकासम्म भारतमा १० लाख ७७ हजार ७८१ जना संक्रमित छन् भने २६ हजार ८१६ को मृत्यु भइसकेको छ । सीएनएन

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
  • नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    News

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑