वीरगंज |असार १० गतेभित्र आआफ्नो गाउँ र नगर सभामा नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पेस गरी असारभरमा पारित गर्नुपर्ने कानुनी व्यवस्था भए पनि ३४ वटा स्थानीय तहले बजेट पेस गरी पारित गर्न सकेका छैनन्।
१५ वटा गाउँपालिका र १९ वटा नगरपालिकाले बजेट पारित गर्न नसकेको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।७५३ स्थानीय तहमध्ये ७१९ स्थानीयले बजेट पारित गरेका छन् । बजेट सभामा पारित गर्न नसक्ने ३४ वटै स्थानीय तह प्रदेश २ का हुन्।
स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले सबै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि असार १० गतेभित्र आआफ्नो सभामा नीति, कार्यक्रम र बजेट पेस गरी असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था गरेको छ।