• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाले कसरी पूरै शरीरमाथि हमला गर्छ ?

  • वीरगंज संजाल
  • २९ असार २०७७, सोमबार ०९:०२
  • ७५१३

    एजेन्सी । कोरोनाभाइरसले फोक्सोलाई मात्र नभएर, बिरामीको मृगौला, कलेजो, मुटु, मष्तिस्क, स्नायु प्रणाली, छाला र ग्यास्ट्रोइन्टेस्टाइनल ट्रयाक्ट अर्थात् आन्द्रालाई समेत नराम्ररी क्षति पुर्‍याउने शुक्रबारको कोभिड–१९ रिपोर्टले देखाएको छ ।  यसमा न्युयोर्कस्थित कोलम्बिया युनिभर्सिटी इर्भिङ मेडिकल सेन्टरका अध्ययनकर्ताहरुको टोलीले आफ्नै अनुभव र विश्वभरका स्वास्थ्यविद्हरुबाट रिपोर्ट संकलन गरि यो निस्कर्ष निकालेका हुन् ।

    सो अस्पताल यसअघि कोभिडका बिरामीले भरिभराउ सबैभन्दा व्यस्त अस्पताल थियो । यसरी उनीहरुको रिसर्चबाट के पत्ता लागेको छ भने कोरोनाभाइरसले अज्ञात रुपमा मान्छेको शरीरका सबै प्रमुख प्रणालीहरुमा हमला गरिरहेको हुन्छ जसको सीधा असर स्वरुप अङ्ग फेल हुने र रगत जम्ने, मुटुको ढुकढुकीमा अवरोध पुग्ने, मृगौलाबाट रगत अनि प्रोटिन निस्कने र छालामा पनि डाबरलगायत विभिन्न समस्या आउने गरेको छ ।

    यतिमात्रै नभएर यसका कारण टाउको दुख्ने, रिँगाटा चल्ने, मांसपेसी दुख्ने, पेट दुख्नेलगायत श्वासप्रश्वास सम्बन्धी लक्षण जस्तै खोकी र ज्वरो आउने पनि हुन्छ ।

    यसबारे कोलम्बियामा कार्यरत कार्डिओलोजीकी डाक्टर आकृति गुप्ता भन्छिन्, “फिजिसियनहरुले कोभिड–१९ लाई ‘मल्टि–सिस्टम’ रोग अर्थात् विविध प्रणाली अन्तर्गतको रोगका रुपमा हेर्नुपर्छ । हालसम्म रगत जम्ने सम्बन्धी थुप्रै खबरहरु आइसकेका छन् तर हामीले यसको अर्को महत्वपूर्ण पक्षबारे पनि बुझ्न उत्तिकै जरुरी छ जसमा बिरामीले मृगौला, मुटु र दिमागी क्षतिबाट पनि गुज्रिनुपर्ने हुन सक्छ र श्वासप्रश्वाससँगै फिजिसियनले सो अवस्थाको पनि उपचार गर्नुपर्ने हुन्छ ।”

    यो भाइरस रिसेप्टरसँग जोडिएकाले पनि शरीरमा यति धेरै क्षति पुर्‍याउन सक्षम रहेको उनीहरुको भनाइ छ ।

    रिसेप्टर, सेलमा प्रवेश गर्ने माध्यम हो जसलाई एसीइ २ पनि भनिन्छ । यस्तोमा मृगौला, कलेजो, फोक्सो, आन्द्रा, प्यानक्रियाज आदिका रगत नलीको सतह एसीइ २ रिसेप्टर सेलले ढाकिएका हुन्छन् जसलाई नै भाइरसले संक्रमण फैलाउनका लागि प्रयोग गर्ने रिसर्च टोलीले जर्नल नेचर मेडिसिनमा प्रकाशित अध्ययनमा उल्लेख गरेको छ ।त्यसमा लेखिएको छ, “हाम्रो वैज्ञानिक खोजकाअनुसार सेल र टिस्युहरुमा पुग्ने प्रत्यक्ष क्षतिका कारण नै एक भन्दा बढी अङ्गमा सिधा क्षति पुग्ने गर्दछ ।”

    त्यस्तै कोरोना भाइरसको संक्रमणले हाम्रो प्रतिरोधात्मक प्रणालीलाई पनि सक्रिय पार्ने गर्दछ । र त्यही प्रतिक्रियामा ‘इन्फ्लामेसन’ गराउने प्रोटिन, ‘साइटोकाइन्स’ को उत्पादन भइरहेको हुन्छ ।  यस किसिमको इन्फ्लामेसनले सेल र अङ्गहरुमा ठूलो क्षति पुर्याउन सक्छ र यही साइटोकाइन्स अधिक मात्रामा भएका कारण कोरोनाका बिरामीमा गम्भीर लक्षण देखा पर्ने गरेको हो ।

    कार्डियोलोजीकै अर्का डाक्टर महेश माधवनले भनेका छन्, “यो असाधारण भाइरसले शरीरलाई कति धेरै रुपमा हनि पुर्‍याउन सक्छ भन्ने कुरा वास्तवमै आश्चर्यजनक छ । ” त्यसैगरी निमोनियाले रगतमा अक्सिजन कम हुँदै जाने गरेकाले नै कोरोनाका बिरामीको रगत जम्ने गरेको अध्ययनकर्ताहरुको भनाइ छ ।
    यस किसिमले रगत जम्दा स्ट्रोक वा ह्दयघात हुने जोखिम बढी हुन्छ भने कतिपयको फोक्सोले काम गर्न छाड्न सक्छ ।

    त्यस्तै प्यानक्रियाजमा क्षति पुग्नुले भने मधुमेहलाई झन खराब बनाइदिन्छ र अहिलेसम्मको अध्ययनमा मधुमेहका बिरामी कोरोनाका कारण मृत्यु हुने सबैभन्दा बढी जोखिममा रहेको पाइएको छ ।  यस्तोमा डाक्टरहरुले कुनै पनि कोरोना बिरामीलाई अस्पताल ल्याउँदा भाइरसका कारण उत्पन्न हुने यी सबै शारीरिक समस्याहरुको पनि उपचार गर्न तयार रहनुपर्ने अध्ययनको निष्कर्ष छ ।

    यसमा केही सकारात्मक खबरहरु चाहिँ, ग्यास्ट्रोइन्टेस्टाइनल लक्षणहरुसँग सम्बन्धित समस्या अहिलेसम्म मृत्युसँग जोडिएको छैन र बिरामीमा हुने छालाका समस्या जस्तै, सुन्निने, नीलो हुने, डाबर आउने जस्ता लक्षण पनि पछि आफैँ ठीक हुँदै जाने बताइएको छ । – सीएनएनबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑