वीरगन्ज । वीरगन्जको बसपार्क एरियामा यौनधन्दा मौलाएको छ। बसपार्क देखि प्रतिमा चौक सम्म जोडिने ४० (चालीस फिटे) रोड्मा खाजा नास्ताको होटेल भनेर खोलिएको होटेलहरुमा २/४ जना केटि राखी यौनजन्य अपराधीक गतिविधि भइरहेको स्थानियहरुले बताएका छ्न।
पछिलो दिनमा स्थानियहरुको अनुरोधमा वडा कार्यलाय र प्रहरीको सहयोगमा २ दुइपल्ट अनुगमन भएको थियो। अनुगमनमा घरेलु मदिरा सहित केही यौन अपराधिक गतिविधि गर्ने केही व्यक्तिलाई पक्राउगरी वडा प्रहरी कार्यालय पठाइएको थियो। तर केहि दिनयता लकडाउन खुकुलो भए पछि। फेरि त्यो होटेलहरु संचालनमा आएका छन।
स्थानियहरुको अनुसार दिनभरी होटेलहरुको गतिविधि र साझहुन साथै तेस्रोलिङ्गी हरुको भिडभाड र रोडमा हिनिरहेको मोटरसाइकल ,कार, तथा पैदल हिन्नेहरु संग रोकि रोकि बार्गेनिङ गर्ने गरेको देखेर परिवार बोकेर हिन्न नसकिने अवस्था सृजना भएको छ।
यसरी खुल्ला रुपमा यस्ता अनैतिक गतिविधि भइरहदा पनि पुलिस प्रसाशन मौनहुनुको अर्थ पुलिस प्रसशनको मिलोमतोमा भइ रहेको स्थानिय सर्वसाधारणहरुको बुझाई रहेको छ।