वीरगंज। विश्वभर कोरोना भाइरसको संक्रमित संख्या एक करोड ४१ लाख नाघेको छ । मृतक संख्या ५ लाख ९८ हजार पुगेको छ ।पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोना संक्रमित १० लाख नाघेको छ । त्यहाँ १० लाख ४० हजार संक्रमितमध्ये २६ हजारको मृत्यु भइसकेको छ ।
सबैभन्दा बढी अमेरिकामा ३७ लाख संक्रमित संख्या पुगेको छ । त्यहाँ एक लाख ४१ हजारको मृत्यु भएको छ ।ब्राजिलमा २० लाख संक्रमित पुगिसकेका छन् । त्यहाँ ७७ हजारको मृत्यु भइसकेको छ ।