• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अयोध्याबारेको अभिव्यक्तिप्रति प्रधानमन्त्रीले आत्मआलोचना गर्नुपर्छ : बामदेव गौतम

  • वीरगंज संजाल
  • ३० असार २०७७, मंगलवार १७:३२
  • ५२२१

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले राम जन्मभूमिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका छन् ।

    राम जन्मभूमि अयोध्या नेपालमा पर्ने भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति प्रमाणित विषय नभएको भन्दै नेता गौतमले यो अभिव्यक्तिबाट राष्ट्रिय अन्तर्राष्ट्रिय विवाद सिर्जना भएकाले फिर्ता लिँदै जनतासमक्ष आत्मआलोचना गर्नु उपयुक्त हुने बताएका हुन् ।

    नेता गौतमले फेसबुकमार्फत बरु प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई यसबारेमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

    आफूलाई प्रधानमन्त्रीले यो विषय दुई वर्ष अघि नै सुनाएको पनि बताए । ‘मैले उहाँलाई यस सम्बन्धमा आफुले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै विना अनुसन्धान, विना तथ्य प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ । मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण विना त्यसलाई सार्वजनिक गरेरै छोड्नुभयो’ गौतमले भनेका छन् ।

    ओली हाल प्रधानमन्त्री र सत्तारुढ पार्टीका अध्यक्षसमेत भएकाले उनले चाहँदा यस विषयमा अनुसन्धान र सबै तथ्य जुटाउन सक्ने भन्दै नेता गौतमले यो विषय सावित भए पनि इतिहासकारहरुले सार्वजनिक गर्नु पर्ने बताए ।

    नेता गौतमले मंगलबार फेसबुकमा के लेखेका छन् हेर्नुहोस् :

    नेपालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष क.केपी शर्मा ओलीले हिजो अर्थात असार २९ गते कुनै कार्यक्रममा राम जन्मभूमि नेपालको पर्सा जिल्लामा पर्छ भन्दै दिनुभएको मन्तव्यले नेपाल र भारतमा अत्यन्त तिखो प्रतिक्रिया उत्पन्न गरेको छ । आज भन्दा दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो बिषय बारे चर्चा गर्नुभएको थियो ।

    मैले उहाँलाई यस सम्बन्धमा आफुले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै विना अनुसन्धान, विना तथ्य प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ । मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण विना त्यसलाई सार्वजनिक गरेरै छोड्नु भयो ।

    क.केपी ओली अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ र सत्ताधारी पार्टीको अध्यक्ष पनि हुनुुहुन्छ । अहिले उहाँ चाहदा सबै पक्षबाट अनुसन्धान गर्न, तथ्यहरु जुटाउन, आएका अनुमानहरुको तथ्यसंगत विश्लेषण गर्न चाहिने साधनस्रोत जुटाउन सक्ने अवस्थामा हुनुहुन्छ । उहाँले उठाउनु भएको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत सावित भएको अवस्थामा प्रधानमन्त्रीले हैन इतिहासकारहरुले सार्वजनिक गर्नु पर्दथ्यो ।

    भगवान रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिष्टहरुका निम्ति केही फरक पर्दैन । रामका भक्तहरु नेपाल र भारतमा ठूलो संख्यामा रहेका छन् । यथार्थवादी भएका नाताले इतिहास प्रति हामी कम्युनिष्टहरुले अन्याय गर्न सक्दैनौ । नेपालको इतिहास निर्माणमा योगदान गर्ने महापुरुषहरुको नेपाल रहँदासम्म प्रसंशा गरिरहिने छ ।

    संसारमा धेरै धर्महरु छन्, धेरै धार्मिक सम्प्रदायहरु छन् र तिनका अनुयायीहरु करोडौंको संख्यामा रहेका छन् । उनीहरुको धार्मिक आस्थामा चोट पु¥याउने क्रियाकलाप गर्न कसैले हुदैन । त्यसैगरी कुनै पनि धार्मिक संरचनालाई प्रयोग गरेर नत राष्ट्रले न समुदायले न कुनै व्यक्तिले आफ्नो स्वार्थ पुरा गर्ने दुश्कर्म गर्न हुन्न । यस अर्थमा हामी कम्युनिष्टहरु धर्म निरपेक्ष हुन चाहन्छौ ।

    राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु ।

    साथै प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क.केपी ओलीलाई विनम्र अनुरोध पनि गर्दछु ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,
  • कपालमा चाँया छ ? यसरी हटाउनुहोस्
  • यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय
  • घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,

    News

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    News

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    News

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    News

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑