• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    टिकट काट्न नसक्ने श्रमिक मलेसिया र खाडीमै ‘बन्धक’

  • वीरगंज संजाल
  • १ श्रावण २०७७, बिहीबार १४:२०
  • २९४१

    मलेसिया ।गोरखाको सिरान्चोक गाउँपालिकाका सरोज थापा मलेसियामा ४ महिनालेखि अलपत्र छन् । सरकारले जेठ २३ गतेबाट ‘उद्धार उडान’ सुरु गरेपछि उनलाई नेपाल फर्किन पाइन्छ भन्ने ठूलो आश थियो ।
    तर, चार्टर्ड उडानको भाडा अचाक्ली महंगो भएपछि उनी टिकट काट्न असमार्थ भए । मलेसियाको नेपाली दूतावासले उनको नाममा प्राथमिकताक्रममा अघि नराखेको हैन । तर, हातमा पैसा नभएपछि उनी मलेसियामा ४ महिनादेखि अरुसँग सहयोग लिएर गुजारा चलाइहेका छन्
    यूएईमा कल्पना केसी भुजेल भिसा सकिएर ४ महिनादेखि कामविहीन छिन् । फर्किन उनीसँग सरकारले तोकेको भाडादरअनुसार टिकट काट्ने पैसा भएन ।
    ऋण गरेर ऋण नै तिर्न विदेश पुगेकी उनलाई ऋण गरेर परिवारले नेपालबाट पैसा पठाउन सक्ने अवस्था पनि छैन । त्यसैले उनी यूएईमा अलपत्र छन् ।
    भिसाको अवधि सकिएकाहरुलाई अब जरिवाना लगाउने सुनेपछि उनले दूतावाससहितका निकायमा हारगुहार लगाइन् । तर, टिकट काट्ने पैसा नभएकै कारण उनी यूएईमा ‘बन्धक’ भएकी छिन् ।
    यूएईमा रहेका हरिकुमार चौधरीको कथा उस्तै छ । टिकट काट्न सकेको भए उनी १ महिनाअघि नै नेपाल आइपुग्थे । तर, हातमा टिकट काट्ने पैसा नभएपछि उनी विदेशमै अलपत्र छन् ।
    कम्पनीले पनि सहयोग गरेको छैन । साथीभाइले आडभरोसा दिएकाले उनले जेनतेन विहान बेलुकी खानाको प्रवन्ध गर्न सकेका छन् । विदेशमा ऋण माग्न पनि साथीभाइ नै समस्यामा छन् । घरको आर्थिक अवस्था दयनीय छ ।
    ६ महिनाअघि ओसो म्यानपावरलाई २ लाख ५ हजार रुपैयाँ तिरेर गएका उनी त्यहाँका ‘रोड टेस्ट’मा सफल भएनन्, लकडाउनपछि कम्पनीले घर फर्किन भनेको छ । यसैगरी कहिलेसम्म टिकट काट्न नकसेर विदेशमै अलपत्र पर्नुपर्ने हो भन्ने चिन्ताले चौधरीलाई सताइरहेको छ ।
    चौधरीले आफूलाई फिर्ता गराउन म्यानपावरलाई पटक-पटक आग्रह गर्दा पनि परिवारसँग लिखित सहमति हुनुपर्ने शर्त तेस्र्याएको छ । चौधरीलाई डर छ, परिवारलाई कागजपत्रमा सही छाप गराए भने फर्किएर क्षतिपूर्ति माग्न नपाइने होकि ?
    नवपलपरासीका नवराज सुवेदी पनि दुबईमा नै बिलखबन्धमा परेर बसेका छन् । उनको कम्पनीले उनलाई काम पनि दिएको छैन, तलब पनि । उनी तुरुन्त नेपाल आउन चाहनन्छन् । दुबईमा बस्दाबस्दै उनलाई मानसिक तनावले नमज्जाले पिरोलेको छ  ।
    यूएईबाट चार्टर्ड उडान भइरहेको छ, तर सुवेदीको पनि गोजी रित्तो छ । टिकट काट्न उनले कम्पनी र साथीभाइसँग सहयोग नमागेका हैनन् । तर, कोही पनि सहयोग गर्न सक्ने अवस्थामा छैनन् ।
    नवराज, हरिकुमार, सरोज र कल्पना मलेसिया र खाडीसहित विभिन्न श्रम गन्तब्य मुलुकमा अलपत्र त्यस्ता प्रतिनिधि पात्र मात्र हुन्, जसले स्वदेश फर्किन चाहेर पनि सकेका छैनन् । उनीहरुजस्ता हजारौं नेपाली श्रमिक यस्तै समस्या भोगिरहेका छन् ।
    आफूहरुलाई दुःख पर्दा सरकार काम आउँछ भन्ने विश्वास उनीहरुमा मर्दै गएको छ । अलपत्र नेपालीहरुले उद्धारलाई ‘ब्यापार’ बनाएको आरोप सरकारमाथि लगाएका छन् ।
    उडान थालेको एक महिना बित्दा पनि सरकारले विदेशमा चार्टर्ड उडानको भाडा तिर्न नसक्ने र बाटो खर्च तथा क्वारिन्टन खर्च गर्न नसक्नेहरुको समस्या समाधानका कुनै चासो देखाएको छैन ।
    बरु त्यस्ता समस्यालाई नजरअन्दाज गर्दै सरकारले बिहीबारबाट सरकारले विदेशमा अलपत्र नेपालीको दोस्रो चरणको ‘उद्धार’ सुरु गरेको छ । विमानस्थल र होल्डिङ सेन्टरमा कार्यरत जनशक्तिलाई दुई दिनको विश्राम दिएपछि फेरि चार्टड उडान सुरु भएको छ  ।
    तर दोस्रो चरणको ‘उद्धार उडान’बाट पनि टिकट काट्न सक्नेहरुले मात्रै फर्किन पाउने पाउने अवस्था आएको छ । पहिलो चरणमा २६ हजार नेपाली फिर्ता गरेपछि सरकारले समस्यामा परेर फर्किन नपाएकाहरुलाई टिकट खर्च दिने अपेक्षा गरिएको थियो ।
    हाल विदेशबाट नपाल फर्किन इच्छुक ५० हजार मध्ये करिब २५ प्रतिशत श्रमिकहरु सहयोगापेक्षी रहेको अनुमान श्रम मन्त्रालयको छ । धेरै श्रमिकहरु फर्किन पनि ऋण नै लिनुपर्ने अवस्था छन् । अहिले विदेशमा पनि आर्थिक समस्या रहेकाले धेरै जना निरिह भएर उद्धारको प्रतिक्षामा छन् ।
    यसैबेला सरकारले बिहीबारबाट साउन ७ गतेसम्मका लागि चार्टर्ड उडान तालिका तय गरेको छ । जसअनुसार दूतावासहरुले पुरानै शैलीमा चर्को भाडादर तोक्दै सूचना निकालिरहेका छन् ।
    खर्च जुटाउन असक्षम श्रमिकहरुलाई थप पीडा भएको छ । लामो समय सम्म खर्चविहीन भएर विदशेमा छटपटाएका नागरिकलाई सरकारले उद्धार गरेर ल्याउन कुनै चासो नदेखाउनुले सरकारको गैरजिम्मेवार शैली प्रष्ट भएको बताउँछन् वैदेशिक रोजगारका जानकार मधुविलास पण्डित ।
    सरकारले सर्वोच्चको आदेश मात्रै पालना गरिदिएर धेरै नेपालीहरुले स्वदशे फर्किन पाउने भन्दै उनले वैदेशिक रोजगकार कल्याणकारी कोष्मा रकम जम्म्ाा गरेर गएका श्रमिकमाथि थप अन्याय हुन नुहने बताए ।
    ‘तिमीलाई समस्या पर्दा कोषको उपयोग गर्छु भनेर शुल्क उठाएको हो, यस्तो अवस्थामा पनि उपयोग नहुने कोष कहिले काम आउँछ ? ‘ उनले भने ।
    मन्त्रिपरिषदमा अडि्कयो निर्देशिका
    सरकारले अलपत्र कामलाई निशुल्क उद्धार गर्ने वा सहयोग दिनेबारे योजना नबनाएको होइन । तर, उद्धारमा सहयोग गर्नेबारेको निर्देशिका मन्त्रिपरिषदमा पुगेर अडि्कएको छ ।
    ‘विदेशमा अलपत्र परेका नेपालीको उद्धार तथा फिर्ता गर्नेसम्बन्धी निर्देशिका’लाई त्यतै अलपत्र परेका बेला फेरि मंहगो चार्टर्ड उडान तय गरेर भाडा असुलीको काम हुँदैछ ।
    गत असार १ गते सर्वोच्च अदालतले वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग गरेर समस्यमा परेका नेपाली श्रमिकलाई उद्धार गर्न सरकारलाई आदेश दिइसकेको छ ।
    त्यसको कार्यान्वयनका लागि श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले उद्धारसम्बन्धी छुट्टै निर्देशिकाको मस्यौदा तयार गरेर मन्त्रिपरिषदमा पठाएको थियो ।
    निर्देशिकाको मस्यौदामा तोकिएका मापदण्डभित्र पर्ने कामदारको टिकटसहितका अन्य खर्च पनि सरकारले नै ब्यहोर्ने उल्लेख छ । यसमा सरकारबाट श्रम स्वीकृति लिएर गएकाहरुलाई मात्रै निर्देशिकाले तोकेका सुविधाहरु प्राप्त हुने प्रस्ताव गरिएको छ ।
    बिरामी, सुत्केरी, अशक्त, रोजगारी गुमाएका, कम्पनीबाट टिकट नपाएका, आममाफी पाएका, काजकिरियाका लागि आउनुपर्ने लगायतका सम्वेदनशील अवस्थाका कामदारको सरकारले निःशुल्क उद्धार गर्ने गरी मस्यौदा बनेको थियो । जसमा विदेशस्थित नियोगले अलपत्र कामदारको अवस्था अध्ययन गरी आवश्यक देखिएमा स्वदेश फिर्तीको निःशुल्क टिकट दिन सक्ने व्यवस्था प्रस्ताव गरिएको थियो ।
    विदेशस्थित नेपाली नियोगहरुले कामदारका लागि टिकट किनेको रकमको शोधभर्ना कल्याणकारी कोषबाट गरिने मस्यौदामा उल्लेख छ ।
    निर्देशिकामा विदेश गएको एक वर्ष पनि नपुगेका र कमजोर आम्दानी भएका कामदारलाई निःशुल्क टिकट दिन प्रस्ताव गरिएको छ । टिकट दिनुअघि कामदारलाई विदेश पठाउने म्यानपावर कम्पनी र सम्बन्धित रोजगारदाता कम्पनीसँग नियोगले टिकटका लागि पहल गर्ने प्रस्ताव छ ।
    विदेश गएको एक वर्ष नाघेको र कम्पनीले पनि टिकट नदिने अवस्था भए सम्बन्धित कामदारले विदेश पुगेर काम गरेको अवधि र आय आर्जनको अवस्था हेरेर टिकटको ५० देखि ७५ सम्म खर्च बेहोर्न सकिने खालको व्यवस्था पनि प्रस्ताव गरिएको थियो  ।
    आफ्नै खर्चमा टिकट काटेर विदेशबाट फर्किसकेकाहरुले पनि यो सुविधा दाबी गर्न सक्नेर त्यसलाई दूतावासहरुले प्रमाणित गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑