• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘एक महिनाभित्रै आउनसक्छ कोभिड-१९ भ्याक्सिन

  • वीरगंज संजाल
  • ३० असार २०७७, मंगलवार १६:३४
  • २७४५

    एजेन्सी । रुसी वैज्ञानिकहरुले विश्वको पहिलो कोरोना भाइरस भ्याक्सिन एक महिनाभित्रै बिरामीका लागि वितरण गरिने आशा व्यक्त गरेका छन् । आइतबार मात्रै रुसको सेचेनोभ विश्वविद्यालयले सरकारी स्वामित्वमा सञ्चालित गामालेई इन्स्टिच्युट अफ इडिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीद्वारा विकसित कोभिड–१९ भ्याक्सिनको क्लिनिकल ट्रायल सफलतापूर्वक सम्पन्न भएको दाबी गरेको थियो । गामालाई सेन्टरका निर्देशक अलेजेन्दर गिन्टस्वर्गले अगष्ट १२ देखि १४ सम्ममा यो भ्याक्सिन सर्वसाधारणमा वितरण हुन थाल्ने र निजी कम्पनीहरुले सेप्टेम्बरदेखि ठूलो परिमाणमा उत्पादन सुरु गर्नसक्ने विश्वास व्यक्त गरेका छन् सेचेनोभ विश्वविद्यालय सेन्टर फर क्निकल रिसर्च एन्ड मेडिकेशनका प्रमुख अनुसन्धानकर्ता इलिना सेमलाईयार्चुकले रुसी न्युज एन्जेन्सी तासलाई दिएको जानकारीअनुसार स्वयमं्सेवकमा भ्याक्सिनको क्लिनिकल परीक्षण पूरा भएको छ र अध्ययनको नतिजाले भ्याक्सिन प्रभावकारी भएको देखाउँछ ।

    ‘यो अनुसन्धान पूरा भएको छ र यसले भ्याक्सिन सुरक्षित छ भन्ने प्रमाणित गरेको छ,’ तासले सेमलाईयार्चुकलाई उदृत गर्दै लेखेको छ ।  यता विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) को प्रोटोकलअनुसार ठूलो परिमाणमा उत्पादनका लागि स्वीकृति पाउनुअघि भ्याक्सिनले तीन चरणको क्लिनिकल ट्रायल पूरा गर्नुगर्छ । डब्ल्युएचओको सूचीमा रुसी भ्याक्सिनको अध्ययन पहिलो चरणका रुपमा सूचीकृत छ । र, अहिलेसम्म कुनै पनि भ्याक्सिनले तेस्रो चरणको परीक्षण सफल नभएसम्म ठूलो परिमाणमा प्रयोगका लागि स्वीकृति पाएका छैनन् ।

    यदि, अन्तिम चरणमा भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएमात्रै यसको औद्योगिक उत्पादन सुरु हुन्छ ।  द मस्को टाइम्समा प्रकाशित रिपोर्टअनुसार यसै महिनाको सुरुवातमा सेमलाईर्याचुकले भनेकी थिइन् कि अध्ययनमा सहभागी भएका व्यक्तिमा इन्जेक्सनपछि टाउको दुख्ने, शरीरको तापक्रममा प्रभाव पार्नेलगायत लक्षण देखियो । तर यी सबै लक्षण २४ घण्टाभित्र ठिक भएको उनले बताएकी थिइन् ।

    जुलाई ३ मा प्रेस विज्ञप्तिमार्फत विश्वविद्यालयले जनाएको थियो कि यस भ्याक्सिनको प्रभावकारिताबारे बायोकेमिकल परीक्षणको आधारमा रुसी सरकारले निर्णय गर्नेछ । सेचेनोभ विश्वविद्यालयले जुलाई १५ र जुलाई २० मा दुई समूहका स्वयंम्सेवकलाई डिस्चार्ज गर्दैछ, उनीहरुलई यसअघि अन्य संक्रमणबाट जोगाउनका लागि २८ दिनसम्म आइशोलेसनमा राखिएको थियो । डिस्चार्ज गरिएका १८ देखि ६५ वर्ष उमेरका स्वयम् सेवकहरुलाई ६ महिनासम्म निगरानी गरिने सेमोलाईयार्चुकले बताए ।

    विश्वविद्यालयले १८ जुनमा १८ जना स्वयमंसेवकको समूहमा भ्याक्सिनको पहिलो चरणको परीक्षण गरेको थियो । त्यसैगरी २० सहभागी समावेश दोस्रो समूहलाई २३ जुनमा भ्याक्सिन दिइएको थियो । कोभिड–१९ भ्याक्सिन बनाउने दौडमा रहेका धेरै देशमध्ये रुस एक हो । यहाँ ५ लाख ६९ हजारभन्दा धेरै व्यक्तिमा संक्रमण देखिइसकेको छ । विश्वभर १ करोड २९ लाखभन्दा धेरै व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑