वीरगंज। जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने व्यक्तिले आफ्नो मुद्दा फैसला हुने मिति न्यायालय प्रवेश गरेकै दिनमा थाहा पाउने भएका छन् ।मुद्दा दर्ता हुँदाकै अवस्थामा फैसला हुने अन्तिम मितिसहितको कार्यतालिका प्रत्येक जिल्ला अदालतले पक्षलाई उपलब्ध गराउने व्यवस्था शुरु भइसकेको सर्वोच्च अदालतबाट थाहा भएको छ । यस्तो प्रणाली लागू भइसकेको बताइएको छ ।
मुद्दाको प्रकृति, त्यसमा निहित कानुनी प्रश्न, विवादको गाम्भीर्यता, पक्षहरुको संख्यासमेतको आधारमा मुद्दालाई सरल, सामान्य र विशेष मार्गमा समावेश गरिएको छ । सरल मार्गमा परेकालाई ६ महिना, सामान्य मार्गमा परेकालाई १२ महिना र विशेष मार्गमा परेकालाई १८ महिनाभित्र छिनोफानो गरी सक्ने गरी न्यायालयले लक्ष्य लिएको छ ।
अदालतले ल्याएको यस्तो नयाँ सोचलाई ‘फरक मुद्दाका लागि फरक ब्यवस्थापन’ ९डीसीएम० नामकरण गरिएको छ । नेपालको न्याय प्रणालीमा भएको ढिलासुस्तीलाई हटाउन यसलाई नयाँ आयामका रुपमा हेरिएको छ । नेपालमा मुद्दा छिनोफानो हुनका लागि वर्षौं लाग्ने गरेको आरोप लाग्दै आएको छ । यो व्यवस्था लागू भएपछि अब नेपालको न्याय प्रणाली छिटो, छरितो, गुणस्तरीय र पूर्वअनुमानयोग्य हुने विश्वास गरिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।