• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मुख्य समाचार

    कहिले समाप्त हुन्छ भारतीयको जातीय भेदभावप्रतिको दोहोरोपन ?

  • वीरगंज संजाल
  • ३० असार २०७७, मंगलवार ०६:५९
  • २४६९

    एजेन्सी । ‘‘जातीय समस्या : सैद्धान्तिक र व्यावहारिक रूपमा एक विकराल मामिला हो । व्यावहारिक रूपमा हेर्दा यो यस्तो संस्था हो जसले प्रचण्ड परिणामहरूको संकेत दिन्छ । जुन एक स्थानीय समस्या हो, तर एक यस्तो समस्या जसले ठूलो क्षति सिर्जना गर्न सक्छ । भारतमा जातीय अस्तित्व रहेसम्म हिन्दुका लागि अन्तरजातीय विवाह र अन्य धर्ममा आस्था राख्ने समुदायसँग सामाजिक अन्तरक्रिया बढाउन असम्भव प्रायः रहनेछ । र, हिन्दु पृथ्वीको अर्को भागमा पुगे भने भारतीय जाति विश्व समस्या बन्नेछ ।’’ – डा. बीआर आंबेडकर (१९१६)

    सन् १९१६ को मे महिनामा कोलम्बिया विश्वविद्यालयमा मानव वंशशास्त्र विभागको सेमिनारमा डा. आंबेडकरले ‘भारतमा जाति– तिनको प्रणाली, उद्गम र विकास’ मा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    कार्यपत्र प्रस्तुत गर्दै उनले एक दिन जाति कसरी विश्व समस्या बन्छ भन्ने भविष्यवाणी गरेका थिए । ‘यदि हिन्दु विश्वको अर्को भूभागमा पुगे भने भारतीय जाति विश्व समस्या बन्नेछ,’ डा. आंबेडकरको भनाइ थियो ।

    उनको यो वक्तव्यको एक सय चार वर्षपछि उही अमेरिकाको क्यालिफोर्नियाबाट आएको यो खबर यसै कुराको पुष्टि गर्दछ ।

    स्मरण रहोस्, क्यालिफोर्निया राज्य सरकारका तर्फबाट त्यहाँको एक अग्रणी बहुद्देशीय कम्पनी सिस्को सिस्टम्सविरुद्ध दायर मुद्दाको बहानामा यही कुरा नयाँ सिराबाट उजागर भएको छ । जुन उक्त कम्पनीमा कार्यरत एक दलित इन्जिनियरका साथ त्यहाँ तैनाथ दुई कथित माथिल्लो जातिका इन्जिनियरद्वारा जातीय भेदभावको घटनासँग सम्बन्धित छ ।

    पीडित दलित इन्जिनियरले कम्पनीलाई आफूमाथि भएको जातीय भेदभावको उजुरी दिँदा कम्पनीले कुनै कारबाही नै गरेन । सोही कारण ती दलित इन्जिनियरले राज्य सरकारको ‘डिपार्टमेन्ट अफ फेयर एम्प्लोयमेन्ट’ को शरण लिनुपर्‍यो ।

    क्यालिफोर्नियाको ‘डिपार्टमेन्ट अफ फेयर एम्प्लोयमेन्ट एन्ड हाउजिङ’ का तर्फबाट  जारी विज्ञप्तिमा कसरी दक्षिण एसियाका मानिसहरूको बहुल्यता रहेको सेन्ट जोसस्थित सिस्को कम्पनीको मुख्यालयमा दलित इन्जिनियरलाई प्रताडित गरियो भन्ने उल्लेख छ । सिस्को सिस्टम्स अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त कम्पनी हो ।

    यस्ता घटनाहरू दक्षिण एसियाली बहुल संस्थाहरूमा अत्यन्तै हुने गर्छन् । अनुमानका हिसाबबाट अमेरिकामा दक्षिण एसियाली मूलका मानिसहरू एक प्रमुख एथनिक समूहका रूपमा उपस्थित छन्, जसको संख्या ४३ लाखको हाराहारीमा छ ।

    भारत, पाकिस्तान, नेपाल, बांगलादेश, श्रीलंका र भुटानबाट आएको अथवा त्यहाँको मूल निवासी ती मानिसहरू मुख्यतया क्यालिफोर्निया, न्युयोर्क, न्युजर्सी, टेक्सास, एलिनाइस र कककरोलिनासमा बसोबास गर्दै आएका छन् ।

    पुरानो अध्ययनअनुसार (जुन पेनिसिल्वानिया विश्वविद्यालयले २००३ मा गरेको थियो)  ती क्षेत्रमा बसोबास गर्ने २५ लाख भारतीयमा ९० प्रतिशत कथित उपल्लो जातिका छन् भने झन्डै डेढ प्रतिशत मानिस दलित वा अन्य पिछडिएको समुदायको जातिका छन् ।

    अमेरिकामा बसोबास गर्ने दक्षिण एसियाली मूलका १५ सय मानिसमा गरिएको सर्वेक्षणले दक्षिण एसियाली बहुल अमेरिकी संस्थामा दलितले विभिन्न किसिमका जातीय भेदभावको सामना गर्नुपर्ने पुष्टि भएको थियो । यो भेदभाव अपमानजनक चुटकिलादेखि भद्दा टिप्पणी, शारीरिक हिंसा र यौनिक आक्रमणसम्म फैलिएको छ । द वायर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑