• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रधानमन्त्रीको ‘सद्बुद्धि’को कामना गर्दै जानकी मन्दिरमा पूजा !

  • वीरगंज संजाल
  • ३१ असार २०७७, बुधबार १०:२८
  • ३१२५

    जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको पछिल्लो अभिव्यक्तिको तरंग अझै सेलाइसकेको छैन । पार्टीभित्रको विवाद छायामा पार्नका लागि उनले यस्तो अभिव्यक्ति दिएको हुन सक्ने आकलन गरिएको भए पनि त्यसले नेपाल र भारतबीच सदियौंदेखि रहेको सम्बन्धमा नराम्रो असर पर्न सक्नै विज्ञहरुले औंल्याएका छन् ।
    पछिल्लोपटक उनले त्रेताकालीन मर्यादा पुरुषोत्तम रामको जन्मभूमिबारे बोलेर अयोध्या र मिथिला भूमिलाई तरंगित बनाएका छन् ।

    भगवान रामको जन्मस्थान भारतको अयोध्यामा नभएर नेपालकै चितवनस्थित ठोरी नजिकको अयोध्यापुरी भएको ओलीले जिकिर गरेका छन् ।  आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गत सोमबार रामको जन्मस्थानबारे विवादित वक्तव्य सार्वजनिक गरेका ओलीको भारतमा त विरोध भइरहेकै छ, नेपालमा समेत कटु आलोचना भइरहेको छ ।

    भारतीय सञ्चारमाध्यमले लगातार ओलीको विरोध गरेका छन् ।  ओलीको धारणा सार्वजनिक भएको भोलिपल्टै परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिए पनि उनको आलोचना रोकिएको छैन । जनकपुरधामका संस्कृतिविद् एवं साहित्यकार प्रा.डा.राजेन्द्र विमलले ओलीलाई ‘ठट्यौली प्रधानमन्त्री’ भनेका छन् ।
    “हि इज अ ग्रेट इन्टरटेनर” ओलीबारे डा. विमलले बाह्रखरीसँग भनेका छन् ।

    तर, यसो भनिरहँदा प्रधानमन्त्री ओलीको पछिल्लो हर्कतलाई समान्य रुपमा नलिन आग्रह गर्दै डा. विमलले उनको स्वास्थ्य अवस्थाबारे पनि चिन्ता व्यक्त गरे । उनले भने, “ओलीजीले सबैलाई मजाकमा उडाउनुहुन्छ । तर, हामीले त्यसरी समान्य रुपमा लिइरहनु हुँदैन । हाम्रो देशको प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कमजोर भइरहेको छ कि भन्ने विषयमा सरोकारवालाले तत्काल चिन्ता र चासो लिनुपर्छ भन्ने मेरो आग्रह हो ।”

    जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरका महन्त रामतपेश्वर दास ‘वैष्णव’ ले प्रधानमन्त्री ओलीको सद्बुद्धिको कामना गर्दै जानकी माताको पूजा गरेको बताए ।

    “जे भए पनि हाम्रो देशको प्रधानमन्त्री हो,” महन्त दासले बाह्रखरीसँग भने, “उहाँले के बोल्नुभयो त्यसको समर्थन र विरोध मात्र गरेर हुँदैन । उहाँ व्यक्ति मात्र होइन मुलुकको सर्वोपरी संस्था हो । उहाँले जे पायो त्यै बोल्न थालेपछि न मुलुकको न मुलुकबासीको हित हुन्छ । त्यसैले उहाँलाई समयमै सद्बुद्धि प्राप्त होस् भनेर जानकी माताको पूजा गरेको छु ।”

    महन्त दासले मर्यादा पुरुषोत्तम रामको जन्मस्थानको बारेमा ओलीले बोलेको विषयमा आपत्ति प्रकट गरे ।

    सदियौंदेखि जानकी (सीता) को जन्मस्थान प्राचिन मिथिलाको राजधानी जनकपुर र रामको जन्मस्थान भारतस्थित अयोध्याबीच परस्पर सम्बन्ध कायम रहेको जिकिर गर्दै दासले नेपाल र भारत देशको इतिहासभन्दा पुरानो मिथिला र अयोध्याको इतिहास रहेको दावी गरे ।

    “समान्य व्यक्तिले के बोल्यो, के लेख्यो भन्ने विषयमा कसैलाई मतलब हुँदैन,” दासले भने, “एउटा देशका प्रधानमन्त्रीले कुनै विषयमा बिना कुनै जानकारी या भनौं हचुवा सूचनाको भरमा औपचारिक रुपमा बोल्नु सुहाउँदैन ।”

    प्रधानमन्त्री ओलीले भने जस्तो ठोरी नजिकको अयोध्यापुरीमा रामको जन्म भएको भन्ने विषय मिथ्या र कपोलकल्पित भएको उनको जिकिर छ ।

    त्रेता युगमा अयोध्याका राजकुमार श्रीराम र मिथिलाकी राजकुमारी आदर्श नारी सीताबीच सांस्कृतिक र वैद्विक परम्पराअनुसार वैवाहिक समारोह आयोजना भएको स्मरणमा हरेक वर्ष जनकपुरमा रामजानकी विवाह महोत्सव आयोजना हुँदै आएको छ ।  भारतको अयोध्याबाट जन्तीको रुपमा उच्च कोटीका साधुसन्त र हजारौं श्रद्धालुहरु जनकपुरमा हुने विवाह महोत्सवमा सहभागी हुने गरेको उल्लेख गर्दै दासले सदियौं देखिको परम्परा र धार्मिक आस्थामा ओलीको वक्तव्यले चोट पुर्‍याएको गुनासो गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ
  • ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै
  • रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो
  • माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    पतञ्जलीको भ्रष्टाचारमा सूर्यविनायक नगरपालिकाका मेयरविरुद्ध पनि मुद्दा दायर

    विश्व वातावरण दिवसमा सशस्त्र प्रहरी गुल्ममा वृक्षारोपण निरन्तरता

    नेपाल इन्टरमोडलको संचार रणनीति विषयक अन्तर्क्रिया कार्यक्रम बीरगञ्जमा सम्पन्न

    आज शुक्रवारको राशिफल

    ज्योतिष डा. बिबेकको किताब VastuShastra’ अन्तरास्टृय बजारमा सार्वजनिक

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    News

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    News

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    News

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    News

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑