एजेन्सी । ‘‘जातीय समस्या : सैद्धान्तिक र व्यावहारिक रूपमा एक विकराल मामिला हो । व्यावहारिक रूपमा हेर्दा यो यस्तो संस्था हो जसले प्रचण्ड परिणामहरूको संकेत दिन्छ । जुन एक स्थानीय समस्या हो, तर एक यस्तो समस्या जसले ठूलो क्षति सिर्जना गर्न सक्छ । भारतमा जातीय अस्तित्व रहेसम्म हिन्दुका लागि अन्तरजातीय विवाह र अन्य धर्ममा आस्था राख्ने समुदायसँग सामाजिक अन्तरक्रिया बढाउन असम्भव प्रायः रहनेछ । र, हिन्दु पृथ्वीको अर्को भागमा पुगे भने भारतीय जाति विश्व समस्या बन्नेछ ।’’ – डा. बीआर आंबेडकर (१९१६)
सन् १९१६ को मे महिनामा कोलम्बिया विश्वविद्यालयमा मानव वंशशास्त्र विभागको सेमिनारमा डा. आंबेडकरले ‘भारतमा जाति– तिनको प्रणाली, उद्गम र विकास’ मा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्र प्रस्तुत गर्दै उनले एक दिन जाति कसरी विश्व समस्या बन्छ भन्ने भविष्यवाणी गरेका थिए । ‘यदि हिन्दु विश्वको अर्को भूभागमा पुगे भने भारतीय जाति विश्व समस्या बन्नेछ,’ डा. आंबेडकरको भनाइ थियो ।
उनको यो वक्तव्यको एक सय चार वर्षपछि उही अमेरिकाको क्यालिफोर्नियाबाट आएको यो खबर यसै कुराको पुष्टि गर्दछ ।
स्मरण रहोस्, क्यालिफोर्निया राज्य सरकारका तर्फबाट त्यहाँको एक अग्रणी बहुद्देशीय कम्पनी सिस्को सिस्टम्सविरुद्ध दायर मुद्दाको बहानामा यही कुरा नयाँ सिराबाट उजागर भएको छ । जुन उक्त कम्पनीमा कार्यरत एक दलित इन्जिनियरका साथ त्यहाँ तैनाथ दुई कथित माथिल्लो जातिका इन्जिनियरद्वारा जातीय भेदभावको घटनासँग सम्बन्धित छ ।
पीडित दलित इन्जिनियरले कम्पनीलाई आफूमाथि भएको जातीय भेदभावको उजुरी दिँदा कम्पनीले कुनै कारबाही नै गरेन । सोही कारण ती दलित इन्जिनियरले राज्य सरकारको ‘डिपार्टमेन्ट अफ फेयर एम्प्लोयमेन्ट’ को शरण लिनुपर्यो ।
क्यालिफोर्नियाको ‘डिपार्टमेन्ट अफ फेयर एम्प्लोयमेन्ट एन्ड हाउजिङ’ का तर्फबाट जारी विज्ञप्तिमा कसरी दक्षिण एसियाका मानिसहरूको बहुल्यता रहेको सेन्ट जोसस्थित सिस्को कम्पनीको मुख्यालयमा दलित इन्जिनियरलाई प्रताडित गरियो भन्ने उल्लेख छ । सिस्को सिस्टम्स अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त कम्पनी हो ।
यस्ता घटनाहरू दक्षिण एसियाली बहुल संस्थाहरूमा अत्यन्तै हुने गर्छन् । अनुमानका हिसाबबाट अमेरिकामा दक्षिण एसियाली मूलका मानिसहरू एक प्रमुख एथनिक समूहका रूपमा उपस्थित छन्, जसको संख्या ४३ लाखको हाराहारीमा छ ।
भारत, पाकिस्तान, नेपाल, बांगलादेश, श्रीलंका र भुटानबाट आएको अथवा त्यहाँको मूल निवासी ती मानिसहरू मुख्यतया क्यालिफोर्निया, न्युयोर्क, न्युजर्सी, टेक्सास, एलिनाइस र कककरोलिनासमा बसोबास गर्दै आएका छन् ।
पुरानो अध्ययनअनुसार (जुन पेनिसिल्वानिया विश्वविद्यालयले २००३ मा गरेको थियो) ती क्षेत्रमा बसोबास गर्ने २५ लाख भारतीयमा ९० प्रतिशत कथित उपल्लो जातिका छन् भने झन्डै डेढ प्रतिशत मानिस दलित वा अन्य पिछडिएको समुदायको जातिका छन् ।
अमेरिकामा बसोबास गर्ने दक्षिण एसियाली मूलका १५ सय मानिसमा गरिएको सर्वेक्षणले दक्षिण एसियाली बहुल अमेरिकी संस्थामा दलितले विभिन्न किसिमका जातीय भेदभावको सामना गर्नुपर्ने पुष्टि भएको थियो । यो भेदभाव अपमानजनक चुटकिलादेखि भद्दा टिप्पणी, शारीरिक हिंसा र यौनिक आक्रमणसम्म फैलिएको छ । द वायर