• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    ट्रम्प र जोन्सनको मास्कप्रतिको धारणामा बल्ल परिवर्तन आउँदैछ

  • वीरगंज संजाल
  • ३१ असार २०७७, बुधबार ०९:२९
  • ३१२९

    बीबीसी । केही दिन अगाडि मात्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन सार्वजनिकस्थलमा पहिलोपटक मास्क लगाएको अवस्थामा देखा परेका हुन् । यसरी विश्व महामारी कोभिड–१९ ले ५ लाख ७० हजारको ज्यान लिइसक्दा पनि यी दुवै राष्ट्र प्रमुखहरुको भर्खरै मात्र मास्कप्रतिको धारणा बदलिएको छ जबकि विश्व स्वास्थ्य संगठनलगायत सबै वैज्ञानिकहरुले मास्क नै संक्रमणबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय रहेको पटकपटक बताउँदै आएका छन् ।

    अर्को कुरा बेलायत र अमेरिका दुवै देश विश्वकै सबैभन्दा नराम्ररी प्रभावितमा पर्दछन् जहाँ बेलायतले पछिल्ला केही दिन सङ्ख्या नियन्त्रणमा ल्याइ लकडाउन खुलाएको छ भने झन्डै तीसलाख मानिस संक्रमित रहेको अमेरिकामा अझै पनि बिरामी थपिने क्रम उच्च रहेको छ ।

    विशेषगरी ट्रम्पले यसअघि मास्क लगाउने सुझावलाई सार्वजनिक रुपमै हाँसोठट्टा गरेर उडाएका थिए र धेरै मान्छेहरु आफ्नो विरोध गर्नकै लागि भए पनि मास्क लगाउने गरेको आरोप लगाएका थिए ।  यता अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले भने कोभिड फैलन सुरु भएदेखि मुख नछोपी सार्वजनिकस्थलमा नजान सुझाव दिइरहेको थियो । यता बेलायत सरकार पनि आम जनतालाई सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउन निर्देशन दिन हिचकिचाउँदै आएको छ ।

    जहाँ अन्य युरोपेली मुलुकमा मास्क लगाउनुपर्ने कानुनी नियम नै जारी भइसकेको छ । बेलायतले पनि सार्वजनिक यातायातमा मास्क लगाउनुपर्ने सम्बन्धी नियम जुनमै ल्याएको थियो र अहिले मात्र पसलहरुमा जाँदासमेत मास्क नलगाए जरिवाना तिर्नुपर्ने बताइरहेको छ । तर अझै यो नीतिलाई धेरैले गम्भीरतापूर्वक लिएको देखिँदैन ।

    यसरी मास्क लगाएर हिँड्नुलाई अनिवार्य बनाउने देशहरुको सङ्ख्या पछिल्लो ६ महिनामा उल्लेखनीय रुपमा वृद्धि भएको छ । मार्च महिनातिर नै दश मुलुकले मास्क लगाउने नीति सार्वजनिक गरिसकेका थिए ।  अहिले भने विश्वका १३० देशमा मुख छोप्ने नियम लागू भइसकेको छ र अमेरिकामा पनि २० वटा स्टेटमा मास्क लगाउने सम्बन्धी निर्देशन दिइएको छ ।यसरी त्यहाँ मास्कप्रति मानिसहरुको धारणा अत्यन्तै सुस्त गतिमा परिवर्तन भइरहेको छ ।

    बेलायतको रोयल सोसाइटीको रिपोर्टमा उल्लेख गरिएअनुसार मास्क लगाएको कहिल्यै कुनै इतिहास नभएको इटलीजस्तो देशमा पनि ८३ प्रतिशतले यो नयाँ चलन अपनाइसकेका छन् । कोरोना भाइरस कसरी फैलन्छ भन्नेबारे सबैले स्पष्टसँग बुझेपछि नै यसप्रतिको धारणा परिवर्तन हुन सकेको बताइएको छ । महामारीको सुरुवातमा भने विश्व स्वास्थ्य संगठनले नै मास्क केबल स्वास्थ्यकर्मी र रुघाखोकी लागेका मान्छेले मात्र लगाउनुपर्ने बताएको थियो ।

    तर भाइरसबारे अध्ययन गर्दै जाँदा धेरै मानिसहरुले लक्षण नै नदेखाइ रोग फैलाइरहेको पत्ता लागेपछि संक्रमणबाट जोगिन मास्क नै सबैभन्दा उपयुक्त तरिका रहेको सम्बन्धी विश्व स्वास्थ्य संगठनले आधिकारिक घोषणा गरेको हो ।

    कोभिड–१९ सँग सम्बन्धित व्यवहारको अन्तर्राष्ट्रिय अध्ययन गरिरहेका प्रोफेसर लेभोइ भन्छन्, “अझै केही समय कोभिड कतै हराउनेछैन र यसको खोप निस्कन पनि महिना होइन वर्ष लाग्न सक्छ । त्यतिन्जेल मास्क लगाउने जस्ता केही व्यवहार सामान्यीकरण गरि सबैले अपनाउनैपर्ने हुन्छ ।”

    मास्कबारे विभिन्न देशका छुट्टाछुट्टै धारणा 

    यसरी विश्वभरि नै अहिले मास्कलाई अनिवार्य बनाउने कुरा उठिरहँदा देशअनुसार मानिसहरु त्यसलाई कति सजिलै अपनाउन तयार छन् भन्नेमा पनि धेरै फरक देख्न सकिन्छ । जस्तैकि हाल इटलीमा ८३ प्रतिशत र अमेरिकामा ५९ प्रतिशतले घर बाहिर निस्कदा सधैँ मास्क प्रयोग गर्न चाहेको बताएका छन् भने यता बेलायतमा चाहिँ केबल १९ प्रतिशत मात्र मास्क लगाउन तयार रहेको कोभिड–१९ व्यवहार निरीक्षक परियोजनाले जनाएको छ ।

    यसरी मास्क लगाउने विषयमा विशेषगरी बेलायत, अमेरिका र क्यानडा अन्य युरोपेली देश जस्तै स्पेन, फ्रान्स, इटलीको तुलनामा सुस्त रहेको पाइएको छ । इम्पेरियल कलेज लन्डनकी व्यवहारिक अनुसन्धानकर्ता सेरा पी जोन्सका अनुसार मान्छेहरुले मास्क कति सजिलै उपलब्ध छ, त्यो लगाउनुका फाइदा कति छन्, यो रोगप्रति आफ्नो संवेदनशीलता कस्तो छ  भन्ने कुराका आधारमा मास्क लगाउने नलगाउने निर्धारण गरिरहेका हुन्छन् ।

    अधिकांश मानिसहरु प्रायः अरुले लगाएको देखेर पनि लगाउनैपर्ने अवस्था आएको महसुस गर्दछन् जस्तै इटलीमा यसअघि भाइरस तिव्र रुपमा फैलिएपछि मास्क लगाउनुपर्ने नियम, मानिसहरुले ढिला नगरि अपनाए ।  त्यस्तै २००३ मा सार्स महामारीको सामना गरिसकेका पूर्वी एसियाली मुलुकहरुमा भने संक्रमणले गम्भीर रुप लिनु अगाडि नै सबै नागरिक सचेत भइसकेका थिए ।

    तर अर्कोतर्फ पश्चिमी राष्ट्रहरुमा चाहिँ मास्क लगाउनुपर्ने अवस्था आएको कुनै इतिहास छैन ।  यस्तोमा कोभिड महामारीको सुरुवातमा अन्तर्राष्ट्रिय संघसंस्था र पश्चिमी मुलुकहरुले पूर्वी एसियाका वैज्ञानिकहरुको सुझावपूर्ण रुपमा बेवास्ता गरेका थिए ।

    किन केही मानिस अझै मास्क लगाउन चाहँदैनन् ?

    तर अझै पनि केही मानिसहरु मास्क लगाउनुभन्दा ह्यान्ड स्यानिटाइजर प्रयोग गरिरहने, नियमित हात धुने र सामाजिक दुरी कायम गर्नमा बढी जोड दिइरहेका छन् ।  उनीहरुमा सामाजिक दुरी र हात धोइरहनु नै भाइरस नियन्त्रण गर्न पर्याप्त छ भन्ने विश्वास गर्ने रहेको प्रोफेसर लेभोइ बताउँछन् ।  त्यस्तै मास्क लगाउन पहिले यसलाई खरिद गर्नुपर्छ र फाल्दा पनि होसियारी अपनाउनुपर्छ भने लगाउँदा पनि मुखलाई असहज हुन्छ ।

    यसकारण पनि धेरै देशका सरकार अझै पूर्णरुपमा जनतालाई मास्क लगाउन निर्देशन दिन सकिरहेका छैनन् ।  यसरी सरकारबाटै थरीथरी सन्देशहरु आउनु, स्वास्थ्य डाटा सम्बन्धी पारदर्शी नहुनु र नीति नियम जारी गर्नमा ढिलाइ गर्नुले सरकारबाट मान्छेको विश्वास उठ्ने डर रहेको हुँदा नागरिकहरु झन ठूलो जोखिममा पर्न सक्ने प्रोफेसर लोभेइ बताउँछन् ।

    यसको उदाहरण हो पश्चिमी मुलुकहरुमा नराम्ररी प्रभावित भइ भाइरस अनियन्त्रित अवस्थामा पुगेपछि मात्र धेरैले मास्कको प्रयोगमा जोड दिए ।  यस्तोमा बोरिस जोन्सन र डोनाल्ड ट्रम्पले पहिलोपटक मास्क लगाएर उपस्थिति जनाउनुले नागरिकहरुमा सकारात्मक छाप पर्न सक्ने उनको भनाइ छ ।  रोल मोडललाई मान्छेले वास्तवमै गम्भीरतापूर्वक लिने हुनाले पनि उनीहरुको उदाहरण धेरैले शरण गर्ने अपेक्षा रहेको लेभेइ बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑