• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हवाई उडान सञ्‍चालन गर्ने तयारी : अब यसरी गर्नुस् हवाईयात्रा

  • वीरगंज संजाल
  • १ श्रावण २०७७, बिहीबार १४:२९
  • ३२६९

    काठमाडौं : बन्दाबन्दीका कारण झण्डै चार महिनादेखि व्यावसायिक उडान ठप्प रहेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै व्यावसायिक उडान कहिले खुल्छ भन्ने यकिन छैन। विमानस्थलको आन्तरिकतर्फ दैनिक ३०० भन्दा बढी उडान हुने नेपाली आकाश अहिले प्रायः खाली छ। केही चार्टर्ड उडानबाहेक अहिले विभिन्न वायुसेवा कम्पनीका ४५ भन्दा बढी जहाज ग्राउण्डेड छन्। तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्य मुलुकको अभ्यासलाई हेरेर उडान सञ्चालन गर्ने गरी आवश्यक तयारी गरिरहेको बुझिएको छ।
    कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ देखि देशभर बन्दाबन्दी लागू गरेको थियो। चैत ९ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान स्थगन गरिएको थियो। पछिल्लोपटक यही साउन ६ गते मध्यरातसम्मलाई उडान रोक लगाउने निर्णय भएको छ। विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि अहिले चार्टर्ड उडान मात्र भइरहेको छ। जेहोस् कोभिड–१९ महामारीका बीच सुरक्षित उडान गर्ने गरी सरकारले आवश्यक तयारी गरिरहेको छ। यता एयरलाइन्सले पनि कोभिड महामारीपछि हुने व्यावसायिक उडानलाई मध्यनजर गरी आवश्यक तयारी गरेका छन्।
    आन्तरिक उडानमा दैनिक करिब छ हजार यात्रु आवतजावत गर्ने देशकै अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो सुरक्षित व्यावसायिक उडानको आवश्यक सबै तयारी पूरा गरेको जनाएको छ। कम्पनीका तर्फबाट कोभिड महामारीबाट सुरक्षित रहेर हवाईयात्राका लागि सम्पूर्ण तयारी पूरा गरेको बुद्ध एयरले यात्रुले पनि आवश्यक सुरक्षा सतर्कता अपनाइदिए सुरक्षित यात्राको सुनिश्चितता हुने अपेक्षा गरेको छ।
    बुद्ध एयरका क्वालिटी एस्युरेन्स डिपार्टमेन्ट प्रमुख उपेन्द्रलाल श्रेष्ठले उडान सञ्चालनमा आउँदा अधिकतम स्वास्थ्य सुरक्षा मापदण्ड कसरी अपनाउने र यात्रुलाई परिपालना गराउने भन्नेबारे आवश्यक तयारी गरिएको बताउनुभयो। उहाँले प्राधिकरणको कार्यविधिका साथै विश्व स्वास्थ्य सङ्गठन र आयोटाको मार्गनिर्देशनका अलावा जहाज निर्माता कम्पनीको मापदण्डका आधारमा ‘स्टान्डर अपरेटिङ प्रोसिउर’ बनाइएको जानकारी दिए। यो मापदण्ड विमानका कर्मचारी तथा यात्रुलाई लागू हुनेछ। त्यसैका आधारमा विभिन्न तालिम, पिपिइ, केमिकल, सानातिना उपकरणको जोहो गरिसकिएको कम्पनीले उल्लेख गरेको छ। कम्पनीले गत जुन ११ र २५ मा अभ्यास उडान ‘डेमो’ उडान गरेको छ। अहिले पनि कम्पनीले सानो–सानो समूह बनाएर अभ्यास उडान गरिरहेको छ।
    ‘स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर हामी सञ्चालनको लागि पूर्ण तयारीको अवस्थामा छौँ, यात्रुहरुले समन्वय र सहकार्य गरिदिएको खण्डमा कोभिड महामारीबाट सुरक्षित हुन्छौँ, त्यसैले कम्पनीको गाइडलाइन्स पालना गरिदिनुहोला’ श्रेष्ठले भने। अबको उडान पहिलाको भन्दा विल्कुलै फरक तारिकाको हुनेछ। हिजो एक घण्टा पहिला एयरपोर्ट पुग्नुपर्ने थियो भने अब डेढ घण्टाअघि नै जानुपर्छ। यात्रुले सामाजिक दूरीमा बसेर भीडभाड नगरी स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने हुन्छ। अबको उडानमा यात्रुले ‘एयरपोर्ट अथोरिटी’ ले बनाएको ‘हेल्थ डिक्लिरेशन’ फारम र ‘प्यासेन्जर लोकेटर कार्ड’ भर्नुपर्नेछ। कम्पनीले यात्रुको सुरक्षाका लागि मास्क र फेससिल्डको व्यवस्था गरेको छ।
    कम्पनीले जहाजलाई तयारी अवस्थामा राख्न हरेक १४ दिनमा एक दिन करिब २० मिनेट जहाजको परीक्षण उडान गर्ने गरेको छ। सातामा एक दिन इन्जिन ‘रनअफ’ गरिरहेको छ। प्राविधिक हिसाबले पनि तमतयारी अवस्थामा रहेको कम्पनीले यात्रुलाई शिक्षित गर्ने डेमो उडानको भिडियो वेवसाइटमा राखेको छ। बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले सुरक्षा प्रोटोकल बनाएर सुरक्षित उडानको तयारी गरिएको जानकारी दिँदै यात्रुलाई सुरक्षा सजकता अपनाउन आग्रह गरे। फरक तरिकाले उडान गर्नुपर्ने भएकाले यात्रुलाई सुसूचित गराउनुपर्ने अनिवार्यता रहेको उनले बताए।
    सरकारले उडान खोलिदिएको खण्डमा प्रोटोकल पालना गर्न हवाई कम्पनी तयार रहेको उनको भनाइ छ। निजी क्षेत्रका बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले आन्तरिक उडानमा अपनाइने सुरक्षा मापदण्डका साथ उडानको तयारी गरेको जनाइएको छ। कोभिड महामारीबाट कसरी जोगिएर सुरक्षित हवाईयात्रा गर्न सकिन्छ भनेर बुद्धले गत असार ११ गते एटिआर–७२ जहाजमा ‘डेमो’ उडान गरेको थियो। यात्रु तथा विमानका कर्मचारीको ‘कन्फिडेन्ट’ का लागि कोभिडबाट सुरक्षित हुने उपायबारे अभ्यास गरिएको थियो। आन्तरिक उडानका यात्रुले पहिलाजस्तो ‘स्न्याक्स’ पाउँदैनन्।
    यात्रुले शुरुमा टर्मिनल भवन छिर्नासात सामाजिक दूरी कायम गर्न बनाइएको घेराभित्र उभिएर लाइन बसी ज्वरो नाप्छन्। त्यसपछि सुरक्षापासको प्रक्रिया सकिन्छ। भित्र टिकट काउन्टरमा पनि सामाजिक दूरीका साथ बोडरिङ पास दिइन्छ। त्यहाँ काउन्टरका कर्मचारीले यात्रुलाई फारम भराउँछन् र मुहारसहितको परिचयपत्र मोबाइलबाट खिच्छन् अनि त्यसलाई कम्प्युटराइज गर्छन्।
    कोभिड–१९ को महामारीबाट सुरक्षित रहनको लागि हवाईयात्रा अवधिभर मास्क र फेससिल्ड लगाउनुपर्नेछ। अति आवश्यक भए मात्र शौचालयको प्रयोग गर्न र पानीको वितरण पनि अति आवश्यक परेको खण्डमा मात्र उपयोग गरिदिन अनुरोध गरेको छ। बुद्धले अहिले एटीआर–७२, ११ सहित १३ जहाजमार्फत उडान सेवा दिइरहेको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑