• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आर्थिक वर्षको अन्तिममा घुस लेनदेन बढ्यो -एकै दिन चार कर्मचारी रंगेहात

  • वीरगंज संजाल
  • १ श्रावण २०७७, बिहीबार ०६:४६
  • २५०९

    वीरगंज | आर्थिक वर्षको अन्तिममा सरकारी कार्यालयमा घुसखोरी बढेको छ । मंगलबार मात्र फरक–फरक कार्यालयका चारजना कर्मचारी रंगेहात घुससहित पक्राउ परेका छन् । आर्थिक वर्षको अन्तिममा धेरै भुक्तानी हुने भएकाले त्यसबापत घुस लेनदेन हुने गरेको छ । खासगरी विकासको काम हुने सरकारी कार्यालयमा ठेकेदारलाई भुक्तानीका लागि घुसखोरी बढेको हो ।

    मंगलबार सिँचाइ, मालपोत, घरेलु तथा स्थानीय तहका कर्मचारीहरू पक्राउ परेका छन् । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय खोटाङका डिभिजन प्रमुख नारायणकाजी श्रेष्ठ नौ लाख ३४ हजार रुपैयाँसहित पक्राउ परेको आयोगले जनाएको छ । निर्माणाधीन सिँचाइ परियोजनाको बिल भुक्तानीका लागि उनले २० लाख रुपैयाँ घुस मागेका थिए । पछि १० लाख लिन तयार भए । पीडित बनेका ठेकेदारले घुस दिनुअघि अख्तियारलाई सूचना दिएकाले उनी पक्राउ परेका हुन् । उनलाई निवासबाटै घुससहित पक्राउ गरिएको हो । सिँचाइ योजनाको रकम प्रदेशबाट निकासा हुन ढिलाइ भइरहेको अवस्थामा अधिकांश ठेकेदार तथा उपभोक्ता समितिसँग ‘छिटो निकासाका लागि माथि रकम दिनुपर्ने’ भन्दै श्रेष्ठले पटक–पटक बार्गेनिङ गर्दै आएको सेवाग्राहीको गुनासो छ ।

    कैलालीको जोशीपुर गाउँपालिकाका नासु सिद्धराज जोशी ८५ हजार रुपैयाँ घुससहित पक्राउ परेको आयोगले जनाएको छ । उनले पनि भुक्तानीबापत घुस लिएका हुन् । सिलाइ, सैलुन तथा चुरा बनाउने तालिम दिएको एक संस्थालाई भुक्तानी दिन उनले घुस मागेका हुन् । गाउँपालिकाको कार्यालयबाटै घुस रकमसहित जोशीलाई पक्राउ गरिएको अख्तियारको सम्पर्क कार्यालयका प्रवक्ता टोपबहादुर विष्टले जानकारी दिए । जोशी गाउँपालिकाको सूचना अधिकारी पनि हुन् । सीपमूलक तालिम सञ्चालन गरेको रकम भुक्तानी गरिदिएबापत उनले घुस लिएको खुलेको विष्टले बताए ।

    घरेलु तथा साना कार्यालय नेपालगन्जका उद्योग अधिकृत हुकुमबहादुर ओली ९६ हजार तीन सय रुपैयाँसहित पक्राउ परेका छन् । ठेक्कापट्टाको लाइसेन्स बनाइदिने बहानामा सेवाग्राहीसँग ९६ हजार तीन सय रुपैयाँ लिँदै गर्दा आयोगको टोलीले ओलीलाई नियन्त्रणमा लिएको आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले बताए । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारीसमेत रहेका ओलीको बारेमा आयोगले थप अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

    मंगलबार नै मालपोत कार्यालय राजविराजका नासु कृष्णबल्लभ ठाकुर १३ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । ट्रायल चेक गरी बढी जग्गाको श्रेस्ता कायम गराइदिने भन्दै उनले घुस लिएका हुन् ।

    अघिल्लो वर्ष आर्थिक वर्षको अन्तिममा धेरै इन्जिनियरहरू घुससहित पक्राउ परेका थिए । यो वर्ष इन्जिनियरहरू भने पक्राउ परेका छैनन् । हरेक भुक्तानीमा लेखाका कर्मचारीले करिब १० प्रतिशत कमिसन माग्ने गर्दछन् । मिलेमतोमा हुने ठेक्कामा गोप्य रूपमा लेनदेन हुनेमा कतिपय ठेकेदारले भने अख्तियारलाई खबर गर्ने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑