• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रधानमन्त्रीले भनेजस्तै अयोध्यासँग मेल खाने आधार ठोरीमा!

  • वीरगंज संजाल
  • २ श्रावण २०७७, शुक्रबार ०९:३८
  • ४२८५

    पर्सा | तुलसी भण्डारी | प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त जयन्तीको अवसरका सोमबार(हिजो) अयोध्या र श्रीरामको प्रसंग उठाए। उनले रामायणको प्रसंगसँगै वीरगन्ज पश्चिम ठोरीमै अयोध्या भएको दाबीसहित बोले। जसको चर्चा नेपालमा मात्र हैन, पूरै भारतभरि भयो। त्रेता युगका श्रीरामको इतिहास वर्णित रामायण अध्ययनकर्ता तथा सोधकर्ताहरुका लागि यो विषयले झकझक्यायो।  सामाजिक सञ्जाल प्रयोगकर्ताले त यसै विषयमा केन्द्रित रही सञ्जाल रंग्याए। सानादेखि ठूला ओहदा र सर्वसाधारण सम्मका तर्क सञ्जालमा छरपस्ट छन्। कतिपयले यसबारे अब राज्यस्तरबाटै अनुसन्धान थालिनुपर्नेमा जोड दिइरहेका छन् भने कतिपयले प्रधानमन्त्रीको ओलीको भनाइप्रति खेद प्रकट गरेका छन्।

    ठोरीमा ऐतिहासिक स्थल  

    सुमेरु पर्वत, ‘सीता गुफा वाल्मीकि आश्रम, अयोध्यापुरी पर्सा जिल्लाको सदरमुकाम वीरगन्जभन्दा ६५ किलोमिटर पश्चिममा अवस्थित ठोरी गाउँपालिकामा पुगेपछि सुन्न पाइने शब्द हुन्। त्रेता युगमा सीताले वनवास जाँदा बसेको सीता गुफा यो पालिकाको वडा नम्बर २ मा नै छ। वाल्मीकि आश्रम र अयोध्यापुरी भने ठोरीको सीमा छेउ हालको चितवनमा पर्छ। २०३२ सालयता माडी ठोरी अलग भएपछि चितवनमा अयोध्यापुरी गाविस नै थियो।  हाल त्यो माडी नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्छ।  माडीबाट नेपाल–भारत सीमा छेउसम्म फैलिएको सुमेरु पर्वतको उत्तरतर्फ नेपालको काखमा सीता गुफा छ। यसको सामुन्नेमा चिता र ठुटे खोलाको पवित्र सङ्गमस्थल छ।  ‘त्यो दुई नदीको संगमस्थलमा सो समयमा सीता माताले स्नान गर्ने गरेको सुन्दै आएका छौं’, साविकको ठोरी गाविसका अध्यक्ष उद्धव सापकोटाले भने, ‘ठोरीभन्दा थोरै पश्चिम चितवनमा वाल्मीकि आश्रम छ। जहाँ लव र कुशको जन्म भएको, शिक्षादीक्षा लिएको र रामले छोडेको अश्वमेघ घोडासमेत लवकुशले पक्रेर बाँधेको सुनेका छौं। घोडा बाँधेको खम्बा भनेको अझै त्यहाँ छ। त्यो हेर्न पनि पाइन्छ,’ उनले थपे, ‘रामायणमा पनि उस्तै कुरा उल्लेख छ।’  ठोरीकै हालको वडा नम्बर ३ साविकको निर्मलवस्ती गाविसमा रामनगर भन्ने ठाउँ पनि छ। यी ठाउँका नाम यता आएर कुनैले नराखेको परापूर्वकालबाट नै सुन्दै र भनिँदै आएको उनको तर्क छ। ‘पहिले जहाँजहाँ राम त्यहाँ अयोध्या भनिन्थ्यो। खाना खान नपुग्ने नेपालीले ऐतिहासिक ठाउँको अध्ययन अनुसन्धान र प्रवद्र्धन गर्न सकेनौँ। यसको मतलब इतिहास नै कोल्टे फेर्ने होइन। भारतमा राम पुगेको बसेको स्थानमा बडेमानका मन्दिर बने। उनीहरुसँग पैसा थियो। हामीले सकेनौँ। फरक यति हो। सर्पले आफैसँग मणि भएको नचिने जस्तो हामीले पनि त्यसलाई अझै चिन्ने र संरक्षण प्रबद्र्धन गर्ने तर्फ ध्यान दिएका छैनौं’, सापकोटाले तर्क गरे। 

    प्रधानमन्त्रीको कुरा कत्तिको सत्य हो ?

    रामायणमा वर्णन गरिएको जनकपुर र अयोध्याको सम्बन्ध अनि रथ र दूरीको विषयमा प्रधानमन्त्री ओलीले बोलेको कुरामा सत्यता भएको र यसलाई अझ गम्भीर भएर बुझ्ने र वास्तविकता नजिक पुग्ने प्रयास गरिनुपर्ने उनले बताए।  वाल्मीकि आश्रममा अहिले पनि सीताले प्रयोग गरेको लोरो सिलौटो, पानी खाने इनार (कुवा) सबै छ। अयोध्यापुरी भने माडीमा पर्छ। अयोध्यापुरी ठोरीभन्दा करिब १५ किलोमिटर टाढा चितवन छ। ठोरीको सरस्वती माविका प्रधानाध्यापक केशव प्रसाद रेग्मी भन्छन्, ‘वाल्मीकि आश्रम नारायणी, रेवा र रापती नदीको छेउमै छ, रामायणमा वाल्मीकि आश्रम तीन वटा नदीको छेउमा पर्छ भनी उल्लेख गरिएको छ।’ वाल्मीकि आश्रम यहाँ भएपछि त्यसैको आसपासमा अयोध्या हुने कुरा रामायणमा पनि उल्लेख हुनुले ठोरी आसपासको स्थान ऐतिहासिक हो भएको रेग्मीले बताए। ब्रिटिस सेनालाई हराएको पर्साको पर्सागढी ओझेलमा परे जस्तै श्रीरामको जन्मभूमि अयोध्या पनि पर्सा र यसको आसपासमा भएको अध्ययन अनुसन्धानले नै पत्ता लगाउनुपर्नेमा उनले जोड दिए। ‘त्यतातर्फ गम्भीर भएर लाग्नुपर्छ, आगो नबली धुवाँ फैलन्‍न। अनुसन्धान र अध्ययनको खाँचो छ,’ प्रधानाध्यापक रेग्मीले भने।  अयोध्यापुरी ठोरी छेवैमा  ‘माडी नगरपालिका वडा नम्बर ७ र ८ भएको ठाउँ साविकको अयोध्यापुरी गाविस हो। अहिले नयाँ संरचनामा त्यो माडी नगरपालिकामा पर्छ,’ ठोरीका स्थानीय तथा शिक्षक प्रेम लामाले बताए।  ‘पहिले बेतियासम्म नेपाल थियो। इण्डियाको राम नगरमा नेपालीको बस्ती अझै पनि छ। तर त्यो अहिले इण्डियामा पर्छ। नेपालको वाल्मीकि आश्रम छेउमा भएको भारतको जंगललाई उनीहरुले पनि वाल्मीकि टाइगर नाम राखेका छन्। त्यो रामनगरसँग पनि जोडिएको छ’, उनले सरसर्ती बताए। राजा जनककी छोरी जानकी तथा रामायणमा उल्लिखित सीता त्रेता युगमा ठोरी छेउमा रहेको ‘सीता गुफा मा बसेको परापूर्वकालबाट सुनिँदै आइएको छ।  नेपाल भारतको सीमा नजिक सुमेरु पर्वतको उत्तरतर्फ नेपालको काखमा सीता गुफा छ। चिता र ठुटे खोलाको दोभान सीता गुफा नजिक छ। सीताले त्यही पवित्र नदीमा स्नान गर्ने गरेको अग्रजहरुले सुनाउँदै आएका छन्। सीताले भगवान् रामको तपस्या गर्ने क्रममा आफ्नै हातले खोपेर ढुंगामा बनाएको शिवलिंग सीता गुफा नजिकमा अझै देख्न सकिन्छ। 

    १) गुफाबाट निस्किएर सीताले नुहाउने भनिएको दुई नदीको दोभान

    २) ढुंगामा सीताले खोपेर बनाएको शिवलिंग नियाल्दै स्थानीय चिरञ्जीवी सापकोटा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑