बारा | बाराको परवानीपुर गाउँपालिका वडा नं. ४ चैनपुरस्थित मकैको दाना बनाउने कारखानाका संचालकको लापरवाहीले गर्दा हिजो दुर्घटना हुदा ७ जना घाइते भएका छन् ।
ओम चावो बिरो फिड इन्डस्ट्रिजले क्षमता भन्दा बडी भकारीमा मकै राखेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी ७ जना घाइते भएको इलका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरिक्षक ओमप्रकाश यादवले वताए । उनले घाइते सबै कारखानामा कार्यरत कामदार रहेको जनाए ।
घाइतेहरुको वीरगंज गण्डकस्थित नारायणी वायोधा हस्पिटलमा उपचार भइरहेको उनले जनाए । वायोधा हस्पिटलमा घाईते बिकास कुमार, आजाद हुसेन, जौवाद हुसेन, शैलेन्द्र सिंह, श्रीराम राउत, मोहन पटेल, श्रीलाल पटेलको उपचार भइरहेको हस्पिटलका एमामुल हक अन्सारीले वताए । ओम चावो बिरो फिड इन्डस्ट्रिजले क्षमता भन्दा बडी ५ हजार टन मैके राखेका कारण भकारी भत्कदा ३ वटा ट्रक च्यापिएको समेत प्रहरी निरिक्षक सिंहले जानकारी गराए ।